भरतपुरभित्र रहेका विद्यालयमा लैङ्गिक शिक्षक अनिवार्य
नेपालबहस संवाददाता
चैत १८, २०७७ बुधबार १६:२८:३३
१८ चैत,चितवन । भरतपुर महानगरपालिकाभित्र रहेका २२० विद्यालयमा लैङ्गिक शिक्षक अनिवार्य गरिएको छ । समाज र विद्यालयमा लैङ्गिक हिंसाका घटना बढ्न थालेपछि यसको अन्त्यका लागि लैङ्गिक शिक्षक राखिएको भरतपुर महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले जानकारी दिए ।
महानगरपालिकाभित्र रहेका सामुदायिक विद्यालय १२३ र संस्थागत विद्यालय ९७ वटामा नै लैङ्गिक शिक्षक राख्नका लागि पत्राचार गरिएको उनले बताए । हरेक विद्यालयमा रहेका महिला शिक्षकलाई लैङ्गिक शिक्षकका रूपमा तोकी प्रशिक्षण दिने कामसमेत गरिएको उनले बताए । “गत कात्तिकमा विद्यालयलाई पत्राचार गरी प्रतिनिधि तोक्न लगाई उनीहरूलाई प्रशिक्षण दिइएको छ”, उनले भने ।
प्रतिनिधिका रूपमा आएका शिक्षकले लैङ्गिक हिंसाका बारेमा जानकारी लिई त्यस विषयमा शिक्षक तथा विद्यार्थीलाई जानकारी गराउने र यसको निराकरणका लागि सहयोग पुर्याउने काम गर्ने उनले जानकारी दिए । उनले भने, “विद्यालयमा पनि लैङ्गिक हिंसाका घटना बढ्न थालेपछि समुदायसँगै विद्यालयमा यस्ता घटना घट्न नदिनका लागि शिक्षक तोकिएको हो ।”
विद्यालयमा हरेक किसिमका हिंसाका घटना नियन्त्रणका लागि लैङ्गिक शिक्षक राखिएको उनको भनाइ थियो । केही विद्यालयले लैङ्गिक शिक्षक नराखे पनि पुनः पत्राचार गरेर ध्यानाकर्षण गराउने काम गरिएको उनको भनाइ छ ।
भरतपुर महानगरका शैक्षिक प्रशासन महाशाखाका अधिकृत ऋषि शर्माले विद्यालयमा छात्रामाथि हुने अभद्र व्यवहारका घटना हुन नदिन नै लैङ्गिक शिक्षक राख्ने प्रणाली बसालिएको बताए । उनका अनुसार विद्यालयमा महिला शिक्षकलाई लैङ्गिक शिक्षक बनाउन निर्देशन दिइएको छ भने हिंसासँग सम्बन्धित तालिम प्रदान गरिएको छ ।
छात्रामाथि अपशब्द बोल्ने, गलत नियतले छात्रालाई छुने वा छुने प्रयास गर्ने, छात्राको नाम कुनै छात्र या अन्यसँग जोडेर जिस्काउने, खराब नजरले हेर्ने, गलत नियतले मोबाइलमा सन्देश पठाउने, बेञ्च वा भित्तामा एकअर्काको नाम जोडेर लेख्ने, कुदृष्टि राख्ने, अश्लील शब्दले बोलाउनेजस्ता क्रियाकलाप विद्यालयमा हुने हिंसा वा अभद्र व्यवहारभित्र पर्छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशमा संसदीय समिति सभापतिको निर्वाचन शनिबार, आइतबार शपथ
जेठ ३, २०८१ बिहिबार
सीप मेलाको दोस्रो चरण जेठ ६ गतेदेखि सुरु
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार