शुल्क फिर्ता माग गर्दै विद्यार्थीले गरे तालाबन्दी
नेपालबहस संवाददाता
चैत ३, २०७७ मंगलबार १८:५८:१०
३ चैत,धादिङ । धादिङबेंसीस्थित नीलकण्ठ माध्यमिक विद्यालयको प्रशासन शाखामा शुल्क फिर्ता माग गर्दै दलित विद्यार्थीले तालाबन्दी गरिदिएका छन् । गरीब तथा दलित विद्यार्थीसँग विद्यालयले असुलेको शुल्क फिर्ता गर्न माग गर्दै प्रशासन शाखामा अनिश्चित कालीन तालाबन्दी गरिएको हो ।
स्थानीय सरकारले विद्यालयमा उपलब्ध गराएको शैक्षिक कार्यक्रम सार्वजनिक गर्न, असंवैधानिक रुपले शुल्क असुल्ने शिक्षकलाई कारवाही गर्न, विपन्न विद्यार्थीलाई निःशुल्क शिक्षाको व्यवस्था कार्यान्वयन गर्न र संविधानमा उल्लेख भएका अधिकार उपलब्ध गराउन माग गर्दै विद्यार्थीले तालाबन्दी गरेको सङ्गम विश्वकर्माले बताए ।
हाल लगाइएको ताला विद्यार्थीको माग सम्बोधन नभएसम्म नखोलिने विद्यार्थीले बताएका छन् । विद्यालयका प्रधानाध्यापक ध्रुव अधिकारीले निजी स्रोतबाट शिक्षक राख्नुपरेका कारण दलितलाई निःशुल्क शिक्षा दिन नसकिएको स्पष्ट गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमतीमा चालु आवको भन्दा बढी बजेट, कार्यान्वयन हुनेमा विपक्षीको आशंका
असार १, २०८१ शनिबार
बागमती प्रदेशको बजेट ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार
असार १, २०८१ शनिबार
मेलम्ची बाढीको तीन वर्ष : पुनः निर्माण सुस्त, स्थानीयवासीको कथाव्यथा पनि उस्तै
असार १, २०८१ शनिबार
टेलिकमको इन्टरनेशनल ब्यान्डविथ खरिदमा मुद्दा चलाउने अख्तियारको तयारी
नेपालबहस संवाददाता
जेठ ३१, २०८१ बिहिबार
स्वास्थ्यका लागि निकै फाइदाजनक लसुन प्रयोग गर्ने तरिका जानौं
नेपालबहस संवाददाता
जेठ ३१, २०८१ बिहिबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
आज यी चार प्रदेशमा चट्याङसहित वर्षा हुने
असार २, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार २, २०८१ आइतबार
कांग्रेस एक्लै प्रतिस्पर्धामा उत्रन्छ, अब गठबन्धन गर्दैन : महामन्त्री शर्मा
असार १, २०८१ शनिबार
तलबसहित अतिरिक्त भत्ताको माग राखेर संसद सचिवालयका कार्मचारीले सुरु गरे आन्दोलन
असार २, २०८१ आइतबार
पुल बनाउन खनेको खाल्टोमा डुवेका बालकको शव फेला
असार २, २०८१ आइतबार
सिटिजन्स बैंकका ग्राहकलाई साई डेण्टल क्लिनिकका सेवाहरुमा आकर्षक छुट
असार २, २०८१ आइतबार
भारतको उत्तराखण्डमा पर्यटक बोकेको गाडी नदीमा खस्दा १४ जनाको मृत्यु
असार २, २०८१ आइतबार