नेपाल पुनर्बीमा कम्पनीको मुनाफा घट्यो ?
नेपालबहस संवाददाता
चैत ६, २०७७ शुक्रबार १८:३३:४२
६ चैत, काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी मुनाफा घटेको छ । प्रथम त्रैमासमा कम्पनीले निर्जीवन र जीवन दुवैमा गरी ३९ करोड २३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ३.७१ प्रतिशतले कम हो। गत वर्ष मुनाफा ४० करोड ७५ लाख रुपैयाँ रहेको थियो।
नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा खुद बीमाशुल्क २ अर्ब ३३ करोड रुपैयाँ आर्जन गरेको छ।
आज सार्वजनिक प्रथम त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीले निर्जीवन व्यवसायबाट २ अर्ब २३ करोड र जीवन व्यवसायबाट ९ करोड ९६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको हो।
जुन गत वर्षको सोही अवधिको तुलनामा ५१.७८ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले निर्जीवन व्यवसायबाट १ अर्ब ५० करोड रुपैयाँ र जीवन व्यवसायबाट ३ करोड ४५ लाख रुपैयाँ गरी १ अर्ब ५३ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।
समीक्षा अवधिमा निर्जीवन र जीवन व्यवसायबाट कुल लगानी, कर्जा तथा अन्यबाट हुने आय ५ करोड ९४ लाख रुपैयाँ रहेको छ। यस्तो आय गत वर्ष ४ करोड ५५ लाख रुपैयाँ रहेको थियो।
यो अवधिमा कम्पनीले निर्जीवन र जीवन व्यवसायमा गरी ५४ करोड ५८ लाख रुपैयाँ खुद दाबीभुक्तानी गरेको छ। जुन गत वर्ष ३३ करोड ५ लाख रुपैयाँमा सीमित थियो।
कम्पनीको जगेडाको आकार निर्जीवन व्यवसायमा २ अर्ब ३ करोड रुपैयाँ र जीवन व्यवसायमा ५९ करोड १० लाख रुपैयाँ गरी कुल ३ अर्ब ३४ करोड रुपैयाँको उचाइमा पुगेको छ।
गत वर्ष यही अवधिमा निर्जीवन र जीवन व्यवसायमा गरी जगेडामा कुल २ अर्ब २१ करोड रुपैयाँ रहेको थियो। चुक्तापुँजी १० अर्ब रुपैयाँ रहेको कम्पनीको बीमा कोषमा २ अर्ब ३ करोड रुपैयाँ रहेको छ। गत वर्ष बीमा कोषमा १ अर्ब ४७ करोड रुपैयाँ रहेको थियो।
कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी १५.६९ रुपैयाँ रहेको छ। पीई रेसियो ५४.४१ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १५३.८१ रुपैयाँ रहेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइजीआई प्रुडेन्सियल इन्स्योेरेन्समा ६ सञ्चालक निर्वाचित
फागुन २०, २०८० आइतबार
कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ताको तालिम सम्पन्न
कात्तिक २३, २०८० बिहिबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
सिंहदरबार र नेताको घरको फोहोर उठ्दैन, को-को जुध्न आउने हो, आए हुन्छ : बालेन
जेठ ७, २०८१ सोमबार
अवैध बिनान्स एपमार्फत लगानी गर्ने चार जना पक्राउ
जेठ ७, २०८१ सोमबार
इरानमा पाँच दिनको राष्ट्रिय शोक घोषणा
जेठ ७, २०८१ सोमबार
१० महिनाको व्यापार, आयात र निर्यात दुबै ऋणात्मक
जेठ ७, २०८१ सोमबार
सुर्खेतमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २१ घाइते
जेठ ७, २०८१ सोमबार
सडक आन्दोलनबारे निर्णय गर्न कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जेठ ७, २०८१ सोमबार