गाउँगाउँमा भिडियो एक्स–रे सेवा
नेपालबहस संवाददाता
चैत ३, २०७७ मंगलबार १९:४९:२५
३ चैत,गलकोट । बाग्लुङ जिल्लाको जैमिनी नगरपालिकाले गर्भवतीलाई लक्षित गरी गाउँगाउँमा भिडियो एक्स–रे सेवा दिन थालेको छ । गर्भावस्थामा अनिवार्य भिडियो एक्स–रे आवश्यक भए पनि गाउँमा भिडियो एक्स–रे सेवा नहुँदा सदरमुकाम धाउन पर्ने अवस्थालाई हेरेर जैमिनी नगरपालिकाले गाउँगाउँमा भिडियो एक्स–रे सेवा दिन थालेको हो ।
स्वास्थ्यकर्मीले तीनपटक अनिवार्य भिडियो एक्स–रे गर्नुपर्छ भने पनि सचेतनाको अभाव, भौगोलिक विकटता र स्वास्थ्य संस्थामा सहज पहुँच अभावका कारण गर्भवती अवस्थामा स्वास्थ्य मापदण्डअनुसार भिडियो एक्स–रे गर्ने र गर्भजाँच गराउनेको सङ्ख्या न्यून रहेको भन्दै जैमिनी नगरपालिकाले गाउँमै पुगेर भिडियो एक्स–रे सेवा दिन थालेको छ ।
समयसमयमा भिडियो एक्स–रे नगर्दा गर्भवती, गर्भको बच्चा र प्रसूतिको समयमा आउन सक्ने जटिलतालाई न्यून गर्नका लागि जैमिनी नगरपालिकाले पछिल्लो समय गाउँगाउँमै गएर भिडियो एक्स–रे शिविर सञ्चालन गर्न थालेको हो । जैमिनी नगरपालिका स्वास्थ्य शाखामा कार्यरत स्टाफ नर्स सुनिता चालिसेले जैमिनीका अधिकांश गर्भवतीले एकपटक मात्र भिडियो एक्स–रे गरेको पाइएपछि जोखिम न्यूनीकराण्का लागि गाउँगाउँमै पुगेर भिडियो शिविर सञ्चालन गर्न थालेको बताइन् ।
नगरपालिकाले सङ्घीय सरकारको रु एक लाख र नगरको रु दुई लाख गरी यस आर्थिक वर्षको असोज महिनादेखि नगरपालिकाका एक शहरी स्वास्थ्य क्लिनिक र आठ स्वास्थ्य चौकीबाट भिडियो एक्स–रे शिविर सञ्चालन गर्न शुरु गरेको हो । पैँयुथन्थाप स्वास्थ्य चौकी, राङखानी स्वास्थ्य चौकी, छिस्ती स्वास्थ्य चौकी र नेपाने शहरी स्वास्थ्य क्लिनिकमा पहिलोपटक असोज र दोस्रोपटक पुस महिनामा भिडियो एक्स–रे शिविर सञ्चालन गरिएको चालिसेले बताइन् । त्यसैगरी नगरपालिकाले जैदी स्वास्थ्य चौकी, अर्जेवा स्वास्थ्य चौकी, दमक स्वास्थ्य चौकी, सर्कुवा स्वास्थ्य चौकी र विनामारे स्वास्थ्य चौकीमा कार्तिक र माघ महिनामा दुईपटक शिविर सञ्चालन गरिसकेको छ ।
शिविरबाट हालसम्म २३३ जना महिलाले भिडियो एक्स–रे सेवा लिएको चालिसेको भनाइ छ । “भिडियो एक्स–रेको आवश्यक उपकरणसहित नगरपालिकाबाट एकजना तालीम प्राप्त नर्स स्वास्थ्य चौकीसम्म पुगेर शिविर सञ्चालन गर्दै आएका छौ”, चालिसेले भनीन्, “अन्य संयोजन स्वास्थ्य चौकीले गर्दै आएको छ, जसकारण अस्थायीरुपमा भए पनि स्वास्थ्य चौकीबाटै भिडियो एक्स–रे सेवा पाउँदा महिलालाई सहज भएको छ ।” चालिसेका अनुसार उक्त शिविर हरेका तीन–तीन महिनामा गाउँमै पुगेर गरिनेछ ।
गर्भवतीले तीनपटक अनिवार्य, स्वास्थ्यकर्मीको परामर्श र गर्भवतीको अवस्थाअनुसार जति पटक पनि भिडियो एक्स–रे गर्न सकिने धौलागिरि अस्पताल बाग्लुङका स्त्री तथा प्रसूति रोग विशेषज्ञ चिकित्सक केशव आचार्यले बताए । उनका अनुसार गर्भवती भएको जानकारी हुनासाथ पहिलोपटक, गर्भवती भएको चारदेखि पाँच महिनामा दोस्रोपटक र सातदेखि आठ महिनामा तेस्रोपटक अनिवार्य भिडियो एक्स–रे गर्नुपर्छ । गर्भमा रहेको बच्चाको अवस्था, गर्भवतीको अवस्था र प्रसूति हुने समयमा हुनसक्ने जटिलतालाई दृष्टिगत गर्दै स्वास्थ्यकर्मीको परामर्शअनुसार अन्य समयमा पनि भिडियो एक्स–रे गर्न अवाश्यक रहेको र यसो नगर्दा आमा र शिशु दुवैलाई समस्या हुने उनको भनाइ छ ।
तीन सन्तान जन्माउँदासम्म सदरमुकाम पुगेर एक÷दुईपटक मात्रै भिडियो एक्स–रे गर्नुभएकी जैमिनी नगरपालिका–८ छिस्तीकी २९ वर्षीया याममाया थापाले चौथो सन्तान जन्माउँदा भने गाउँमै भिडियो एक्स–रे गर्न पाएको बताइन् । “पहिलोपटक भिडियो एक्स–रे गर्नुपर्छ भन्ने थाहै थिएन, दोस्रो र तेस्रोपटक जानकारी भए पनि नजीक स्वास्थ्य संस्था नहुँदा धेरै गर्न सकिएन तर अहिले गाउँमै भिडियो एक्स–रे गर्न पाएँ”, उनले भनीन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार
बुल्दीखोलाको स्वरुप फर्काउने प्रयास
बैशाख ३०, २०८१ आइतबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार
जङ्गली जनावरको आक्रमणबाट सातजनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण
जेठ ४, २०८१ शुक्रबार
रुसलाई हतियार नदिएको किमकी बहिनी जोङको दाबी
जेठ ४, २०८१ शुक्रबार
महिला क्रिकेटको फाइनलमा सुदूरपश्चिम प्रदेश
जेठ ४, २०८१ शुक्रबार
संसदीय छानबिन समिति बनाउन कांग्रेसले गरेको मागमा विपक्षी दल एकजुट
जेठ ४, २०८१ शुक्रबार
प्रतिनिधिसभाको बैठक सूचना टाँसेर दिउँसो २ बजेका लागि सारियो
जेठ ४, २०८१ शुक्रबार
विक्कीको जन्मदिनमा कट्रिनाको विशेष पोस्ट, सामाजिक सञ्जालमा भाइरल
जेठ ४, २०८१ शुक्रबार