तनहुँमा ट्री हाउस निर्माण हुदै
नेपालबहस संवाददाता
चैत २, २०७७ सोमबार १९:५:१६
२ चैत,दमौली । तनहुँको म्याग्दे गाउँपालिका–२ स्थित ज्यानटाङ सामुदायिक वनमा ‘ट्री हाउस’ निर्माण गरिएको छ । ज्यानटाङ सामुदायिक वनभित्र निर्माण गरिएको हरियाली उद्यानमा ‘ट्री हाउस’ निर्माण गरिएको हो ।
डिभिजन वन कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा सामुदायिक वनमा गत महिनाबाट हरियाली उद्यानको काम शुरु गरिएको थियो । साथै सोही उद्यानभित्र रहेको रूखमा घर निर्माण भइरहेको सबडिभिजन वन कार्यालय म्याग्देका प्रमुख मनोज रानाभाटले जानकारी दिए । उद्यान निर्माणका लागि वन कार्यालयले रु १२ लाख ५० हजार आर्थिक सहयोग गरेको छ । त्यसमा सामुदायिक वनले २० प्रतिशत अर्थात् रु दुई लाख ५० हजार लागत सहभागिता बेहोरेको छ । कूल रु १५ लाखको लागतमा उद्यान निर्माणको काम भइरहेको रानाभाटले बताए ।
पृथ्वीराजमार्गबाट २०० मिटरको दूरीमा रहेको उक्त ठाउँलाई पर्यटकीयस्थल बनाउने उद्देश्यबमोजिम उद्यानका साथै रूखमा घर बनाइएको हो । “उक्त ठाउँलाई पर्यटकको आकर्षणको केन्द्र बनाउन उक्त योजना अगाडि सारेका हौँ, उनले भने, “रूखमा नै घर जिल्लामै पहिलो भएकाले यसले सर्वसाधारणको ध्यान खिच्नेछ ।”
रानाभाटका अनुसार रूखलाई भित्र पारेर काठको घर निर्माण भइरहेको छ । हालसम्म ८० प्रतिशत काम सकिएको र चैतभित्रै सबै काम सम्पन्न हुनेछन् । उद्यानभित्र हाल ढुङ्गा बिछ्याउने काम भइरहेको छ भने बत्ती जडानको काम पनि शुरु गरिनेछ । “दुई स्टेप बस्न मिल्ने गरी घर बनिरहेको छ, पाँच÷सातजना चढेर त्यहाँबाट दृश्यावलोकन गर्न मिल्नेछ”, उनले भने।
उक्त ठाउँलाई वनभोजस्थलका रुपमा विकास गर्ने योजना छ । राजमार्गबाट नजिकै भएकाले पनि यस ठाउँले चर्चा पाउने विश्वास गरिएको छ । “चैतभित्रै सबै काम सम्पन्न गरेर सर्वसाधारणलाई प्रवेश खुल्ला गर्नेछौँ”, रानाभाटले भने । डिभिजन वन कार्यालयमार्फत गत आवमा जिल्लाका तीन ठाउँमा उद्यान निर्माण गरिएको थियो । भीमाद नगरपालिका–१ किहुँस्थित शिवशक्ति सामुदायिक वन, शुक्लागण्डकी नगरपालिकास्थित च्वयनधाम र व्यास नगरपालिका–१४ स्थित छाब्दी वाराहमा पर्यापर्यटन उद्यानका लागि वन कार्यालयले आर्थिक सहयोग गरेको थियो ।
चालु आर्थिक वर्षमा जिल्लामा छवटा उद्यान निर्माण हुँदैछन् । सहायक वन अधिकृत अरुण पराजुलीले म्याग्देको ज्यानटाङसहित अन्य पाँचवटा उद्यान निर्माण गरिने जानकारी दिए । सामुदायिक वनमा पर्यावरण विकास सहयोग कार्यक्रमअन्तर्गत शुक्लागण्डकी–१२ स्थित दलिमडाँडा सामुदायिक वन, म्याग्दे गाउँपालिका–१ स्थित वाराही सामुदायिक वनमा उद्यान निर्माण हुनेछ । त्यसका लागि वन कार्यालयले रु पाँच÷पाँच लाख बजेट विनियोजन गरेको छ ।
त्यसैगरी भीमाद–६ मा शहरी उद्यान निर्माण गर्नका लागि इष्टिमेट सम्पन्न भएको र सम्झौता हुन बाँकी छ । व्यास नगरपालिका–२ डाङ्ग्रेखोल्सीमा पनि उद्यान निर्माणका लागि उपभोक्ता समितिसँग छलफल भएको छ । “उक्त ठाउँको स्थलगत अध्ययनपश्चात् उपभोक्ता समितिसँग सम्झौता गरेर काम अगाडि बढाउँछौँ”, सहायक वन अधिकृत पराजुलीले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार
बुल्दीखोलाको स्वरुप फर्काउने प्रयास
बैशाख ३०, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार