पहुँचयुक्त संरचना निर्माणमा सरोकारवाको जोड
नेपालबहस संवाददाता
चैत ३, २०७७ मंगलबार १७:१८:१९
३ चैत,कर्णाली । विश्वव्यापी सिद्धान्तलाई मूल आधार बनाएर अब कर्णालीमा पहुँचयुक्त संरचना निर्माण गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल कर्णाली प्रदेश सुर्खेतले सिबिएमसँगको सहकार्यमा ‘हामीलाई पनि समावेश गर’ परियोजनाअन्तर्गत दुई दिनसम्म सञ्चालन भएको ‘पहुँचयुक्तता र विश्वविव्यापी सिद्धान्त’सम्बन्धी तालिम समापन कार्यक्रममा सोमबार नगरप्रमुख देवकुमार सुवेदीले वीरेन्द्रनगरसहित कर्णालीमा निर्माण हुने सम्पूर्ण संरचना पहुँचयुक्त बनाउनतर्फ लाग्नुपर्नेमा जोड दिए ।
प्रदेश सरकार तथा स्थानीय तहमा कार्यरत प्राविधिक (सिभिल, आर्किटेक्ट र आइटीविज्ञ) र पत्रकार सञ्चारकर्मीबीचको छलफलबाट पहुँचयुक्त डिजाइनको आवश्यकता र औचित्यबारे निर्माण गरेको मस्यौदा नगरपालिकामा पेश गर्न भन्दै नगरप्रमुख सुवेदीले सिकेका कुरा सबैका लागि हुने गरी जीवन व्यवहारमा उतार्न सुझाए ।
महासङ्घका अध्यक्ष विष्णुप्रसाद शर्माले पहुँचयुक्त संरचना नितान्त आवश्यक भएको बताए । “अब सेवा प्रदायक हरेक निकायले पहुँचयुक्त वेबसाइट निर्माण गर्नुपर्दछ”, अध्यक्ष शर्माले भने, “हामीले तत्काल कर्णालीका वीरेन्द्रनगर तथा लेकबेँसी नगरपालिका र गुराँस तथा सिम्ता गाउँपालिकालाई पहुँचयुक्त पालिका निर्माणमा जोड दिँदैछौँ ।”
उनले कर्णालीमा हालसम्म दोभाषे जनशक्ति नहुँदा अपाङ्गता भएका व्यक्तिलाई समस्या भएको गुनासो पोखे । अपाङ्गता भएका व्यक्ति रमेश केसीले कागजमा लेखिएको अधिकारले अपाङ्गताका समस्या हल नहुने भन्दै कार्यान्वयतर्फ जोड दिन सरोकारवालालाई आग्रह गरे । र्नुभयो । प्राविधिकद्वय रोशनी शाही र विशेष शर्माले तालिमले सर्वमान्य सिद्धान्तमा आधारित भएर संरचना निर्माण गर्न नौलो सीप प्रदान गरेको र परम्परागत नभई पहुँचयुक्त संरचना निर्माणमा जान आँखासमेत खुलेको प्रतिक्रिया दिए ।
राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका आर्किटेक्ट परामर्शदता मिलन बगाले र ‘हामीलाई पनि समावेश गर’ परियोजनाका संयोजक विमल पौडेलले पहुँचयुक्तताको सर्वव्यापी सिद्धान्तबारे प्रशिक्षण दिएका थिए । प्रशिक्षकद्वयले पहुँचयुक्तताको विश्वव्यापी सिद्धान्तसँग सम्बन्धित न्यायोचित प्रयोग, प्रयोगमा लचकता, सरल र सहज पहुँच, इन्द्रीयगोचर ९प्रत्यक्ष÷स्पष्ट० सूचना, त्रुटिप्रति सहिष्णुता, न्यून बलको प्रयोग, पहुँच र उपयोगका लागि आकार एवं स्थानका बारेमा प्रष्ट्याएका थिए ।
तालिममा अपाङ्गता भएका व्यक्ति (बहिरा)लाई प्रशिक्षकद्वय दिलमाया गुरुङ (पोखरा)र स्मृति योगी (दाङ)ले साङ्केतिक भाषाबाट तालिममा उठेका विषय तथा सवालको अनुवाद गर्नुभएको थियो । उक्त तालिममा ६० जनाको सहभागिता रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहुम्लाका तीन बस्ती अन्धकारमा बस्न बाध्य
जेठ १, २०८१ मंगलबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
देशभर गर्मी बढेको बढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि
जेठ ४, २०८१ शुक्रबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
काभ्रेका अठार हजार बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै
जेठ ५, २०८१ शनिबार
के मधुमेहका बिरामीले गर्मीमा नरिवलको पानी पिउन मिल्छ ?
जेठ ५, २०८१ शनिबार
वागमती प्रदेशमा विशेषाधिकार समिति गठन
जेठ ५, २०८१ शनिबार
मकवानपुरको ठिंगनमा कार दुर्घटना हुँदा २ जनाको मृत्यु
जेठ ५, २०८१ शनिबार
वैदेशिक रोजगारीमा भएको ठगीलाई सरकारले हेर्नुपर्छः देउवा
जेठ ५, २०८१ शनिबार
समिति गठन गर्ने कुरामा प्रधानमन्त्रीको दोहोरो चरित्र
जेठ ५, २०८१ शनिबार