विद्यालयको भवन भत्किएपछि खुला चौरमा पठनपाठन
नेपालबहस संवाददाता
चैत २, २०७७ सोमबार १५:१९:१२
२ चैत,सिमकोट । हुम्लाको दक्षिण क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकाका विद्यार्थी खुला चौरमा पठनपाठन गर्न बाध्य भएका छन् । गत वर्ष बर्खाको समयमा बाढीपहिरो आउँदा विद्यालयको भवन भत्किएपछि कक्षा कोठा मर्मत हुन नसक्दा यहाँका विद्यार्थी चौरमा अध्ययन गर्न बाध्य भएका छन् । लामो समयको कोरोना कहरपछि पठनपाठन शुरु भए पनि विद्यालयमा विद्यार्थी खुला चौरमा अध्ययन गर्दै आएका छन् ।
ताँजाकोट–२ को छप्रेलाको धर्मोदय माध्यामिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत छात्रा विष्णुदेवी शर्माले भने, “कोरोनाको त्रासपछि विद्यालयमा पठनपाठन शुरु भए पनि कक्षा कोठा नहुँदा दैनिक चौरमा अध्ययन गर्नुपरेको छ” । चर्को घाम लागेका बेला अध्ययन गर्न शिक्षक र विद्यार्थी दुवैलाई कठिन हुने शर्माले गुनासो गरे ।
बर्खाको पहिरोपछि अधिकांश विद्यालयका भवनमा क्षति पुगेकाले विद्यार्थीले चौरमा अध्ययन गर्नु परिरहेको छ । यहाँका अविभावकले सरोकारवाला निकायलाई अनुरोध गरे पनि कुनै सुनुवाइ हुन नसकेको बताइएको छ । पानी परेका दिन पठनपाठन बन्द गर्नु बाध्यता छ भने कक्षा ६, ७, ११ र १२ का विद्यार्थीले खुला चौरमा पठनपाठन गर्दै आएका छन् । कक्षा ८, ९ र १० का विद्यार्थी भने क्षति पुगेकै भवनमा जेनतेन अध्ययन गर्दै आएका छन् ।
विद्यालयमा ४५० विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा भवन निर्माणका लागि प्रदेश र सङ्घीय सरकारबाट बजेटको व्यवस्था भए पनि स्थान छनोट हुन नसकेको कारण निर्माण कार्य अगाडि बढ्न सकेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहुम्लाका तीन बस्ती अन्धकारमा बस्न बाध्य
जेठ १, २०८१ मंगलबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
प्रधानमन्त्री निवास बालुवाटार प्रमुख दलका शिर्ष नेताहरु छलफलमा जुटे
जेठ ५, २०८१ शनिबार
'कोपिलाका सुगन्ध’ बजारमा
जेठ ५, २०८१ शनिबार
तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु
जेठ ५, २०८१ शनिबार
मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्डेयालाई एक खेलको प्रतिबन्ध
जेठ ५, २०८१ शनिबार
मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा
जेठ ५, २०८१ शनिबार