जनस्वास्थ्य प्रर्वद्धन केन्द्र स्थापनापछि उपचार सहज
नेपालबहस संवाददाता
चैत ४, २०७७ बुधबार २२:६:५
४ चैत,डोटी । दिपायल सिलगढी नगरपालिका–५ सिलगढीस्थित इन्द्रचोकमा जनस्वास्थ्य प्रर्वद्धन केन्द्रको स्थापना गरिएपछि यहाँका नागरिकलाई उपचार गर्नमा सहज भएको छ । जनस्वास्थ्य प्रर्वद्धन केन्द्रमा हाल उपचार गराउन आउने बिरामीको सङ्ख्या दिनहुँ बढ्दै जान थालेको स्थानीयवासी बताउँछन् । हाल उक्त केन्द्रमा दैनिक १० देखि १५ जनासम्म बिरामी उपचारका लागि आउने गरेको केन्द्रले जनाएको छ ।
सो केन्द्रमा एकजना एचए, एक अहेव, एक अनमी र एक कार्यालय सहयोगी गरी चार जनशक्ति राखिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए । केन्द्र स्थापना भएसँगै यहाँका ज्येष्ठ नागरिक, महिला तथा अशक्त व्यक्तिलाई उपचार गर्न निकै सहज भएको दिपायल सिलगढी नगरपालिका–५ सिलगढीका स्थानीयवासी हेम केसीले बताए । उनले भने, “ज्येष्ठ नागरिक तथा अशक्त व्यक्तिलाई जिल्ला अस्पतालमा गएर सेवा लिन समस्या भएको थियो, अहिले घर नजिकै केन्द्र खोलिएपछि उपचारका लागि सहज भएको छ ।”
सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायल राजपुरको सहयोगमा स्वास्थ्य कार्यालय डोटी मातहत रहने उक्त केन्द्रको स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका निर्देशक डा गुणराज अवस्थी र दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख मञ्जु मलासीले संयुक्तरूपमा उद्घाटन गरेका हुन् । चालु आर्थिक वर्षमा सुदूरपश्चिमका नौवटै जिल्लामा उक्त केन्द्र स्थापना गर्ने कार्यक्रम रहेको निर्देशक डा अवस्थीले जानकारी दिए ।
स्वास्थ्य क्षेत्रमा जनसङ्ख्याको बढ्दो चापका कारण स्वास्थ्य सेवा पहुँच बढाउनुपर्ने र केन्द्रलाई उद्देश्यअनुरूप सञ्चालन गरिनुपर्ने डोटीका प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले बताए । उनले भने, “पछिल्लो समय जिल्ला अस्पताललगायतका क्षेत्रमा उपचार गर्न आउने बिरामीको चाप बढ्दो छ, चाप घटाउनका लागि भए पनि सबै स्थानीय तहमा क्रमिकरुपमा जनस्वास्थ्य प्रवद्र्धन केन्द्र खोल्नु जरुरी छ ।” नागरिकको संविधान प्रदत्त स्वास्थ्यसम्बन्धी अधिकारको केही हदसम्म भए पनि पूरा गर्न हालै सञ्चालन गरिएको उक्त केन्द्रले टेवा पु¥याउने जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले दाबी गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमालेले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने
जेठ २, २०८१ बुधबार
सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३४ प्रतिशत बजेट खर्च
जेठ १, २०८१ मंगलबार
मुक्तकमैयाका लागि स्वरोजगारको आधार बन्यो ‘ब्याण्डबाजा’
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सहकारी प्रकरणसम्बन्धी संसदीय छानबिन समिति बनाउन राजनीतिक दलहरूबीच सहमति
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ढाका बुनेर आत्मनिर्भर बन्दै तनहुँका उद्यमी
जेठ ५, २०८१ शनिबार
तनहुँको म्याग्दे गाउँपालिका–२ जामुने क्षेत्रमा सडक कालोपत्र
जेठ ५, २०८१ शनिबार