वालिङमा कुकुरलाई बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप
नेपालबहस संवाददाता
चैत १३, २०७७ शनिबार १:५:१०
१३ चैत, वालिङ । स्याङ्जाको वालिङ नगरपालिकाले सामुदायमा रहेका तथा घरमा पालिएका कुकुरहरुलाई बन्ध्याकरण तथा खोप लगाईएको छ ।
वालिङ नगरपालिकाले आयोजना गरेको एकदिने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाको प्राविधिक सहयोग तथा लियो क्लब अफ वालिङ सिटीको सहयोगमा आज निःशुल्क रेविज रोग नियन्त्रणका लागि कुकुरहरुको बन्ध्याकरण तथा खोप कार्यक्रम गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले बजारमा छाडा कुकुरको संख्या बढ्दै जाँदा होहल्ला हुने र कुकुरको टोकाईले रेबिज रोगको संक्रमण हुनसक्ने खतरा भएकाले कुकुरलाई स्थायी बन्ध्याकरणका साथै रेबिज विरुद्धको सुई लगाईएको बताए ।
“रेबिज रोग कुकुरबाट मान्छेमा सर्ने भएकाले यसको रोकथामका लागि सामुदायिक कुकुरलाई नियन्त्रणमा लिएर खोप तथा स्थायी बन्ध्याकरण गरिएको छ” नगर प्रमुख खाँणले भने ।
कार्यक्रममा नगर उपप्रमुख कल्पना तिवारीले कुकुरहरुको नियन्त्रण र सही ब्यवस्थापनका लागि बन्ध्याकरण शिविर सञ्चालन गरिएको बताइन् । प्राविधिक सहयोगका लागि भेटेरिनरी अस्पताल लगायत शिविरलाई सफल पार्न सहयोग गर्ने संघ संस्था क्लब तथा ब्यक्तिहरुलाई धन्यवाद ज्ञापन गरिएको थियो ।
कार्यक्रममा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाका प्रमुख डा. बज्रकिशोर ठाकुरले पशुबाट मान्छेमा सर्ने रोगको नियन्त्रणका लागि खोप तथा बन्ध्याकरण शिविर सञ्चालन गरिएको बताए । उनले आगामी दिनमा पनि नगरपालिकासित सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा वालिङ नगरपालिका पशु सेवा शाखाका डा. बसन्त अधिकारीले शिविरमा सामुदायिक कुकुर तथा घरमा पालिएका कुकुरहरुलाई ल्याई बन्ध्याकरण गराएर मौकाको फाइदा लिन आग्रह गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार
बुल्दीखोलाको स्वरुप फर्काउने प्रयास
बैशाख ३०, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार