नागार्जुन नगरपालिकामा डोजर सञ्चालनमा रोक
नेपालबहस संवाददाता
चैत १८, २०७७ बिहिबार ०:५३:५२
१८ चैत, काठमाडौं । वायु प्रदूषण बढेपछि नागार्जुन नगरपालिकाले नगर क्षेत्रभित्र डोजर सञ्चालमा रोक लगाएको छ । नगर प्रमुख मोहनबहादुर बस्नेतको अध्यक्षतामा बसेको नगर कार्यपालिका बैठकले वायु प्रदूषणका साथै कोरोना संक्रमणसमेत बढेको भन्दै अर्को व्यवस्था नभएसम्मका लागि नगर क्षेत्रभित्र डोजर सञ्चालन गरी जग्गा प्लटिङलगायतका कार्य गर्न रोक लगाएको हो ।
त्यसैगरी एक सातासम्म रातको समयबाहेक अन्य समयमा ठूला मालबाहक सवारी साधन पनि चलाउन रोक लगाइएको नगर प्रमुख बस्नेतले जानकारी दिए । मालबाहक ठूला सवारी साधन साँझ ७ देखि बिहान ५ बजेसम्म सञ्चालन हुन् पाउने छन् ।
नगरपालिकाले कार्यपालिकाको निर्णय कडाइका साथ कार्यान्वयन गर्न सबै वडा कार्यालयलाई निर्देशनसमेत दिएको छ । नगरपालिकाले उक्त निर्णय कार्यान्वयनका लागि महानगरीय प्रहरी वृत्त स्वयम्भूलाई पनि अनुरोध गरेको छ ।
वायु प्रदूषण बढेपछि सरकारले चार दिनका लागि शिक्षण संस्था बन्द गरेको छ । शुक्रबारसम्मका लागि शैक्षिक संस्था बन्द गरिएका छन् । वायु प्रदूषणका कारण जनस्वास्थ्यमा प्रतिकूल असर गर्ने भन्दै सरकारले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरेको छ । गत शुक्रबारदेखि धुम्लिएको काठमाडौं उपत्यकाको आकाश अझै खुल्न सकेको छैन । मौसमविद्ले ठूलो हावाहुरी र पानी नपरेसम्म वायुमण्डलमा सुधार नआउने बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशमा संसदीय समिति सभापतिको निर्वाचन शनिबार, आइतबार शपथ
जेठ ३, २०८१ बिहिबार
सीप मेलाको दोस्रो चरण जेठ ६ गतेदेखि सुरु
जेठ ३, २०८१ बिहिबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
कोदोखेतीतर्फ पर्वतका किसानको आकर्षण बढ्दै
जेठ ४, २०८१ शुक्रबार
हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग
जेठ ४, २०८१ शुक्रबार
चिकित्सकको आन्दोलन फिर्ता भएसँगै सेवा सञ्चालन
जेठ ४, २०८१ शुक्रबार
राष्ट्रियसभामा कांग्रेसको अवरोध, बैठक स्थगित
जेठ ४, २०८१ शुक्रबार
प्रधानमन्त्रीले सदनको अवरोधको विषयमा कांग्रेससँग छलफल गर्दै
जेठ ४, २०८१ शुक्रबार