नेपाली जनताको मुहारमा खुसी नल्याई राजनीतिबाट बिश्राम लिन्न – डा. शेखर
नेपालबहस संवाददाता
चैत ११, २०७७ बुधबार १८:१७:३६
११ चैत, काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता डा.शेखर कोइराला राजनैतिक बृत्तमा अब्बल संगठनकर्ताको रुपमा अगाडि बढिरहेका छन् भने चिकित्सा क्षेत्रमा समेत उनको अतुलनीय योगदान रहेको कुरा सर्बविदितै छ ।
जनताका बिभिन्न खालका समस्याहरुको गाउँ–गाउँमै गएर अध्ययन गरिरहेका कोइरालाले राजनीति ब्यक्तिगत लाभका लागि नभई जनताका समस्या समाधानका लागि हुनुपर्ने कुरामा जोड दिँदै आएका छन् ।
बिगतमा विश्वभरी फैलिएको कोभिड १९ को महामारीको समयमा नेपाली कांग्रेसका तमाम नेताहरु घरमै लुकेर ज्यान जोगाउने ध्याउन्नमा लागिरहेका बेलामासमेत आफ्नो ज्यानको कुनै प्रवाह नगरी कोइराला जनताका घरघरमा गएर बिरामीको उपचार र स्वास्थ्य अवस्था बुझन र जनताका साथमा बसेर रोगसँग लडने साहस र हिम्मत प्रदान गरिरहेका देखिन्थे । नेता त्यो हो जसले जनताको भावना बुझेर जनताका पक्षमा सधैं आफुलाई उभ्याउने प्रयत्न गर्छ, त्यो शाहस अहिले नेता कोइरालामा देखिएको छ ।
यसले के देखाउँछ भने नेपाली जनताको सुखदुखमा सरिक हुने नेपालको एकमात्र जिउँदो नेता भनेकै डा. शेखर हुन ।
पहिलो पुस्ताको त्याग, समर्पण, बलिदान र क्रियाशिलता हेर्दा लाग्छ उहाँहरुको भिन्नै सोच, भिन्नै बिचार र उहाँहरु मेराे रोलमोडलको रुपमा देखिनुहुन्छ ।
नेपाली कांग्रेसको राजनीतिमा आफुलाई होमिरहे पनि कुनै पनि दल बिशेषको पक्षपोषण नगरी सिंगो नेपाली जनताको प्रतिनिधित्व गर्ने संभवत विश्वेश्वर प्रसाद कोइराला, कृष्ण प्रसाद भट्टराई, गणेशमान सिंह, महेन्द्र नारायाण निधी पछिका एकमात्र नेता हुन कोइराला जसले सिंगो देश बनाउने सपना, त्यो सपनालाई पुरा गराउन सक्ने योजना, र ति योजनाहरुलाई कार्यान्वयन तहमा लैजाने कार्यक्रमहरुको खाका कोरिसकेको छ । त्यहि बिकासको भावी कार्यक्रमहरु बोकेर अहिले डा. शेखर सिंगो देश दौडाहामा छन् । जहाँ जहाँ कोइराला पुग्छन् त्यहाँत्यहाँ नेपाली कांग्रेसका मात्र हैन सिंगो नेपाली जनताको साथ र समर्थन पाएको देखिन्छ । अनी कोइराला भन्छन् ः– नेपाली जनताको मुहारमा खुसी नल्याई अब म राजनीतिबाट बिश्राम लिन्न ।
देशलाई बिकासको गतिमा अग्रसर गराउन नेपाली कांग्रेसको आउँदो चौधौं महाधिबेशनमा सभापतिको उम्मेद्वार घोषणा गरिसकेका नेता कोइरालाले आफ्नाे भावी योजनाहरु र नागरिकहरुका समस्याहरु समाधान गर्न सक्ने संभावित योजनाहरु र कार्यक्रमहरुका बिषयमा पार्टी पंङ्गती र कार्यकर्ता तहमा बहश र छलफल पनि चलाई रहेका छन् ।
भ्रष्टाचारले जसरी चरमचुली पार गरिसकेको छ त्यसलाई न्यूनिकरण गर्दै शुन्य शहनशीलतामा पुर्याईदेउ मात्रै भनिरहेका छन् । दण्ड हिनताको अन्त्य गरिदेउ मात्रै भनिरहेका छन् । हामीलाई ब्यवसाय गरेर नेपाल भित्रै बस्ने मन छ त्यो वातावरण मिलाई दिएर हामीलाई स्वदेशमै गरिखान देउ मात्रै भनिरहेका छन् । यत्ति पनि गर्न नसके किन राजनीति गर्नु ? के का लागि सत्ताको लुछाचुँडी गर्नु ?
