निफ्राले दियो नेप्सेलाई स्पष्टिकरण
नेपालबहस संवाददाता
चैत ८, २०७७ आइतबार १८:१२:०
८ चैत, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड ‘निफ्रा’ले नेपाल स्टक एक्सचेञ्ज ‘नेप्से’लाई स्पष्टिकरण पठाएको छ ।
नेप्सेले गत चैत ४ गते बैंकलाई विदेशी बजारमा बण्ड जारी गर्ने र १० प्रतिशत लाभांश वितरण गर्ने विषयमा स्पष्टिकरण पेश गर्न भनेको थियो ।
सोही निर्देशन बमोजिम उक्त कम्पनीले नेप्सेलाई स्पष्टिकरण दिएको हो ।
निफ्राले विदेशी बजारमा ३० मिलियन डलरको बण्ड जारी गर्ने विषय बैंकको रणनीति भित्रकै एक हिस्सा रहेको स्पष्ट पारेको छ ।
कम्पनीले आफ्नो वार्षिक प्रतिवेदन र साधारण शेयर निष्कासनको लागि तयार गरिएको विवरण पत्रमा समेत यस अघिनै उक्त विषय खुलस्त पारिएको समेत बताएको छ ।
नेप्सेमा उक्त कम्पनीको शेयर सूचीकृत हुनु अगावै बण्ड जारी गर्न प्रचलित व्यवस्था बमोजिम सम्बन्धित नियमनकारी निकायबाट लिनुपर्ने स्वीकृति लिईसकेको समेत कम्पनीले भनेको छ ।
बण्ड जारीको विषयलाई अन्तिम रुप दिन चाहिने स्वीकृति लिंदै छिटोभन्दा छिटो तोकिएको ब्याजदरमा बण्ड जारी गर्ने र सम्बन्धित स्टक एक्सचेञ्जमा सूचीकृत गराउँने गरी बैंक अघि बढेको पनि स्पष्टिकरणमा उल्लेख छ ।
निफ्राले आर्थिक वर्ष ०७७/७८ मा ८ प्रतिशत लाभांश वितरणको प्रक्षेपण गरेको जानकारी गराएको छ । लाभांश वितरण सम्बन्धि निर्णय संचालक समितिको बैठक, सम्बन्धित निकायको स्वीकृति एवम् वार्षिक साधारण सभाले निर्णय गरेपछि मात्र वितरण हुने समेत प्रष्ट पारेको छ ।
दिर्घकालिन पूर्वाधार परियोजनामा लगानी गर्न ऋणपत्र जारी गरी स्रोत संकलन गर्ने मुख्य उदेश्य कम्पनीको रहेको छ । यसका लागि कम्पनीले अन्य बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीहरु लगाएतका संस्थागत लगानीकर्ताहरुलाई उपयुक्त हुने ऋणपत्र जारी गर्ने तयारीसमेत गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्से आज शून्य दशमलव ७९ अङ्कले उकालो
जेठ ३, २०८१ बिहिबार
शेयरबजारमा नौ दशमलव ५४ अङ्कको गिरावट
जेठ २, २०८१ बुधबार
साताको पहिलो कारोबार दिन नेप्से ओरालो यात्रामा
बैशाख २३, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार