आफ्नै प्रशासकीय भवन बनाउदै गाउँपालिका
नेपालबहस संवाददाता
चैत ४, २०७७ बुधबार २३:१:२८
४ चैत,बलेवा । स्थानीयवासीले जग्गा दिएपछि बडिगाड गाउँपालिकाले भने आफ्नै प्रशासकीय भवन बनाउन थालेको छ । स्थानीय बासिन्दा मिलेर उपलब्ध गराएको १० रोपनी जमीनमा गाउँपालिकाले भवन निर्माणको काम थालिसकेको हो । अघिल्लो वर्ष स्थानीयवासीले अस्पताल र क्याम्पस बनाउनका लागि पनि जग्गा निःशुल्क उपलब्ध गराएका छन् ।
मासिक झण्डै एक लाख भाडा तिरेको यो पालिकाले आफ्नै भवन बनाएपछि उक्त रकम पनि बचत हुने अध्यक्ष मेहरसिंह पाइजाले बताए । पालिकाका लागि वडा नं ५ को खार बजारमा भवन बनाउन लागिएको हो । वडा नं १० को गगरे, निगाल पानीलगायत रणसिंकिटेनीको दुर्गम गाउँबाट यहाँ आउन अहिले पनि पाँचदेखि सात घण्टासम्म लाग्छ ।
प्रशासनिक काममा सदरमुकाम धाएकाले पालिकाबाट नजिकको सेवा पाएको वडा नं १० का अध्यक्ष वीरेन्द्र बुढाले बताए । केही समय अघिदेखि पालिका भवन बनाउन लागेकै स्थानमा १५ श्ययाको अस्पताल पनि निर्माणको थालनी भएको छ । आगामी वर्ष दुवै काम सकेर सेवा सञ्चालन गर्ने लक्ष राखेको पाइजाले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार
बुल्दीखोलाको स्वरुप फर्काउने प्रयास
बैशाख ३०, २०८१ आइतबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
खुकुरी प्रहरी गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ
जेठ ४, २०८१ शुक्रबार
आयआर्जन वृद्धि गर्न अतिविपन्नलाई बाख्रा अनुदान
जेठ ४, २०८१ शुक्रबार
बस्दै नबसी प्रतिनिधिसभा स्थगित, अर्को बैठक जेठ ६ गते बस्ने
जेठ ४, २०८१ शुक्रबार
माथिल्लो तामाकोसी आयोजनाको बाँधस्थल
जेठ ४, २०८१ शुक्रबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
गृहमन्त्रीको विरोधमा संसद भवन अगाडि नेविसंघको प्रदर्शन, ११ जना पक्राउ
जेठ ४, २०८१ शुक्रबार