नेपाल औषधि ब्यवसायी संघ प्रदेश १ को सदस्यमा दमककी तिलमायाँ निर्बिरोध निर्वाचित
नेपालबहस संवाददाता
चैत १५, २०७७ आइतबार १९:४१:३
१५ चैत, काठमाडौं । नेपाल औषधि ब्यवसायी संघको प्रदेश नं. १ को सदस्य पदमालायन्स क्लब अफ सेविका दमककी तृतिय उपाध्यक्ष समेत रहेकी तिलमायाँ काफ्ले भट्टराई निर्बिरोध निर्वाचित भएकी छिन् ।
भट्टराई कुलबंश प्रतिष्ठान दमक अन्तर्गत गठिन छोरी बुहारी सञ्जालको सल्लाहकार समितिको सदस्य भई कामगर्दै आएकी भट्टराई (तिला आन्टी) दमकमा रहेका बिभिन्न संघसंस्थाहरुमा समेत उत्तिकै सक्रियताका साथ संलग्न छिन । राधाकृष्ण भजन किर्तन मण्डलीकि सदस्य समेत रहेकी उनि गरिव तथा असहायहरुलाई सहयोग गर्ने अग्र पंतिकि अभियन्ता समेत हुन ।
“भट्टराई ओखती घर” कि प्रोपराईटर समेत रहेकी भट्टराईलाई स्थानीय दमकबासीहरु सधैं सम्मान र सहयोगीको रुपमा हेर्ने गर्दछन् । बिभिन्न सामाजिक कार्यमा सक्रिय समाजसेवी तिलमायाँलाई नेपाल औषधि ब्यवसायी संघको निर्वाचन पूर्व नै सर्वसम्मत रुपमा निर्वाचित गरिएको हो । अन्य पदहरुमा निर्वाचनको रस्साकस्सी चलिरहेको बेला भट्टराईलाई भने सर्वसम्मत रुपमा निर्वाचित गर्न संघ अग्रसर भएको देखिएको छ । यसलाई पनि उनको बहुआयामिक प्रतिभाको कदरको रुपमा हेरिएको छ ।
दमक नगर क्षेत्र तथा ईलामको चुलाचुली, झापाको माई पश्चिम क्षेत्र तथा मोरङको पूर्बि क्षेत्रमा आफ्नो दर्बिलो बर्चस्व कायम गरेका बुद्धिशेखर भट्टराई आफैमा एक कुशल स्वास्थ्यकर्मी हुन । उनकै जीवन साथी तिलमायाँ भट्टराईलाई नेपाल औषधि ब्यवसायी संघ प्रदेश नं. १ प्रदेश सदस्यमा निर्वाचित गरेको हो ।
दमकको स्वास्थ्य क्षेत्रमा भट्टराई दम्पत्तिको अतुलनीय योगदान रहेको दमकका स्थानीबासीहरु बताउछन् । सरल र मृदूभाषि स्वभावका धनी बुद्धिशेखर भट्टराई पनि बिभिन्न सामाजिक क्षेत्रमा कृयाशिल ब्यक्तित्व हुन । आफु सर्वसम्मत रुपमा निर्वाचित भए पछि भट्टराईले आफुलाई सर्वसम्मत रुपमा निर्वाचित हुने वाताबरण बनाईदिने सम्पूर्ण औषधि ब्यवसायी लगायत निर्वाचन मण्डललाई धन्यवाद दिएकी छिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग
जेठ ४, २०८१ शुक्रबार
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
बैशाख ३१, २०८१ सोमबार
कोशीका मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाइएको प्रदेशसभा बैठक कांग्रेसद्वारा बहिस्कार
बैशाख ३१, २०८१ सोमबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
खुकुरी प्रहरी गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ
जेठ ४, २०८१ शुक्रबार
आयआर्जन वृद्धि गर्न अतिविपन्नलाई बाख्रा अनुदान
जेठ ४, २०८१ शुक्रबार
बस्दै नबसी प्रतिनिधिसभा स्थगित, अर्को बैठक जेठ ६ गते बस्ने
जेठ ४, २०८१ शुक्रबार
माथिल्लो तामाकोसी आयोजनाको बाँधस्थल
जेठ ४, २०८१ शुक्रबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
गृहमन्त्रीको विरोधमा संसद भवन अगाडि नेविसंघको प्रदर्शन, ११ जना पक्राउ
जेठ ४, २०८१ शुक्रबार