आठ वर्षदेखि अलपत्र पुल निर्माणको काम
नेपालबहस संवाददाता
चैत १२, २०७७ बिहिबार २३:२८:१९
१२ चैत,सुर्खेत । रानीघाटमा भेरी नदीमाथि बन्न लागेको पक्की पुल आठ वर्षदेखि अलपत्र परेको छ । सडक विभाग डिभिजन कार्यालय सुर्खेत र ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण पुनःडिजाइन समयमै नहुँदा निर्माण कार्य अलपत्र परेको हो ।
बर्दियालाई सुर्खेतसँग जोड्न छोटो दूरी मानिएको रानीघाट खण्डमा विसं २०६९ देखि पुल निर्माण शुरु गरिएको थियो । ठेकेदार कम्पनी पप्पु÷मल्ल जेभी कन्स्ट्रक्सनले प्राविधिक समस्या देखाउँदै लामो समय पुल निर्माण कार्य अलपत्र छाडेको स्थानीयवासीको गुनासो छ । “यदि प्राविधिक समस्या हो भने समयमै समाधानको पहल गर्नुपथ्र्यो”, सुर्खेत बराहताल गाउँपालिका हरिहरपुरका लालबहादुर थापाले भने, “सडक विभाग र ठेकेदारले गर्दा पुल निर्माण अलपत्र पारियो ।” आफूहरुले पटक–पटक जिल्ला प्रशासन सरोकारवाला निकायलाई ज्ञापनपत्र बुझाउँदा सडक डिभिजन कार्यालय सुर्खेतले सुनुवाइ नगरेको उनले बताए ।
हरिहरपुरकै अर्का स्थानीय गगन वलीले पुल नबन्दा वीरेन्द्रनगर आउन पनि कठिन भएको र झोलुङ्गे पुल खोज्न दुई घण्टाको बाटो हिँड्नुपर्ने बाध्यता सुनाए । पक्की पुल नहुँदा सुर्खेत–बर्दिया सडक स्तरोन्नति हुन सकेको छैन । त्यसले गर्दा सुर्खेतदेखि बर्दिया जान रत्न राजमार्ग हुँदै जानुपर्ने बाध्यता छ ।
पप्पु÷मल्ल जेभी कन्स्ट्रक्सनले तीन वर्षमा सो पुल निर्माण कार्य सम्पन्न गर्नुपर्ने सम्झौता थियो । आठ वर्ष बितिसक्दा बल्ल पुनः डिजाइनको काम थालिएको छ । कम्पनीले निजी कन्सल्टेन्टमार्फत उक्त पुलको पुनः डिजाइनको काम थालिरहेको छ । सडक डिभिजन कार्यालय सुर्खेतका इञ्जिनीयर तुलाराम शर्माले ठेकेदारले १० दिनभित्र डिजाइन पेश गर्ने प्रतिबद्धता जनाएको बताए ।
ठेकेदारले पेश गरेको डिजाइन सडक विभागको पुल महाशाखामा पठाएपछि मात्र निर्माण कार्यअघि बढ्ने उनको भनाइ छ । पिलरको सम्भावित जगमुनी दुई स्थानमा कडा खाले चट्टान भेटिएपछि पुनःडिजाइन बनाउनुपरेको जनाउँदै इञ्जिनीयर शर्माले भने, “विभागले ठेकेदारले प्रस्ताव गरेको डिजाइन स्वीकृत गरेपछि मात्र निर्माणको प्रक्रिया शुरु हुन्छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहुम्लाका तीन बस्ती अन्धकारमा बस्न बाध्य
जेठ १, २०८१ मंगलबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार
कर्णालीका मुख्यमन्त्रीले बोलाए सर्वदलीय बैठक
बैशाख २९, २०८१ शनिबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
५ महिनाको छोराको हत्या गर्ने आमा पक्राउ
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
ओशो पार्कमा पर्यटकको चहलपहल, व्यवसायी खुसी
जेठ ४, २०८१ शुक्रबार
शुक्लाफाँटामा संरक्षित कृष्णसारको सङ्ख्यामा वृद्धि
जेठ ४, २०८१ शुक्रबार
खुकुरी प्रहरी गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ
जेठ ४, २०८१ शुक्रबार
आयआर्जन वृद्धि गर्न अतिविपन्नलाई बाख्रा अनुदान
जेठ ४, २०८१ शुक्रबार