महसुल नतिर्ने ग्राहकको धारा बन्द
नेपालबहस संवाददाता
चैत १२, २०७७ बिहिबार १८:२५:५१
१२ चैत,लहान । नेपाल खानेपानी संस्थान लहानले महसुल नतिर्ने ग्राहकको धारा बन्द गर्न शुरुआत गरेको छ । धाराको पानी उपभोग गर्ने तर महसुल नतिर्ने परिपाटी अन्त्य गर्न सो कार्य शुरु गरेको हो ।
संस्थानले ग्राहकबाट रु ७५ लाख ६८ हजार ९६९ बक्यौता रकम उठाउन बाँकी रहेको जनाएको छ । एउटै ग्राहकबाट रु एक लाखसम्म बक्यौता उठाउन बाँकी रहेको जनाइएको छ । बक्यौता धेरै बाँकी रहेकाले आपूर्ति बन्द गरेर बक्यौता असुल गर्ने योजना बनाइएको संस्थान लहानका प्रमुख शिरिष राजभण्डारीले जानकारी दिए ।
संस्थानका अनुसार केशव कोइराला, वीरेन्द्रप्रसाद यादव र जिवछ महतोबाट रु एक लाखभन्दा बढी बक्यौता उठाउन बाँकी छ । यस्तै पूर्व उपसभामुख चित्रलेखा यादवबाट रु ४० हजार, दामोदर उपाध्यायबाट रु ७० हजार, नेवकीबती चौधरीबाट रु ७५ हजार, परशुराम चौधरीबाट रु ४३ हजार, एकलाश कुमारी यादवबाट रु ५४ हजार, मोहनदास तत्माबाट रु ५७ हजार बक्यौता रहेको उनले जानकारी दिए ।
त्यस्तै सडक विभाग लहानबाट रु ४२ हजार, लहानस्थित यान्त्रिक कार्यालयबाट रु १३ हजार र लहान नगरपालिकाबाट रु १३ हजार बक्यौता उठाउन बाँकी रहेको छ । पछिल्लो समय महसुल नबुझाउने प्रवृत्ति बढ्दै गएको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने
जेठ ४, २०८१ शुक्रबार
मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै
जेठ ४, २०८१ शुक्रबार
जग्गा विवादको क्रममा कोदालोले प्रहार गर्दा एक जनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
संसदीय समितिको कार्यादेश आज टुंगो लगाइने
जेठ ६, २०८१ आइतबार
अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित
जेठ ६, २०८१ आइतबार
इरानमा दुई महिलासहित सात जनालाई फाँसी
जेठ ६, २०८१ आइतबार
किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
जेठ ६, २०८१ आइतबार