महेशपुरमा स्वास्थ्य सहायता कक्ष स्थापना
नेपालबहस संवाददाता
चैत १९, २०७७ बिहिबार २०:३५:४५
१९ चैत,परासी । भारतमा पुन कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि सीमा जोडिएको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)का सीमावर्ती क्षेत्रमा सतर्कता अपनाउन थालिएको छ ।
जिल्लाको मुख्य सीमा नाका महेशपुरलगायत सीमावर्ती क्षेत्रमा भारतबाट आउने नागरिकलाई स्वास्थ्य जाँच गरी निगरानीमा राख्न थालिएको छ । पाल्हीनन्दन गाउँपालिका–१ महेशपुरमा कोरोना भाइरसको सम्भावित जोखिम रोकथाम तथा नियन्त्रणका लागि आजदेखि पुनः स्वास्थ्यसहायता कक्ष स्थापना गरी निगरानी बढाइएको हो । यसअघि गत वर्ष पनि यहाँ स्वास्थ्य सहायता कक्ष स्थापना गरी स्वास्थ्य परीक्षण गरिएको थियो ।
सरकारले बन्दाबन्दी हटाइ जनजीवन सामान्य बनेपछि सहायता कक्ष हटाइएकोमा अहिले सङ्क्रमण बढ्ने जोखिमलाई मध्यनजर गर्दै सीमावर्ती क्षेत्र महेशपुर नाकाबाट भित्रिने नागरिकको स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको गाउँपालिका अध्यक्ष वैजुप्रसाद गुप्ताले जानकारी दिए ।
भारतबाट आउने सबै नागरिकको व्यक्तिगत विवरणसहित स्वास्थ्य जाँच गरिने उनले बताए । “भारतबाट आउने नागरिकको ज्वरो मापन गर्ने, शङ्कास्पद देखिएमा तत्कालै आरडिटी परीक्षण गर्ने र थप उपचार गर्नुपर्ने भए अस्पताल पठाउने गरी व्यवस्था मिलाइएको छ”, उनले भने ।
सहायता कक्षमा गाउँपालिका मातहतका स्वास्थ्य संस्थाबाट प्रत्येक दिन एक जनाको दरले स्वास्थ्यकर्मी खटाइएको गाउँपालिकाका स्वास्थ्य शाखाका सूर्यनारायण चौधरीले जानकारी दिए । कोरोना भाइरसको सङ्क्रमणको बारेमा सचेतना फैलाउन र भारतबाट आउने नागरिकको स्वास्थ्य परीक्षणका लागि सहायता कक्ष सञ्चालन गरिएको बताउँदै प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले मास्क र स्यानिटाइजरको प्रयोग अनिवार्य गर्न आग्रह गरे ।
खुला सीमाका कारण किनमेल र औषधि उपचारका लागि नेपाल–भारत सीमा हुँदै यहाँ दैनिक सयौँ नागरिक ओहोरदोहोर गर्दै आएका छन् । स्वास्थ्य कार्यालयका प्रमुख कृष्णप्रसाद पोखरेलले सहायता कक्षको सञ्चालन र स्वास्थ्य परीक्षणमा सबैको सहयोग आवश्यक रहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुविवाहका आरोपी दाङका पौडेल पुर्पक्षका लागि कारागार चलान
जेठ २, २०८१ बुधबार
कपिलवस्तुमा राष्ट्रिय एकता अभियानको सम्मेलन सम्पन्न
बैशाख ३१, २०८१ सोमबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद
जेठ ४, २०८१ शुक्रबार
आजदेखि संसद भवन वरिपरीका पेटीबाट हिँड्न नपाइने
जेठ ४, २०८१ शुक्रबार
भलिबल खेलाडीलाई सेनाको सहयोग
जेठ ४, २०८१ शुक्रबार
उच्च रक्तचाप नियन्त्रणमा राख्नसके दीर्घकालीन असरबाट बच्न सकिन्छ
जेठ ४, २०८१ शुक्रबार
अवैध सुन नदिने उद्देश्यले लुटिएको नाटक गर्ने व्यक्ति पक्राउ
जेठ ४, २०८१ शुक्रबार
देशभर गर्मी बढेको बढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि
जेठ ४, २०८१ शुक्रबार