स्वास्थ्य चौकीबाट प्रयोगशाला सेवा सञ्चालन
नेपालबहस संवाददाता
चैत ८, २०७७ आइतबार १८:५४:३०
८ चैत ,लहान । सिरहाको बरियारपट्टीस्थित स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा सञ्चालन भएको छ । प्रयोगशाला सेवा सञ्चालन भएपछि स्थानीय औधी खुशी छन् । गाउँपालिकाले आन्तरिक स्रोतबाट कर्मचारी व्यवस्थापन गरेर बरियारपट्टी गाउँपालिका– ३ स्थित स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा सञ्चालन गरेको हो ।
हरेक दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सो प्रयोगशाला सेवा प्रदान गरिने गाउँपालिका अध्यक्ष सन्तोषकुमार महतोले जानकारी दिए । प्रयोगशालाबाट खकार र गर्भवतीलाई एचआइभी जाँच निःशुल्क हुने गाउँपालिका अध्यक्ष महतोले बताए । स्वास्थ्यचौकीमै ल्याब सेवा शुरु भएपछि रगत, दिसा, पिसाब र खकारको जाँचका लागि बिरामीलाई लहानसहित सदरमुकाम सिरहासम्म पुग्नुपर्ने बाध्यतासमेत हटेको उनको भनाइ छ ।
सो स्वास्थ्य चौकीबाट बरियारपट्टीसहित हरिपुर, जानकीनगर, नवटोली, श्रीपुर तथा छिमेकी मुलुक भारतको लदनियाका सर्वसाधारणले स्वास्थ्य सेवा लिँदै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने
जेठ ४, २०८१ शुक्रबार
मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै
जेठ ४, २०८१ शुक्रबार
जग्गा विवादको क्रममा कोदालोले प्रहार गर्दा एक जनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
विन्डवार्ड्ससँग अन्तिम खेलमा नेपाल पराजित
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै
जेठ ६, २०८१ आइतबार
दोदा बगरमा सागसब्जी फलाएर आकर्षक आम्दानी गर्दै पाँच सय किसान
जेठ ६, २०८१ आइतबार
आइपिएल : रोयल च्यालेन्जर्स बैंगलुरु प्लेअफमा, चेन्नई बाहिरियो
जेठ ६, २०८१ आइतबार
सहकारी ठगी प्रकरणको छानबिन समितिको 'टिओआर' बनाउन कार्यदलको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द
जेठ ६, २०८१ आइतबार