स्याङ्जामा लोकसाहित्यिक संगोष्ठी सम्पन्न
नेपालबहस संवाददाता
चैत ८, २०७७ आइतबार २०:२४:२६
८ चैत, स्याङ्जा । स्याङ्जा साहित्य प्रतिष्ठान र त्रिभुवन आदर्श बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा चैत्र ७ गते त्रिभुवन आदर्श बहुमुखी क्याम्पस मालेबगरमा लोकसाहित्यिक संगोष्ठी सम्पन्न भएको छ । सो गोष्ठीमा देशभरका विभिन्न ठाउँहरुबाट लोकसाहित्यका अनुसन्धाता तथा विश्लेषकहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा लोक साहित्यका अनुसन्धाता प्रा.डा. मोतीलाल पराजुली, प्रा.डा. विष्णुप्रसाद पौडेल, प्रा.हुमाकान्त पाण्डे, बौद्धिक व्यक्तित्व दीनबन्धु अर्याल, तारापति सुबेदी, प्रा.डा. हिरण्यलाल ज्ञवाली, प्रा.टंक प्रसाद पन्थ, प्रा.डा. नेत्रप्रसाद न्यौपाने, उपप्राध्यापक डा.भूमिराज बस्ताकोटी, उपप्राध्यापक सुरज पौडल, लेखक तथा विश्लेषक युवराज पौडेल लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि प्रमुख अतिथि प्रा. डा.मोतीलाल पराजुलीले लोक साहित्यको सैद्धान्तिक पक्ष, लोकसाहित्यको अनुसन्धानमा अपनाइएका अभ्यासहरु, लोकसाहित्यको अनुसन्धानका शक्ति र सीमाहरुका सम्बन्धमा प्रकाश पार्नुभएको थियो ।
उनले नेपाली लोकसाहित्यका क्षेत्रमा पुरानो पुस्ताले केही उल्लेख्य काम गरिसकेकाले नयाँ पुस्ताले त्यसैको जगमा टेकेर नयाँ नयाँ कामहरु गर्नुपर्ने धारणा व्यक्त गरे ।
त्यस्तै, प्रा.डा. विष्णुप्रसाद पौडेलले लोकसाहित्यका खोजकर्ताहरुले यसको मौलिकता र गरिमालाई चिनेर अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे । प्रा. टंक प्रसाद पन्थले लोकगीतको महत्वमाथि प्रकाश पारे ।
साहित्यकार विश्वप्रेम अधिकारीले स्याङ्जाली लोकगीतको अध्ययनका क्रममा आफू पश्चिमाञ्चलका धेरै क्षेत्रका लोकजीवनमा प्रत्यक्ष सहभागी भएर सामग्री संकलन गरेको धारणा राख्दै प्राथमिक सामग्री संकलनका लागि अनुसन्धाताले धैर्य र त्याग गर्नु आवश्यक रहेको धारणा व्यक्त गरे ।
कार्यक्रममा त्रिभुवन आदर्श बहुमुखी क्याम्पसका उपप्राध्यापक प्रमोद पंज्ञानीले स्याङ्जाली लोकगीतमा अभिव्यक्त लोकजीवन, प्रा. हुमाकान्त पाण्डेले बाह्रनामी (बाह्रनाथी) नाथ सम्प्रदाय र फेरी लगाउने परम्परा, प्रा.डा. हिरण्यलाल ज्ञवालीले लोकसाहित्यका सन्दर्भमा नेपाली लोकगीत ः विगत र वर्तमान शीर्षकका कार्यपत्रहरु प्रस्तुत गरेका थिए ।
उक्त कार्यपत्रहरुमाथि क्रमशः टंक प्रसाद पन्थ, युवराज पौडेल, विष्णुप्रसाद पौडेल, भूमिराज बस्ताकोटी, सुरज पौडेल लगायतले टिप्पणी गरेका हुन् ।
कार्यक्रमको सभापतित्व स्याङ्जा साहित्य प्रतिष्ठानका अध्यक्ष विश्वप्रेम अधिकारीले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन त्रिभुवन बहुमुखी क्याम्पसका उपप्राध्यापक प्रमोद पंज्ञानीले गरेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य स्याङ्जा साहित्य प्रतिष्ठानका उपाध्यक्ष टीकाराम बाग्लेले राखेका हुन् । कार्यक्रममा क्याम्पसको तर्फबाट सम्पूर्ण अतिथिहरुलाई त्रिभुवन आदर्श क्याम्पसका क्याम्पस प्रमुखले धन्यवाद ज्ञापनसहित शुभकामना दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार
बुल्दीखोलाको स्वरुप फर्काउने प्रयास
बैशाख ३०, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार