आधारभूत स्वास्थ्य केन्द्र स्थापना
नेपालबहस संवाददाता
चैत १२, २०७७ बिहिबार १६:२९:३९
१२ चैत,काठमाडौं । टोखा नगरपालिका–९ गोँगबुस्थित जागरण टोलमा ‘आधारभूत स्वास्थ्य केन्द्र’ स्थापना गरिएको छ । टोखा नगरपालिकाको सक्रियतामा निर्माण गरिएको उक्त केन्द्रको बुधबार नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले उद्घाटन गरेका छन् ।
कार्यक्रममा नगरप्रमुख अधिकारीले टोखाका जनता स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिएको जानकारी दिए । नगरपालिकाले चाँडै नै प्रदेश अस्पतालसमेत सञ्चालनमा ल्याउने उनको भनाइ थियो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश आचार्यले नगरपालिकाका प्रत्येक वडामा प्राथमिक स्वास्थ्य सेवा केन्द्र स्थापना गर्ने नीतिअनुसार टोखा–९ मा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिएको जानकारी दिए । टोखाले आगामी दिनमा सबै वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गर्ने उनको भनाइ छ ।
टोखा–९ मा आधारभूत स्वास्थ्य केन्द्र स्थापना भएसँगै गोँगबु नयाँ बसपार्क क्षेत्रका ५० हजार जनता प्राथमिक स्वास्थ्य सेवाबाट लाभान्वित हुने टोखा–९ का वडाध्यक्ष जोगप्रसाद नेपालले जानकारी दिए । बुधबारदेखि शुरु भएको आधारभूत स्वास्थ्य केन्द्रमा सुगर, ब्लड प्रेसर जाँच, बच्चालाई खोप, महिलालाई प्रसूतिसम्बन्धी जाँच गरिने अध्यक्ष नेपालले बताए । उक्त केन्द्रमा अहेवसहित तीन कर्मचारी कार्यरत छन् । टोखा–२ मा रहेको चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेश अस्पतालका रूपमा निर्माण गर्नका लागि वाग्मती प्रदेशसमेतले स्वीकृति दिइसकेको छ । टोखामा निजी क्षेत्रमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, ग्रिनसिटी अस्पताल, अल नेपाल अस्पताल र विनायक अस्पताल सञ्चालनमा रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशमा संसदीय समिति सभापतिको निर्वाचन शनिबार, आइतबार शपथ
जेठ ३, २०८१ बिहिबार
सीप मेलाको दोस्रो चरण जेठ ६ गतेदेखि सुरु
जेठ ३, २०८१ बिहिबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित
जेठ ६, २०८१ आइतबार
इरानमा दुई महिलासहित सात जनालाई फाँसी
जेठ ६, २०८१ आइतबार
किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
जेठ ६, २०८१ आइतबार
बुटवलमा एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते
जेठ ६, २०८१ आइतबार