डा. शेखरले बर्तमान राजनीतिको बिश्लेषण गर्न र भावी राजनीतिको सहजै अनुमान गर्न सक्ने एक कुशल द्रष्टाको रुपमा समेत आफुलाई प्रमाणित गराई सकेका छन् । डा. शेखर भन्छन् अहिले देशको राजनैतिक परिस्थिति अत्यन्तै गम्भिर अवस्थामा गुज्रिरहेको छ । हामीले सत्ताको लागि मात्रै राजनीति गरेको भन्ने आम चर्चाको बिषय भएको बताउनु हुँदै कोइराला भन्छन् :- पहिलो पुस्ताको त्याग, समर्पण, बलिदान र क्रियाशिलता हेर्दा लाग्छ उहाँहरुको भिन्नै सोच, भिन्नै बिचार र उहाँहरु मेराे रोलमोडलको रुपमा देखिनुहुन्छ ।
पहिलो पुस्ताको कुरा गर्दा यहाँ मैले नेपाली कांग्रेसको मात्र कुरा गरेको छैन भन्दै त्यो बेलाका सबै पार्टीका नेताहरुमा त्यो प्रकारको त्याग र समर्पण देख्दा अहिले पनि आफुलाई गर्ब लाग्छ । उनले भनेका छन् :- तर, अहिले म के देख्छु भने कुनै पनि राजनीतिक दलमा नेपाली कांग्रेस मात्र हैन, अन्य दलहरुमा पनि कुनै पनि नेता खरो रुपमा उत्रिएको मैले देखेको छैन ।
नेता कोइरालाले नेताहरुको लक्ष र चाहना त्यो कुर्सीको लागि मात्रै अर्जुन दृष्टि भयो भने त्यसले अप्ठ्यारो स्थितिको सृजना गर्ने बताउँछन् । त्यस्ता कुराले हाम्रो देश भित्र मात्र हैन अन्तराष्ट्रिय स्तरमा पनि देशको क्रेडिटिबिलिटी पनि कमजोर हुदै जाने उनको भनाइ छ ।
“म गाउँमा जान्छु, जनताका भावना र चाहनाहरु बुझछु । जनताले ठूलो कुराको आशा गरेका छैनन् । अहिले देश महङ्गीको मारमा छ, त्यसलाई नियन्त्रण गरिदेऊ भनिरहेका छन् । देशमा बलात्कार र हत्याका घटना बढीरहेका छन्, अपराधिहरुले सरकारकै संरक्षण्मा उन्मुक्ति पाईरहेका छन्, गाउँहरु असुरक्षित भैरहेका छन्, कम्तिमा राज्यले शान्तिसुरक्षाको प्रत्याभूति गरिदेओस भन्ने आशा राखेका छन् । भ्रष्टाचारले जसरी चरमचुली पार गरिसकेको छ त्यसलाई न्यूनिकरण गर्दै शुन्य शहनशीलतामा पुर्याईदेउ मात्रै भनिरहेका छन् । दण्ड हिनताको अन्त्य गरिदेउ मात्रै भनिरहेका छन् । हामीलाई ब्यवसाय गरेर नेपाल भित्रै बस्ने मन छ त्यो वातावरण मिलाई दिएर हामीलाई स्वदेशमै गरिखान देउ मात्रै भनिरहेका छन् । यत्ति पनि गर्न नसके किन राजनीति गर्नु ? के का लागि सत्ताको लुछाचुँडी गर्नु ?” कोइरालाले भनेका छन् ।
म गिरिजाबाबु जस्तो ८४ बर्षको उमेरमा सडकमा पलेटी कसेर निरंकुसताको बिरुद्धमा लडेजस्तो लडन सक्ने बलियो छैन, गणेशमानजी जस्तो सिंगो मुलुक परिवर्तन गराउने आन्दोलनको सर्बोच्च कमाण्डर भैर आन्दोलन हाँकन सक्ने बहादुर पनि छैन तर नानगरिकका समस्या समाधान गर्न सक्ने खुबी र समाधान गर्न सक्ने योजनार कार्यक्रम अनि त्यसलाई कार्यान्वयन गराउन सक्ने क्षमता र दक्षता भने म सँग छ ।
