दलित छात्रवृत्तिका लागि पर्याप्त निवेदन परेन्
नेपालबहस संवाददाता
चैत ४, २०७७ बुधबार १६:२४:२६
४ चैत,सिमकोट । कर्णाली प्रदेशअन्तर्गत रहेको सामाजिक विकास कार्यालय सिमकोटले प्रकाशन गरेको दलित छात्रवृत्तिमा पर्याप्त निवेदन पेश नभएको पाइएको छ । कार्यालयले २०७७ साल फागुन २९ गते प्रकाशन गरेको दलित छात्रवृत्ति र उच्च शिक्षा तथा अपाङ्ग छात्रवृत्तिमा कसैले पनि आवेदन पेश नगरेको निमित्त सामाजिक विकास अधिकृत रेशमबहादुर खत्रीले जानकारी दिए ।
दलित समुदायको मानव अधिकारको सम्मान तथा हक, हितको संरक्षण र संवद्र्धन तथा सो समुदायको सशक्तीकरणका लागि सरकारले दलित समुदायका बालबालिकालाई छात्रवृत्ति दिने कार्यक्रम ल्याए पनि कसैको निवेदन पेश नभएका कारण पुनः १५ दिनको म्याद थप गरी आवेदन दिन सकिनेसम्बन्धी सूचना प्रकाशन गरिएको अधिकृत खत्रीले बताए ।
कार्यालयले हरेक क्षेत्रमा पछाडि रहेको दलित समुदायलाई मूल प्रवाहमा प्रभावकारीरूपमा अगाडी बढाउन कार्यक्रम ल्याएको भए पनि कोही कसैले निवेदन पेश नगरेको उनले बताए । दुर्गम जिल्ला हुम्लामा बसोबास गर्ने दलित समुदायका नागरिकमा अझै बालबालिकालाई पठनपाठन गराउनुपर्छ भन्ने मानसिकता नभएको देखिन्छ । आफ्ना लागि आएको सेवासमेत लिन जिल्लाका दलितहरु अनिच्छुक देखिएका छन् । जिल्लामा कमै मात्र दलितका बालबालिकाले पठनपाठन गर्ने गरेको पाइन्छ ।
घरको आर्थिक अवस्था कमजोर भएका कारणसमेत उनीहरुले ५ देखि ८ सम्म र कसैकसैले एसइई दिएर पढाई छोड्ने गरेको पाइन्छ । निजी विद्यालय त परै जावस् सरकारी स्वामित्वमा रहेका सामुदायिक विद्यालयमा समेत पठनपाठन गर्न आउने दलित बालबालिकाको सङ्ख्या न्यून रहेको रलिङ माध्यामिक विद्यालयका शिक्षक सूर्यमणि बोहराले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहुम्लाका तीन बस्ती अन्धकारमा बस्न बाध्य
जेठ १, २०८१ मंगलबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
देशभर गर्मी बढेको बढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि
जेठ ४, २०८१ शुक्रबार
भारतको राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षकमा गौतम गम्भीरको सम्भावना कति ?
जेठ ५, २०८१ शनिबार
प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिमा तमासा देखाउनुभोः नेपाल
जेठ ५, २०८१ शनिबार
गर्मीमा खानुहोस् यी फलफूल, पेट र दिमाग दुवै चिसो हुनेछ
जेठ ५, २०८१ शनिबार
सुबोध आचार्य एक दक्ष सर्प उद्धारकर्ता ( फाेटाे फिचर )
जेठ ५, २०८१ शनिबार
पानीको कमीले गर्मीमा बेचैनी निम्त्याउँछ, दैनिक खानुहोस् यी पाँच चीज
जेठ ५, २०८१ शनिबार