पहुँचयुक्तता र विश्वव्यापी सिद्धान्त सम्बन्धी तालीम
नेपालबहस संवाददाता
चैत २, २०७७ सोमबार १५:५३:२५
२ चैत,सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘पहुँचयुक्तता र विश्वविव्यापी सिद्धान्त’ सम्बन्धी दुईदिने तालीम आइतबारदेखि शुरु भएको छ । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल, कर्णाली प्रदेश सुर्खेतले सिबिएमसँगको सहकार्यमा ‘हामीलाई पनि समावेश गर’ परियोजनाअन्तर्गत ‘पहुँचयुक्तता र विश्वविव्यापी सिद्धान्त’ सम्बन्धी तालीम शुरु भएको हो ।
पहुँचयुक्तताका सर्वव्यापी सिद्धान्तका आधारमा भवन संरचना डिजाइन गरी न्यायोचित समाज सिर्जना गर्ने उद्देश्य राखेर कर्णाली प्रदेशमा दुईदिने तालीम सञ्चालन गरिएको राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका आर्किटेक्ट परामर्शदाता मिलन बगालेले जानकारी दिए ।
“अपाङ्गता भएका व्यक्तिको संस्था ९डिपिओ०, प्रदेश तथा स्थानीय तहमा कार्यरत प्राविधिक ९सिभिल, आर्किटेक्ट र आइटी विज्ञ० र पत्रकार सञ्चारकर्मीबीचको छलफलबाट पहुँचयुक्त डिजाइनको आवश्यकता र औचित्यबारे प्राविधिक जानकारी हुने भएकाले हामीले समावेशी तालीम सञ्चालन गरेका छौँ”, परामर्शदाता बगालेले भने, “यो देशका सातवटै प्रदेशमा सञ्चालन भइरहेको छ ।” उनका अनुसार पहुँचयुक्त भवन डिजाइनका लागि भवनसंहिता र अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त संरचना तथा सञ्चार सेवा निर्देशिका, २०६९ लागू भई कार्यान्वयनमा गए पनि ती प्रयासले पहुँचयुक्तताका सबै प्रावधानलाई समेट्न सकेका छैनन् ।
‘हामीलाई पनि समावेश गर’ परियोजनाका संयोजक विमल पौडेलले पहुँचयुक्तताको सर्वव्यापी सिद्धान्तबाट मात्र हरेक नागरिकले समान सेवा र पहुँच प्राप्त गर्ने जिकिर गरे । नर्थ क्यारोलिना विश्वविद्यालय अमेरिकाका प्राध्यापक रोनाल्ड मेसले सन् १९९७ मा पहुँचयुक्तता संरचनाको डिजाइनको विश्वव्यापी सिद्धान्त प्रतिपादन गरेयता आज संसारभरि यही सिद्धान्तको अनुसरण गर्दै संरचना डिजाइन गर्ने प्रचलन अघि बढेको उनले बताए ।
महासङ्घ प्रदेश अध्यक्ष विष्णुप्रसाद शर्माले तालीमले अपाङ्गता भएका व्यक्तिलगायत सबैको समान पहुँचका लागि नीतिगत सुझाव उठाउने बताए । पहुँचयुक्तताको विश्वव्यापी सिद्धान्तसँग सम्बन्धित न्यायोचित प्रयोग, प्रयोगमा लचकता, सरल र सहज पहुँच, इन्द्रियगोचर ९प्रत्यक्ष÷स्पष्ट० सूचना, त्रुटिप्रति सहिष्णुता, न्यून बलको प्रयोग, पहुँच र उपयोगका लागि आकार एवं स्थानका बारेमा सरोकारवालाबीच व्यापक छलफल भइरहेको उक्त तालीममा ६० जनाको सहभागिता रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहुम्लाका तीन बस्ती अन्धकारमा बस्न बाध्य
जेठ १, २०८१ मंगलबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
देशभर गर्मी बढेको बढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि
जेठ ४, २०८१ शुक्रबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
भारतको राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षकमा गौतम गम्भीरको सम्भावना कति ?
जेठ ५, २०८१ शनिबार
प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिमा तमासा देखाउनुभोः नेपाल
जेठ ५, २०८१ शनिबार
गर्मीमा खानुहोस् यी फलफूल, पेट र दिमाग दुवै चिसो हुनेछ
जेठ ५, २०८१ शनिबार
सुबोध आचार्य एक दक्ष सर्प उद्धारकर्ता ( फाेटाे फिचर )
जेठ ५, २०८१ शनिबार