पिताको स्मृतिमा अस्पतालका लागि जग्गादान
नेपालबहस संवाददाता
चैत १, २०७७ आइतबार १५:४०:२५
१ चैत,महोत्तरी । आफ्नो नगर बस्तीमा अस्पताल निर्माणका लागि बर्दिवास नगरपालिका–३ पाटुका डा सुवास घिमिरेले रु एक करोडभन्दा बढी मूल्यको जग्गादान गरेका छन् । आफैँ दन्त चिकित्सक रहेका डा घिमिरेले पाटुमा सरकारी जनरल अस्पताल निर्माणका लागि करिब रु एक करोड २५ लाख मूल्य पर्ने पाँच कठ्ठा जग्गादान गरेका हुन् ।
डा घिमिरेले निःशुल्क उपलब्ध गराएका जग्गामा शनिबार नै अस्पताल निर्माणको शिलान्यास गरिएको छ । नगरप्रमुख बिदुरकुमार कार्कीले अस्पताल निर्माणका लागि नगरपालिकाले तत्काल रु ४५ लाख उपलब्ध गराउने प्रतिबद्धतासहित अस्पताल भवन निर्माणको शिलान्यास गरेका हुन् । अस्पताल भवन एक वर्षभित्र निर्माण सम्पन्न भएर त्यसलगत्तै सञ्चालनमा आउने नगरप्रमुख कार्कीको भनाइ छ ।
शिलान्यास समारोहमा डा घिमिरेले सामाजिक क्षेत्रमा जीवनका अन्तिम क्षणसम्म योगदान दिएका आफ्ना स्व पिताको स्मृतिमा अस्पतालका लागि जग्गादान गरेको बताए । बर्दिवास–सिन्धुली–बनेपा ९बिपी० राजमार्गसँगै जोडिएको जग्गामा अस्पताल निर्माण थालिएको हो । सो अस्पताल निर्माण सम्पन्न भएर सञ्चालनमा आएपछि महोत्तरी, सिन्धुली, सर्लाही, धनुषा र उदयपुरसम्मका सर्वसाधारण स्वास्थ्य उपचार सेवाबाट लाभान्वित हुने डा घिमिरेको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै
जेठ ४, २०८१ शुक्रबार
जग्गा विवादको क्रममा कोदालोले प्रहार गर्दा एक जनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
वीरगञ्ज बन्दरगाहबाट ४० अर्ब ८३ लाख उठ्यो राजश्व
जेठ ३, २०८१ बिहिबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै
जेठ ४, २०८१ शुक्रबार
संसदीय दलको बैठकपछि संसद अवरोधबारे विपक्षी दलहरुसँग छलफल गर्दै कांग्रेस
जेठ ४, २०८१ शुक्रबार
आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
जेठ ४, २०८१ शुक्रबार