नगर विकासलाई दमौली खानेपानीले रकम भुक्तानी गर्न बाँकी
नेपालबहस संवाददाता
चैत २०, २०७७ शुक्रबार १८:४५:२७
१७ चैत, दमौली । तनहुँको सदरमुकाम दमौलीमा खानेपानी उपलब्ध गराउँदै आएको दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले नगर विकास कोषलाई रु नौ करोडभन्दा बढी रकम भुक्तानी गर्न बाँकी छ । दोस्रो साना शहरी खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत नगर विकास कोषले दमौली खानेपानीलाई ऋण उपलब्ध गराएकामा संस्थाले रु नौ करोड पाँच लाख ३७ हजार २६४ भुक्तानी गर्नुपर्ने देखिएको हो ।
विसं २०७० असार २० गतेको सम्झौताअनुसार नगर विकास कोषले संस्थालाई रु १२ करोड दुई लाख ७७ हजार १७४ ऋण दिएकामा रु दुई करोड ९७ लाख ३९ हजार ९०९ भुक्तान भइसकेको छ । साथै संस्थाले हालसम्मको रु एक करोड ९२ लाख ५२ हजार ७८८ ब्याज भुक्तानी गरिसकेको खानेपानी संस्थाका व्यवस्थापक अमर गिरीले जानकारी दिए । खानेपानी आयोजना निर्माणका क्रममा नेपाल सरकारको ५० प्रतिशतले हुन आउने रु १२ करोड ६७ लाख ३२ हजार २९६, उपभोक्ता संस्थाको रु १२ करोड ६७ लाख ३२ हजार २९६ लगानी गरिएको थियो । त्यसमध्ये पनि रु १२ करोड दुई लाख ७७ हजार १७४ संस्थाले र रु ६४ लाख ५५ हजार १२२ जनताबाट उठाइएको थियो ।
दमौली खानेपानी संस्थाले व्यास नगरपालिका–२, ३ र ४ मा खानेपानी सुविधा उपलब्ध गराउँदै आएको छ । यी तीनवटा वडामा तीन हजार ४०६ निजी धारा र १२० कार्यालय सङ्घसंस्था गरी तीन हजार ५२६ धारा जडान गरिएको छ । आयोजनाको मुख्य स्रोतहरू गुणादी वाराही मूल खानेपानी मुहानदेखि फिल्टर ट्याङ्कीसम्म ९.२ किमी, मादी नदी सम्वेलबाट बाघभञ्ज्याङ फिल्टर ट्याङ्कीसम्म ०.९५ किमी, बाघभञ्ज्याङबाट फिल्टर ट्याङ्कीबाट साँखरसम्म १.१९५ किमी र साँखरबाट शीतलचोक ट्याङ्कीसम्म ०.४४० किमी हुन् । आयोजनाअन्तर्गत दुईवटा इन्टेक, तीनवटा ग्रिट च्याम्वर, पाँचवटा पानीपोखरी, पानी प्रशोधन प्रणाली, २.६३ किमी मुख्य प्रसारण लाइन, ६२ किमी वितरण पाइप सञ्चालनमा रहेको छ ।
मादी नदीबाट पम्पिङ प्रणालीबाट पानी तानेर फिल्टर गरी वितरण गर्ने उद्देश्यसहित विसं २०६९ पुस २० गते चार पक्षबीच सम्झौता भएको थियो । आयोजनाको निर्माण विसं २०७५ असार मसान्तमा सम्पन्न भएको थियो । हाल दमौली बजारमा दैनिक ३१ लाख लिटर पानी आवश्यक पर्ने भए पनि आवश्यकतानुसारको वितरण हुन नसकेको गिरीले बताए । “केही हदसम्म खानेपानीको अभाव हटाउन यस आयोजनाले सहयोग गरे पनि पर्याप्त खानेपानी उपलब्ध गराउन सकिएको थिएन, अझै पनि मालपोत लाइन र देउरालीनगरमा पानी अभाव यथावत छ”, उनले भने, “उक्त क्षेत्रमा सहजरूपमा खानेपानी उपलब्ध गराउन समिति लागिपरेको छ ।”
संस्थाले ० देखि ७ युनिटसम्म न्यूनतम रु १०० महसुल दर निर्धारण गरेको छ । साथै आठदेखि १० युनिटसम्म प्रतियुनिट २५, ११ देखि १५ सम्म प्रतियुनिट रु ३०, १६ देखि २० सम्म प्रतियुनिट ३५, २१ देखि २५ सम्म प्रतियुनिट ४०, २६ देखि ३० सम्म प्रतियुनिट ४५ र ३१ माथि प्रतियुनिट रु ५० कायम गरिएको छ । संस्थाले व्यास नगरपालिका–२, ३ र ४ का सम्पूर्ण क्षेत्रमा खानेपानी सेवा सञ्चालनलाई निरन्तरताका दिनुका साथै गुणादी मुहानलाई व्यवस्थित गर्ने, जनसङ्ख्याको बढ्दो चापलाई मध्यनजर गर्दै बजारमा पर्याप्त खानेपानी उपलब्ध गराउन नयाँ स्रोतको खोजी गर्ने तयारी गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार
बुल्दीखोलाको स्वरुप फर्काउने प्रयास
बैशाख ३०, २०८१ आइतबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
गृहमन्त्रीको विरोधमा संसद भवन अगाडि नेविसंघको प्रदर्शन, ११ जना पक्राउ
जेठ ४, २०८१ शुक्रबार
कोदोखेतीतर्फ पर्वतका किसानको आकर्षण बढ्दै
जेठ ४, २०८१ शुक्रबार
हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग
जेठ ४, २०८१ शुक्रबार
चिकित्सकको आन्दोलन फिर्ता भएसँगै सेवा सञ्चालन
जेठ ४, २०८१ शुक्रबार