को बन्ला मोडल हन्ट नेपाल विजेता ?
नेपालबहस संवाददाता
चैत ५, २०७७ बिहिबार २०:४५:५३
५ चैत, काठमाडौंं । प्रस्तुतिकरण, सहभागिता र चर्चा लगायत बिभिन्न दृष्टिकोणबाट नेपालको नम्बर वान बन्न सफल लोकप्रिय मोडलिङ प्रतियोगिता ‘मोडल हन्ट नेपाल सिजन ६’ अर्थात ‘मोडल हन्ट नेपाल २०२१’को विजेता यहि १४ चैत्रमा छानिने भएको छ । काठमाडौंको सोल्टीमोड स्थित होटल सोल्टी क्राउन प्लाजामा भव्य समारोहबीच आयोजना हुने प्रतियोगिताका विजेताले उपाधिका साथमा बिभिन्न अवसर र उपहार एकसाथ प्राप्त गर्नेछन् ।
प्रतियोगितामा ३५ युवा र ३३ युवतीहरु भिड्दै छन् । मोडल बन्ने प्रक्रिया अन्तर्गतको विशेष एवं अन्तर्राष्ट्रिय स्तरको ग्रुमिङ परिवेशमा बिभिन्न प्रशिक्षण सहित उनीहरुले अहिले आफुलाई निखार्दै रहेका छन् । प्रशक्षिण्का क्रममा उनीहरुले ¥याम्प मोडलिङका विविध आयाम र व्याकरणदेखि स्टेज प्रस्तुतिकरणका तरिका लगायत समग्रमा व्यवासायिक मोडलमा हुनुपर्ने गुण र सीपहरुको आफुमा विकास गरिरहेको कोरियोग्राफर रोजिन शाक्यले बताए । शाक्य प्रतियोगीका मुख्य प्रशिक्षक हुन् ।
प्रशिक्षणको क्रममा उनीहरुले फेसन सजगता, स्टाइलिङ, मेकअपको ज्ञान, संचार कला र बडी ल्याङ्ग्वेज, व्यक्तित्व विकास, फिटनेस, फोटोसुट लगायत बिषयमा पनि ज्ञान हासिल गरेका छन् । यी विषयमा माल्भिका सुब्बा, थेन्डुप शेर्पा, सुवर्ण खड्का, सुजन श्रेष्ठ, लुजा मेकअप स्टुडियोले प्रशिक्षको भुमिका निर्बाह गरेका छन् ।
प्रशिक्षणले समग्रमा सहभागिहरु व्यक्तिबाट व्यवसायिक व्यक्तित्व बन्ने आयोजकको बिश्वास रहेको छ । रक्तदान, विपन्न तथा अनाथ बालबालिकाको सहायोर्थ कार्य लगायत बिभिन्न सामाजिक काममा समेत प्रतियोगी भएका थिए । रवि धमला र एत्ना पाण्डेको निर्देशनमा संचालन हुने मोडल हन्ट नेपाल सीजन ६ ग्राण्ड फिनाले अन्तर्राष्ट्रिय स्तरको रनवे सेटमा सोही अनुरुप संचालन हुनेछ ।
नेक्स्ट मोडल्स नेपाल आयोजक रहेको प्रतियोगीताका सहभागी ग्राण्ड फिनालेमा आईसी कलेज अफ आर्ट एण्ड फेसनका विद्यार्थी फेसन डिजाइनहरु सहित इन्टा अटायरका फेसन डिजाइनर इन्टा श्रेष्ठले तयार पारेको सुन्दर र विशिष्ट पहिरनमा र्याम्प नाप्नेछन् ।
प्रतियोगिताका विजेताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन सप्ताहमा सहभागीताको अवसरका साथै कोरियामा संचालन हुने एलबीएमए अवार्ड, गोवामा मे महिनामा आयोजना गोवा फेसन वीक लगायत फेसन, मोडलिङ र मिडियामा विशेष अवसर प्राप्त गर्ने आयोजक संस्थाका रवि धमलाले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसानेपाको हेरिटेज गार्डेनमा नेपाल फेसन फेस्टिबल
जेठ ११, २०८१ शुक्रबार
विश्वको सबैभन्दा ठूलो मेट गाला सुरु
बैशाख २५, २०८१ मंगलबार
निहारा र अदितिलाई ‘किड्स क्यापिटल नेपाल’ को उपाधि
बैशाख २४, २०८१ सोमबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
कर प्रणालीमा सुधार भए यसै वर्ष थपिन्छ ३ खर्ब राजस्व
असार ३, २०८१ सोमबार
जातिवादको कारक मुगल र पश्चिमा संस्कृति
असार ३, २०८१ सोमबार
हुण्डीे र अनलाइन जुवामा अर्बमाथिको कारोबार, सीआईबीले समात्यो ७ जना
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
बहिरीगामको जङ्गलमा देखिएको फुस्रो चैते चरा
असार ३, २०८१ सोमबार
मौरी घारबाट मह निकाल्दै किसान
असार ३, २०८१ सोमबार