मुगु–हुम्ला लिङ्करोडमा बेलीब्रिज बन्ने
नेपालबहस संवाददाता
चैत ५, २०७७ बिहिबार २०:८:१०
५ चैत,मुगु । मुगु–हुम्ला लिङ्करोडको मुगु खण्डमा पर्ने कर्णाली नदीमाथि यहाँको स्थानीय सरकारले बेलीब्रिज पुल निर्माण गर्ने भएको छ । छायाँनाथ रारा नगरपालिका–१, ३ र १३ वडामा भएर बग्ने मुगु कर्णाली नदीको भट्टेचौर भन्ने स्थानमा नगरपालिकाले बेलीब्रिज निर्माण गर्न लागेको हो ।
नगरपालिकाका प्र्रमुख हरिजङ्ग शाहीले सो पुल र पुलसम्म पुग्ने सडकको बुधबार शिलान्यास गरेका छन् । पुल नगरपालिकाको आर्थिक लगानी र ग्रामीण पहुँच कार्यक्रम तेस्रो चरण ९¥याप–३० को प्राविधिक सहयोगमा निमार्ण हुनेछ । बेलीब्रिज निर्माणका लागि जलब रवि चक्र जेभी निर्माण कम्पनीले नगरपालिकासँग बोलकबुल गरेर सम्झौतासमेत गरिसकेको निर्माण कम्पनीका प्रतिनिधि बखतबहादुर मल्लले बताए । “विधिवतरूपमा पुलको शिलान्यास भएको छ”, उनले भने, “अब द्रूतगतिमा पुल निर्माणको काम अघि बढ्ने छ ।” नदीमा पानी बहाव नबढ्दै दुवैतिर टेवा पर्खाल निर्माण गरिसक्ने पनि उनले बताए । सो अवसरमा नगरप्रमुख शाहीले साविकको जिल्ला विकास समितिले भट्टेचौरमा पक्की पुल निर्माण गर्न ठेक्का लगाई पुल बनाउने काम रोकेका कारण प्रक्रियामा जान कानूनी समस्या परेको बताउँदै कानूनी प्रक्रिया पूरा गरेर पुल नबनुञ्जेलसम्मका लागि अस्थायी रुपमा भए पनि बेलीब्रिज राख्न गत वर्ष नै नगरसभाले बजेट विनियोजिन गरेको जानकारी दिए ।
ग्रामीण पहुँच कार्यक्रम ९¥याप३० ले मुगु सदरमुकाम गमगढीबाट हुम्लाको चङ्खेली गाउँपालिका देउलीसम्म जनताको सहभागितामार्फत सडक बनाए पनि मुगु कर्णालीमा पुल नहुँदा यो सडक सञ्चालनमा समस्या हुँदै आएको थियो । “नगरपालिकाको सक्रियतामा अब पुल निर्माण हुने भएको छ । दुवैतिरको पुलसम्म पुग्ने सडक बढीमा हप्ता दिनभित्र निर्माण सम्पन्न गर्नेछौँ भने पुल निर्माणदेखि सडक निर्माणमा प्राविधिक सहयोगसमेत गर्नेछौं”, ग्रामीण पहुँच कार्यक्रमका टोलीनेता विष्णुराम विष्टले भने ।
ट्रयाक खुला भएको वर्ष दिनभन्दा बढी समय बितिसक्दा पुल नहुँदा कर्णाली नदीपारिका रुगा, थार्प, लुम, बाम, लह, लापु र हुम्ला जिल्लाका तल्लो भेगका स्थानीयवासीले सडकको प्रयोग गर्न पाएका थिएनन् भन्दै रुगागाउँका स्थानीयवासी बालकृष्ण लावडले सडक भए पनि सवारी साधन थिएनन्, सडक भएर पनि गाउँमा कोही बिरामी हुँदा तीन घण्टा बोकेर जिल्ला अस्पताल मुगु पु¥याउन बाध्य हुने गरेको बताए । उनका अनुसार पुल अभावका कारण समयमै उपचार नपाएर कतिले बाटोमै ज्यान गुमाउनुपरेको थियो । “पुल निर्माण भएपछि अब हामी समयमै उपचार गर्न पाउने छौँ भने घरबारीमा खेर गएका स्याउ, ओखर, अन्नबाली सदरमुकाम गमगढी, जुम्ला, सुर्खेत र नेपालगञ्जसम्म लगेर बिक्री गर्न सक्नेछौँ”, उनले भने, “प्राविधिक र पुल निर्माण कम्पनीले समयमै काम सम्पन्न गरोस् ।”
मुगु कर्णालीमा बेलीब्रिज निर्माण भएपछि छायाँनाथ रारा नगरपालिकाका साथै हुम्लाका चङ्खेली, सर्केगाढ, अदानचुली, खार्पुनाथ, सिमीकोट गाउँपालिकाका जनताको सडकसम्म पहुँच पुग्ने छ । रु पाँच करोड २० लाख ५५ हजार ९०२ को लागतमा बन्ने यस बेलीब्रिजको लम्बाइ ५५ मिटर रहने प्राविधिक रतनबहादुर खड्काले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहुम्लाका तीन बस्ती अन्धकारमा बस्न बाध्य
जेठ १, २०८१ मंगलबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तनहुँको म्याग्दे गाउँपालिका–२ जामुने क्षेत्रमा सडक कालोपत्र
जेठ ५, २०८१ शनिबार
गाजाको जबलियामा ७० भन्दा बढी ठाउमा इजरायलको बमबारी
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
प्रधानमन्त्री निवास बालुवाटार प्रमुख दलका शिर्ष नेताहरु छलफलमा जुटे
जेठ ५, २०८१ शनिबार
'कोपिलाका सुगन्ध’ बजारमा
जेठ ५, २०८१ शनिबार
तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु
जेठ ५, २०८१ शनिबार