कर्णाली प्रदेश पत्रकार महासंघको अध्यक्षमा चारको उम्मेदवारी
नेपालबहस संवाददाता
चैत २०, २०७७ शुक्रबार १४:४१:५
२० चैत, कर्णाली । देशैभरि यही चैत २५ गते एकै दिन हुने नेपाल पत्रकार महासंघको चुनावका लागि कर्णाली प्रदेश समितिमा चार जनाले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । प्रेस युनियन विपुल पोखरेल नेतृत्वको संयुक्त प्यानलमा देवीराम देवकोटा र प्रगतिशील पत्रकारको साझा उम्मेदवार निर्मला शर्मा नेतृत्वको संयुक्त प्यानलबाट विष्णु शर्माले कर्णाली प्रदेश समितिको अध्यक्षमा मनोनयन दर्ता गराएको हो । त्यसैगरी दुवै सङ्गठनबाट नमनकुमार शाही र रत्न कार्कीले पनि अध्यक्षमा उम्मेदवारी दिएको छ ।
त्यसैगरी खुला उपाध्यक्षमा चक्रबहादुर खत्री, नगेन्द्र उपाध्याय र पवित्र शाही, महिला उपाध्यक्षमा कृष्णमाया उपाध्याय र विमला खड्का, महासचिवमा अनन्त बराल, खगेन्द्रप्रसाद भट्टराई र तप्तबहादुर मल्ल, खुला सचिवमा आकाशतारा वयक र दीपक बुढा, समावेशी सचिवमा अशोक राजी, दिनेशकुमार श्रेष्ठ र सन्तोष घर्ती, कोषाध्यक्षमा अशोककुमार सिंह, गणेशकञ्चन भारती र गोविन्द केसीले उम्मेदवारी दिएको प्रदेश निर्वाचन समितिका संयोजक पिताम्बर ढकालले जानकारी दिए ।
त्यस्तै, खुला सदस्यमा १७, महिला सदस्यमा छ, आदिवासी/जनजाति सदस्यमा तीन, दलित सदस्यमा दुई र अल्पसङ्ख्यकमा एकको उम्मेदवारी परेको संयोजक ढकालले जनाए । सात पदाधिकारीको सङ्ख्यामा २० जना र १४ जना सदस्यमा २९ गरी ४९ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहुम्लाका तीन बस्ती अन्धकारमा बस्न बाध्य
जेठ १, २०८१ मंगलबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार