वालिङलाई योग भूमिकोरुपमा विकास गरिनेः नगरप्रमूख खाड
नेपालबहस संवाददाता
चैत १९, २०७७ बिहिबार १६:३८:१२
१९ चैत, वालिङ । स्याङजाको वालिङ नगरपालिकालाई योग भूमिकोरुपमा विकास गरिने भएको छ । वालिङ नगरपालिकाको आयोजनामा भएको प्रवचन कार्यक्रममा बोल्दै नगर प्रमुख दिलीपप्रताप खाँणले वालिङलाई योग भूमिकोरुपमा विकास गर्दै लगिने बताएका हुन् ।
वालिङ नगरभित्रका विद्यालयका शिक्षकहरुका लागि योग सिकाईएको बताउँदै अब विस्तारै विद्यार्थीहरुमा र क्रमशः नगरका प्रत्येक घर–घरमा योगलाई विस्तार गरिने नगर प्रमुख खाँणले बताए ।
आयूर्वेद शिरामणि आचार्य बालकृष्णजी महाराजको जन्मभूमि यहीँ भएको र यो पवित्र भूमिलाई भोलिको तिर्थस्थलकोरुपमा विकास गर्नका लागि सबै जना आ–आफ्नो ठाउँमा लाग्नसकेमा सम्भव रहने धारणा ब्यक्त गरे ।
स्वामी रामदेव र आचार्य बालकृष्णजी महाराजको पदचिन्हलाई पछ्याउँदै अवसरकोरुपमा सदुपयोग गरी अगाडि बढ्नुपर्नेमा जोड दिए । कार्यक्रममा उपप्रमुख कल्पना तिवारीले योगको दर्शनलाई घर घरमा पु¥याउनका लागि नगरबासीको सहयोग आवश्यक रहेको बताएका हुन् ।
कार्यक्रममा पतञ्जलि योग समिति नेपालका केन्द्रीय प्रभारी देवा दिती, पतञ्जलि योग यूवा समिति नेपालका केन्द्रीय प्रभारी देब बिजया, पतञ्जलि योग यूवा समिति नेपालका केन्द्रीय संयोजक लोकनाथ खनाललगायतले आचार्य बालकृष्णजी महाराजले आयूर्वेद तथा योगका क्षेत्रमा गर्नुभएको कार्य संसारभर फैलिरहेको बताउँदै त्यस्ता महान सपूत जन्माउने थलो वालिङ भएकोले यो ठाउँ निक्कै पवित्र र महत्वपूर्ण रहेको धारणा ब्यक्त गरेका थिए ।
नगर प्रमुख दिलीपप्रताप खाँणको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सामाजिक विकास अधिकृत पदमप्रसाद पाण्डेले र स्वागत उपप्रमुख कल्पना तिवारीका थिए । योग शिक्षाको महत्वकाबारेमा बुधबार वालिङमा प्रवचन कार्यक्रम सम्पनन्न गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार
बुल्दीखोलाको स्वरुप फर्काउने प्रयास
बैशाख ३०, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार