सडक कालोपत्र हुने भएपछि स्थानीयवासीमा खुशी
नेपालबहस संवाददाता
चैत २, २०७७ सोमबार २०:४०:५८
२ चैत,डोटी । जिल्लाका तीन गाउँपालिकाका केन्द्रसम्म सडक पुग्ने भएको छ । यहाँका बोगटान फुडसिल, सायल र आदर्श गाउँपालिकाको केन्द्रसम्म कालोपत्र सडक पु¥याउने गरी समझदारी भएपछि स्थानीयवासी खुशी भएका छन् ।
बोगटान फुडसिल केन्द्रसम्म कालोपत्र सडक पु¥याउनका लागि सङ्घीय सरकार, सुदूरपश्चिम प्रदेश सरकार तथा गाउँपालिकाका तर्फबाट अध्यक्ष कमलबहादुर गडसिला तथा सायलका अध्यक्ष तेजबहादुर डुम्रेलबीच समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएपछि यहाँका स्थानीयवासी खुशी भएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष योजनाअन्र्तगत प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रमअनुसार बोगटान फुडसिल तथा सायलको केन्द्रसम्म सडक कालोपत्र गरिने बताइएको छ ।
उक्त गाउँपालिका केन्द्रसम्म सडक पु¥याउनका लागि समझदारी पत्रमा नेपाल सरकारका तर्फबाट स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय सुदूरपश्चिम प्रदेश र प्रदेश सरकारका तर्फबाट यातायात पूर्वाधार निर्देशनालयका निर्देशक प्रेमदत्त भट्टले हस्ताक्षर गरेको बोगटान फुडसिलका उपाध्यक्ष भगवती बमले जानकारी दिइन् ।
दिपायल राजपुरदेखि केआइसिंह गाउँपालिका केन्द्र वायलसम्म सडक कालोपत्रको काम जारी छ । यसैगरी वायलबाट टुँडागाडसम्म प्रदेश सरकारले सडक कालोपत्र गर्ने तथा गाउँपालिकाको केन्द्रसम्म कालोपत्र सडक पु¥याउने योजनानुसार अब काम अघि बढ्ने जनाइएको छ । यसैगरी आदर्श तथा सायल गाउँपालिका केन्द्रसम्म कालोपत्र सडक पुग्ने भएपछि स्थानीयवासीमा खुशीयाली छाएको नेकपा ९माओवादी केन्द्र० का नेता तेज डुम्रेलले बताए ।
कालोपत्र सडकसँग जोडिन बाँकी रहेका स्थानीय तहलाई सडकसँग जोड्ने नीतिअनुरूप सरकारले आइतबार एकमुष्ट देशभरका २१० स्थानीय तहसँग उक्त सम्झौता गरेको थियो । दिपायल सिलगढी तथा शिखर नगरपालिका केन्द्रसम्म भने यसअघि नै सडक कालोपत्र भइसकेको छ भने जोरायल, केआइसिंह तथा बडिकेदार गाउँपालिका केन्द्रमा कालोपत्र गर्ने तयारी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
एमालेले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने
जेठ २, २०८१ बुधबार
सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३४ प्रतिशत बजेट खर्च
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार