मोटरेबल पुल जीर्ण हुँदा सवारीसाधन र यात्रु जोखिममा
नेपालबहस संवाददाता
चैत १५, २०७७ आइतबार २०:७:२४
१५ चैत , पर्वत । निर्माण भएको १२ वर्षसम्म पनि मर्मत नहुँदा यहाँको एक मोटरेबल पुल जीर्ण बन्दै गएको छ । समय समयमा मर्मत नहुँदा पर्वत जिल्लाको मध्य तथा दक्षिण भाग जोड्ने एकमात्र पुलको अवस्था जीर्ण बन्दै गएको हो । सदरमुकाम कुस्माबजारसँग दक्षिण पर्वतका पाँच स्थानीय तह जोड्ने एकमात्र सडक दोबिल्ला फलेबास–सडकको मोदीखोलामा निर्मित मोटरेबल पुल जीर्ण बनेको हो ।
कुश्मा नगरपालिका– ८ दोबिल्लास्थित मोदीखोलामाथि रहेको सो मोटरेबल पुलको समय समयमा मर्मत नहुँदा सवारीसाधन र यात्रुहरु समेत जोखिमपूर्णरुपमा वारपार गर्न बाध्य भएका छन् । पुलको अधिकांश ठाउँमा नट बोल्टु खुस्किएको, पुलमा रहेका पाता उप्किएका तथा ठाउँ ठाउँमा खिया लागेको, पुलको दुवै छेउमा माटो जमेको भए पनि कुनै निकायले मर्मतमा ध्यान नदिँदा सवारीसाधन र यात्रु जोखिममा परेका छन् । पुलका पाता नै उप्किएर खाल्डा परेका छन् ।
तत्कालीन जिल्ला विकास समितिले हेरालो राखेर नियमितरुपमा रेखदेख तथा सफा गर्ने गरेको भए पनि अहिले यसतर्फ ध्यान नदिँदा झनै जिर्ण बन्दै गएको सवारी चालकको गुनासो रहेको छ । पुलको नियमितरुपमा रेखदेख नहुँदा ओभर लोड गरिएका गाडी, डोजर, लोडरलगायतका हेबी इक्युमेन्टसमेत पुलबाटै वारपार गर्ने गर्दा पुलका पातामा प्वाल पर्ने समस्या देखिएको स्थानीय चित्रसागर श्रेष्ठले बताए । उनले भने, “पुलमा जुनसुकैबेला पनि ठूलो दुर्घटना निम्तिने खतरा बढेको छ ।
पुलबाट पाँच स्थानीय तहका ४५ भन्दाबढी वडामा सवारीसाधन आवातजावत आउने गर्दछन् । दैनिक सयौँको सङ्ख्यामा सवारीसाधन चल्ने उक्त पुल १५ टन भारवहन क्षमता भएको भएपनि ओभरलोड गरी लैजाँदासमेत कुनै निकायले कारवाही नगरेको स्थानीय राम शर्मा पौडेलले बताए । ठूलाठूला डोजर लोडर जस्ता उपकरणहरु यहीँबाट तार्ने गरेकोसमेत पौडेलको भनाइ छ ।
जिल्ला समन्वय समितिले पुल मर्मतका लागि कोष नभएकाले रेखदेख भए पनि जीर्ण बन्दासमेत मर्मतको काम गर्न नसकिएको बताएको छ । पूर्वाधकार विकास कार्यालयले पुलमा पाता मिलाउनेबाहेक अन्य मर्मतको योजना नरहेको जनाएको छ । टुक्रिएका, छुट्टिएका फलामका पाता बोल्डिङ गरेर जोड्नेबाहेक अरु योजना नरहेको सो कार्यालय प्रमुख कृष्ण आचार्यले बताए । पुल मर्मतका लागि लागत तयार गरेर मन्त्रालयमा माग गरिएको र रकम निकासा भएमा पूर्णरुपमा मर्मत गर्न सकिने उनको भनाइ छ । स्थानीय विकास मन्त्रालयले नेपालमै नमूना पुलका रुपमा सस्पेन्डेड मोडलमा सो पुल निर्माण गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार
बुल्दीखोलाको स्वरुप फर्काउने प्रयास
बैशाख ३०, २०८१ आइतबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
संसद भवन अगाडि नेविसंघकाे प्रदर्शन, एक दर्जन प्रदर्शनकारी पक्राउ
जेठ ४, २०८१ शुक्रबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
गृहमन्त्रीको विरोधमा संसद भवन अगाडि नेविसंघको प्रदर्शन, ११ जना पक्राउ
जेठ ४, २०८१ शुक्रबार
कोदोखेतीतर्फ पर्वतका किसानको आकर्षण बढ्दै
जेठ ४, २०८१ शुक्रबार
हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग
जेठ ४, २०८१ शुक्रबार