देवघाटमा नागरिक आरोग्य स्वास्थ्य केन्द्र सञ्चालनमा
नेपालबहस संवाददाता
चैत ४, २०७७ बुधबार २०:८:११
४ चैत,दमौली । सर्वसाधारणलाई आयुर्वेद चिकित्साप्रति आकर्षित गर्न तनहुँको देवघाटमा नागरिक आरोग्य स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँले देवघाट गाउँपालिका–५ मा नागरिक आरोग्य केन्द्र सञ्चालनमा ल्याएको हो ।
आयुर्वेद चिकित्सा तथा यसको महत्वबारे बुझाउनसमेत केन्द्रको महत्वपूर्ण भूमिका रहने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख डा रामप्रबोध मण्डलले जानकारी दिए । आरोग्य केन्द्रबाट नागरिकलाई निःशुल्करुपमा आधारभूत सेवा प्रदान गरिनेछ । केन्द्रबाट आयुर्वेद सेवा, औषधि वितरण सेवा, ज्येष्ठ नागरिक आरोग्य सेवा, स्तनपायी कार्यक्रम, पूर्वकर्म, पञ्चकर्म, योग, जीवनशैलीलगायत विषयमा निःशुल्क सेवा प्रदान गरिनेछ ।
जिल्ला आयर्वुेद स्वास्थ्य केन्द्र तनहुँका अध्यक्ष देवीबहादुर बस्नेतले आधुनिक चिकित्सा प्रणाली भन्दा आयुर्वेदिक चिकित्सा प्रणाली महत्वपूर्ण रहेको बताए । यस क्षेत्रका सर्वसाधारणलाई आयुर्वेद स्वास्थ्य सेवाका लागि अन्यत्र भौतारिन नपरोस् भन्ने उद्देश्यसहित आरोग्य स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याइएको बस्नेतले जानकारी दिए । “पछिल्लो समय कोरोना महामारीका बेला सर्वसाधारणले आयर्वुेदको महत्व बुझे,” उनले भने, “यसको महत्व सर्वसाधारणलाई बुझाउन थप प्रचारप्रसार गर्छौ ।”
आरोग्य केन्द्रको उद्घाटन गर्दै देवघाट गलेश्वर आश्रमका स्वामी १००८ आत्मानन्द गिरिजी महाराजले देवघाटधाम क्षेत्रमा बढी वृद्धवृद्धा बसोबास गर्ने भएकाले पनि आयुर्वेद औषधि पर्याप्त मात्रामा केन्द्रबाट उपलब्ध हुनुपर्ने बताए । देवघाट गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापाले नागरिक आरोग्य सेवा केन्द्रबाट देवघाट गाउँपालिका जनसमुदायका धेरै व्यक्ति लाभान्वित हुने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार
बुल्दीखोलाको स्वरुप फर्काउने प्रयास
बैशाख ३०, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार