गाउँघरमा चिकित्सक सेवा कार्यक्रम
नेपालबहस संवाददाता
चैत १३, २०७७ शुक्रबार १७:३४:२१
१३ चैत,बझाङ । जिल्ला अस्पताल बझाङको डाक्टरसहितको स्वास्थ्यकर्मीको टोलीले जिल्लाका दुर्गम गाउँमा गएर सेवा दिन थालेका छन् । जिल्लाका १२ वटा स्थानीय तहका दुर्गम गाउँमा गएर टोलीले स्वास्थ्य सेवा प्रवाह गरिरहेको हो ।
गाउँघरमा चिकित्सक कार्यक्रम अन्तर्गत बिहीबार सुर्मा गाउँपालिका–१ मा रहेको दुर्गम गाउँ पुदालीमा सेवा दिएको छ । दुई डाक्टरसहितको टोलीले ग्रामीण भेगमा वसोवास गर्ने विपन्न वर्गलाई लक्षित गरी सेवा प्रवाह गरिरहेका छन् । टोलीले निःशुल्करुपमा ओपिडी सेवा, प्रयोगशाला सेवा, भिडियो एक्स–रे सेवा, महिलाको पाठेघरसम्बन्धी सेवा, आकस्मिक सेवा, फार्मेसी सेवा र यौन रोगसम्बन्धी सेवा गाउँमा गएर दिँदै आएको जिल्ला अस्पताल बझाङका प्रमुख डा सन्दिप ओखेडाले बताए ।
उनले जिल्लाको १२ वटा पालिकाको अति दुर्गम गाउँमा गएर स्वास्थ्य शिविरका रुपमा उपचार गर्दै आएकोसमेत बताए । गाउँमै स्वास्थ्य सेवा पाएपछि स्थानीय निकै खुशी भएका छन् । सुर्मा गाउँपालिका–१ का जयबहादुर बोहराले भने, “यसरी हामीले गाउँमा आएर सबै सेवा पाउने आशा गरेका थिएनौँ तर यहाँ त सबै सुविधा गाउँमै दिने रहेछ ।” वर्षौंदेखि पेटको समस्या थियो, पैसा नहुँदा अस्पतालसम्म जान सकेको थिएन, यो धेरै राम्रो काम ग¥यो जिल्ला अस्पताल बोहराको मात्र होइनन् सुर्मा गाउँपालिकाका अन्य शिविरमा सहभागीको भनाइ पनि उस्तै रहेको छ ।
गाउँपालिका अध्यक्ष नरबहादुर बोहराले भने, “सधैँ गाउँपालिकाको केन्द्रमा मात्र शिविर आउने हुँदा योपटक भने दुर्गम गाउँका विपन्न समुदायलाई लक्षित गरी यो कार्यक्रमको छनोट गरेको हो ।” उनले स्वास्थ्य नै सबैभन्दा महत्वपूर्ण कुरा भएकाले सबैलाई शिविरमा आएर उपचार गराउन आग्रहसमेत गरे । गाउँपालिका प्रवक्तासमेत रहेका वडा नं १ का वडाध्यक्ष पुस्कल बोहराले गाउँमा यसरी औषधिसहितको टोली आएर घरमा उपचार गराउन पाउनु यहाँका जनताका लागि खुशीको कुरा भएकाले सबैले आएर सहभागी हुनुपर्नेमा जोड दिए ।
उनले दुर्गम गाउँमा विशेषज्ञसहितको सेवाले ग्रामीण भेगमा बस्ने समुदायका जनताको घरमै गएर स्वास्थ्य परीक्षण गराउन पाउँदा आफ्नो ठूलो उपलब्धि भएकोसमेत बताए । शिविरमा २१८ जनाले सेवा लिएका छन् जसमा ७१ जनाले भिडियो एक्स–रे, ३४ जनाले डेन्टल सेवा, ४६ जना महिलाले पाठेघरको मुखको क्यान्सरसम्बन्धी सेवा, ३४ जनाले प्रयोगशाला र दुई जनाले इम्प्लान्ट लगाएको, जिल्ला अस्पताल सिमखेतका डा देवराज रतालाले जानकारी दिए । शिविरमा जिल्ला अस्पताल सिमखेतबाट नौ जना डाक्टरको टोली खटिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमालेले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने
जेठ २, २०८१ बुधबार
सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३४ प्रतिशत बजेट खर्च
जेठ १, २०८१ मंगलबार
मुक्तकमैयाका लागि स्वरोजगारको आधार बन्यो ‘ब्याण्डबाजा’
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने
जेठ ४, २०८१ शुक्रबार
मालिक रिसाउनुमा यी ग्रहको भूमिका, जान्नुहोस् हाकिमको स्वभाव
जेठ ४, २०८१ शुक्रबार
कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद, सबैले लिए शपथ
जेठ ४, २०८१ शुक्रबार
आजदेखि संसद भवन वरिपरीका पेटीबाट हिँड्न नपाइने
जेठ ४, २०८१ शुक्रबार
भलिबल खेलाडीलाई सेनाको सहयोग
जेठ ४, २०८१ शुक्रबार
उच्च रक्तचाप नियन्त्रणमा राख्नसके दीर्घकालीन असरबाट बच्न सकिन्छ
जेठ ४, २०८१ शुक्रबार