किशोरकिशोरीलाई पैरवीसम्बन्धी चार दिने तालीम
नेपालबहस संवाददाता
चैत १९, २०७७ बिहिबार १४:२०:१५
१९ चैत, सिमकोट । हुम्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकामा युवा तथा किशोर किशोरीलाई पैरवीसम्बन्धी चार दिने तालीम सञ्चालन भएको छ ।
वडा १ देखि ८ सम्म रहेको उक्त गाउँपालिकामा प्रत्येक वडाबाट छनोट गरेर मङ्गलबारदेखि पैरवीसम्बन्धी तालीम शुरु गरेको हो । जिल्लामा कार्यरत संस्था शिशुको आर्थिक सहयोग, मिसन इष्टको प्राविधिक सहयोग र किर्डाक नेपाल र महिला कल्याण सेवाको सहजीकरण तथा गाउँपालिकाको समन्वयमा तालीम सञ्चालन भएको छ । स्थानीय सरकारसँग समन्वय गरेर विभिन्न कार्यक्रम तालीम गोष्ठी गरिरहेका बेला जनचेतनाका लागि सबै वडालाई समेटेर शुक्रबार सम्पन्न हुने गरी तालीम सञ्चालन भएको किर्डाक नेपाल सर्केगाडका परियोजना संयोजक मुनलाल जैसीले जानकारी दिए ।
उक्त तालीमलाई सहजीकरण गर्न समाज कल्याण परिषद्का सदस्य मानुमाया थापा र जलवायु परिर्वतनका लागि नेपाली युवाको सञ्जालका राष्ट्रिय संयोजक श्रेया केसीलाई सर्केगाडमा आमन्त्रण गरी तालीम सञ्चालन भएको संयोजक जैसीले जानकारी दिए । भौगोलिक दृष्टिकोणले पनि निकै कष्टकर रहेको उक्त गाउँपालिकामा काठमाडौँबाट प्रशिक्षकलाई बोलाएर तालीम सञ्चालन गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहुम्लाका तीन बस्ती अन्धकारमा बस्न बाध्य
जेठ १, २०८१ मंगलबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार
कर्णालीका मुख्यमन्त्रीले बोलाए सर्वदलीय बैठक
बैशाख २९, २०८१ शनिबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
जङ्गली जनावरको आक्रमणबाट सातजनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
ऐतिहासिक स्थल पञ्चदेवल
जेठ ४, २०८१ शुक्रबार
जानकी मन्दिरमा भक्तजनहरूको भिड
जेठ ४, २०८१ शुक्रबार
बालबालिकाको सिकाइका क्रममा देखापर्ने कठिनाइ ‘डिस्लेक्सिया रोग होइन, अवस्था हो’
जेठ ४, २०८१ शुक्रबार
कार्तिक आर्यन पहिलो पटक एलियनको अवतारमा
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
संसद भवनमा विपक्षी दल, सिंहदरबारमा सत्ता पक्ष
जेठ ४, २०८१ शुक्रबार