नाट मिस एयर हस्टेस इन्टरनेशनलको ताज अनुशालाई
नेपालबहस संवाददाता
चैत १६, २०७७ सोमबार १६:५२:४३
१६ चैत, काठमाडौं । नाट मिस एयर हस्टेस इन्टरनेशनलको ताज अनुशा कार्कीले जितेकी छिन् । बानेश्वरस्थित एभरेष्ट होटलमा शनिबार सम्पन्न प्रतियोगितामा अनुशाले मस्ट फोटोजेनिक र मस्ट ट्यालेन्ट उपाधिको साथमा विजेता घोषित भएकी हुन् । एयर हस्टेस पढिरहेका वा एयर होस्टेस बन्न इच्छुक १६ जना प्रतियोगीहरु समावेश गरिएको उक्त प्रतियोगिता दोश्रो संस्करण हो । प्रतियोगितामा फस्ट रनर अप इभा जैशवाल र सेकेन्ड रनरअप प्रिया गुरुङ विजेता छानिए छन् ।
यस्तै विभिन्न बिधागत उपाधीहरुमा प्रिया गुरुङ बेस्ट वाक र जब बिजेता ‘यति एयरलाइन्स’, नितिशा बिष्ट बेस्ट फिगर, सिमा गुरुङ बेस्ट पर्शनालिटी, दिपु शेर्पा मस्ट कन्फिडेन्ट, करुना नगरकोटी मस्ट डिसिप्लेन, मञ्जली लामा मस्ट पङ्चुअल, इभा जैशवाल मस्ट ब्यूटीफुल र मस्ट पपुलर, स्वेच्छा बस्नेत बेस्ट स्माइल, प्रकृती अधिकारी बेस्ट पर्फमरका रुपमा छनौट भएका थिए ।
कार्यक्रमका प्रमुख अतिथिका रुपमा माननिय संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकाल उपस्थित रहनु भएका थिए भने प्रतियोगिताको निर्णायकको रुपमा बरिष्ठ अधिबक्ता गणेश केसी, टर्किस एयरलाइन्सका कन्ट्री डाइरेक्टर अब्दुल्ला टन्कर केसिइ, अन्तर्राष्ट्रिय मोडल तथा एक्टर दिपक घिमिरे, पूर्व क्याविन क्रिउ कतार एयरवेज र सौर्य एयरलाइन्स अर्चना मिश्र रहेको छ ।
नाट कलेजको आयोजना र कृजोना मिडिया ग्रुपको इभेन्ट ब्यवस्थापन रहेको प्रतियोगिताको कोरियोग्राफी लभिन अन्सारीले गरेका हुन् । करिब १ महिना लामो बिभिन्न प्रशिक्षण सहित प्रतियोगीतामा प्रतियोगिलाई फाइनल प्रतिस्पर्धा उतारिएको थियो ।
नेपाल बायुसेवा निगम र गिता एभिएसनको मुख्य प्रायोजन साथै ट्रयाङ्कुलिटी स्पा र मुक्तिनाथ बिकास बैंकको सह प्रायोजन रहेको नाट मिस एयर हस्टेस इन्टरनेशनल सिजन २ का विजेताले एयर हस्टेस तालिममा शतप्रतिशत छात्रावृत्ति, अमेजमन ग्रुपको तर्फबाट १ वर्षको लागि ब्राण्ड एम्बेसेडर र सिंगापुर भ्रमण, म्युजिक भिडियोमा खेल्ने अवसर पाउनुका साथै व्यक्तित्व विकाससँग सम्बन्धित विभिन्न अन्तर्राष्ट्रिय इभेन्टहरुमा सहभागिता जनाउन पाउने छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसानेपाको हेरिटेज गार्डेनमा नेपाल फेसन फेस्टिबल
जेठ ११, २०८१ शुक्रबार
विश्वको सबैभन्दा ठूलो मेट गाला सुरु
बैशाख २५, २०८१ मंगलबार
निहारा र अदितिलाई ‘किड्स क्यापिटल नेपाल’ को उपाधि
बैशाख २४, २०८१ सोमबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
प्रधानमन्त्रीसँग विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशकको शिष्टाचार भेट
असार ३, २०८१ सोमबार
सडक कालोपत्र गर्ने काम बीचमै छाडेर ठेकेदार फरार
असार ३, २०८१ सोमबार
पार्टीमा वैचारिक मतभेद छैनः अध्यक्ष नेपाल
असार ३, २०८१ सोमबार
विश्व बैंकको अनुदानमा बागलुङका तीन सडक कालोपत्र हुँदै
असार ३, २०८१ सोमबार
विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोटसनबर्ग र अर्थमन्त्री पुनबीच भेटवार्ता
असार ३, २०८१ सोमबार
करेण्ट चाउचाउमा किरा भेटिएको समाचार कपोलकल्पित फण्डा मात्रः यशोदा फुड्स
असार ३, २०८१ सोमबार