“अब मेरो सम्पूर्ण ध्यान त्यस तर्फ नै रहनेछ । जनताको ओठमा हाँसो नल्याई, जनताका हातमा कामको ग्यारेन्टी नगरी, जनताको शान्ति सुरक्षा नगरी, देशमा अमन चयन कायम नगरी नितान्त ब्यक्तिगत फाईदाका लागि गरिने राजनीतिको अब अन्त्य हुनुपर्छ त्यो गर्न सकिन्छ, हामी गर्छौ, गरेर देखाउँछौ ।” कोइरालाले प्रतिबद्धता ब्यक्त गरेका छन् ।
नेपाली जनतालाई देशमा राजनीति के कसरी चलिरहेको छ भन्दा पनि, कस्ले सरकार बनायो कस्ले सरकार भत्कायो भन्दा पनि महङ्गी कस्ले नियन्त्रण गरिदेला ? भन्ने बढी चासो मैले पाएको भन्दै कोइरालाले अब नेपाली कांग्रेसको ध्यान त्यस तर्फ लाग्नुपर्ने बताउनु बताएका छन् ।
गिरिजाबाबुको राजनीतिक सकृयता तर्फ ईंकित गर्दै कोइरालाले भनेका छन् :- म गिरिजाबाबु जस्तो ८४ बर्षको उमेरमा सडकमा पलेटी कसेर निरंकुसताको बिरुद्धमा लडेजस्तो लडन सक्ने बलियो छैन, गणेशमानजी जस्तो सिंगो मुलुक परिवर्तन गराउने आन्दोलनको सर्बोच्च कमाण्डर भैर आन्दोलन हाँकन सक्ने बहादुर पनि छैन तर नानगरिकका समस्या समाधान गर्न सक्ने खुबी र समाधान गर्न सक्ने योजनार कार्यक्रम अनि त्यसलाई कार्यान्वयन गराउन सक्ने क्षमता र दक्षता भने म सँग छ ।
वीपीले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवादको अबधारणालाई अहिले विश्वले अंगाली रहेको बताउँदै कोइरालाले भनेः- हामी अहिले त्यहि वीपीले देखाउनु भएको बाटोतर्फ अग्रसर भैरहेका छौं । यसलाई पूर्णता दिन र वीपीका सपना पुरा गराउन नेपाली कांग्रेसको चौधौ महाधिबेशनबाट नयाँ नेतृत्व आउने कुरामा आफु दृढ रुपमा बिस्वस्त रहेको बताएका छन् । का्रग्रे नेतृत्वले वीपी कोइरालाको प्रजातान्त्रिक समाजबादको बाटोलाई अंगिकार गरेर अघि बढने कुरामा विश्वस्त हुन आम नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई आग्रह समेत गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशीमा स्वास्थ्य क्षेत्रमा साढे ३ अर्बको बजेट
असार २, २०८१ आइतबार
दिक्तेलमा साकेला उँभौलीको मैझारो
असार १, २०८१ शनिबार
कोशी प्रदेशको बजेट ३५ अर्ब २७ करोड
असार १, २०८१ शनिबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
असार २, २०८१ आइतबार
आज यी चार प्रदेशमा चट्याङसहित वर्षा हुने
असार २, २०८१ आइतबार
राष्ट्रपति पौडेलले गरे जलवायुसम्बन्धी अनुसन्धान केन्द्रहरूको अवलोकन
असार २, २०८१ आइतबार
राष्ट्रिय महाधिवेशनले संघीयता विरोधीलाई जवाफ दिएको छः अध्यक्ष यादव
असार २, २०८१ आइतबार
मापदण्ड पुगेका क्रसर उद्योग नवीकरण र सञ्चालनको वातावरण बनाउन सरकारसँग माग
असार २, २०८१ आइतबार
ललितपुर महानगरको पुँजीगत खर्च ६१ प्रतिशत
असार २, २०८१ आइतबार
पञ्चकोटको विश्वशान्ति कलश निर्माणका लागि ७ करोड संकलन
असार २, २०८१ आइतबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार