स्थानीय तहले बनाए आफ्नै ‘नगर–गान’
नेपालबहस संवाददाता
चैत २०, २०७७ शुक्रबार २०:१९:३७
२० चैत,काभ्रेपलाञ्चोक । बनेपा नगरपालिकाकाले आफ्नो नगर गान र प्रतीक चिह्न (लोगो) को एक साताअघि उपप्रधानमन्त्री ईश्वर पोखरेललाई उद्घाटन गर्न लगाए । नगर जनप्रतिनिधिले निर्वाचित भएको चार वर्षपछि नगर गान र लोगो बनाएका हुन् ।
बनेपा नगरले आफ्नो गीतमा सबै वडाको भूगोल, मठमन्दिर, धर्म–सांस्कृतिक परम्परा, वातावरण, प्राकृतिक सौन्दर्य, व्यापारिक केन्द्र तथा कृषि–सिँचाइलाई समेटिएको र लोगोमा नगरको चर्चित धरोहर चण्डेश्वरी मन्दिरलाई समावेश गराएको छ ।
नगरको ४० औँ दिवसमा गान र लोगो सार्वजनिक गरिएको नगर उपप्रमुख रेखा दाहालले बताईन । उनका अनुसार नगरका कार्यक्रममा नगर गान बजाइनेछ । तीन मिनेट ५४ सेकेन्डको उक्त नगर गानबाट बनेपाको पहिचान फराकिलो हुने विश्वास लिइएको छ । “नगर गानको भिडियो बनाएर बनेपालाई थप प्रचारमा ल्याइनेछ”, दाहालले भनीन् ।
हालसम्म काभ्रेपलाञ्चोकका तीन स्थानीय तहले आफ्नो नगर गान बनाएका छन् । नमोबुद्धले तीन वर्षअघि नै आफ्नै नगर गीत बनाएको थियो । धुलिखेलले भने १० वर्षअघि नै नगर–गीत बनाई बजाउँदै आएको छ । पाँचखालले भने आफ्नै गान बनाउने तयारीमा जुटेको जनाएको छ । १३ स्थानीय तह रहेको काभ्रेपलाञ्चोकको हालसम्म बनेपासहित तीन नगरले नगर गान बनाएका हुन् ।
विगत तीन वर्षदेखि नमोबुद्ध नगरपालिकाले आफ्ना हरेक कार्यक्रमको शुरुआतमा आफ्नो नगर गान बजाउँछ । छ मिनेट २५ सेकेण्डको नगर गान (भिडियो)मा समेत नगरवासी पौरखी भएकाले आफ्नो नगर आफैँ बनाउने र शुद्ध मन भएका नगरवासीले सत्यपूर्वक शिक्षा, स्वास्थ्य, सुशासनमा रही स्थानीय कला, धर्म र संस्कृतिलाई गहना बनाएको छ ।
नगर प्रमुखमा पदबहाली पछि नगर गानको आवश्यकता महसुस गरी शुरुमै निर्माण गरिएको नगरप्रमुख टङ्कप्रसाद शर्माले बताए । “ऐतिहासिक दाप्चा शहर र ऐतिहासिक नमोबुद्ध पर्यटकीयस्थल एवं प्रकृतिको धनी छौँ हामी, यी सबैलाई नगरगानमा समेटेका छौँ”, उनले भने ।
उनका अनुसार ऐतिहासिक पलाञ्चोक भगवतीको माइतीका रूपमा परिचित देवीस्थान र धार्मिक दृष्टिले परिचित काँसीखण्ड पनि यही नगरमा पर्दछ । नमोबुद्धको नगर गान यु–ट्युबमा पनि ‘अपलोड’ गरिएको छ । धुलिखेल नगरको चार मिनेटको नगर गानमा नगर क्षेत्रभित्रका ऐतिहासिकस्थल र पर्यटकीयस्थललाई समेटिएको छ । “हामीले हाम्रो कला, संस्कृति र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले करिब नौ वर्षदेखि यो नगर गान बजाउँदै आएका छौँ”, नगर प्रमुख अशोककुमार ब्याञ्जू श्रेष्ठले भने ।
उनले नगर गानलाई केही परिमार्जित गर्न नगरवासीबाटै लिखितरूपमा सुझाव आएको बताए । उनले भने, “प्रस्ताव आउने क्रम जारी छ, केही समयपछि ‘सर्टिङ’ गरी छनोटको प्रक्रियामा जानेछौँ ।” धुलिखेल आफैँमा पर्यटकीय नगर हो । धुलिखेलको प्राकृतिक सुन्दरता, उत्तरतर्फका हिमालय पर्वत शृङ्खला सजिलै नियाल्न सकिन्छ भने र सुविधाजनक होटल तथा मनोरम दृश्यका कारण निकै चर्चित बनेको र यी विषयलाई परिमार्जित गीतमा थप समेटिने श्रेष्ठले बताए ।
पाँचखाल नपाले पनि हाल आफ्नै नगर गान बनाउने योजना बनाएको छ । “गतवर्ष बनाउने योजनामा थियौँ, कोरोनालगायत कारण त्यता ध्यान दिन पाइएन, अब नगर गान बनाउने विषयमा छलफलमा छौँ”, नगर उपप्रमुख लक्ष्मी दनुवारले भनीन् । उनका अनुसार स्थानीय धार्मिकस्थल, पर्यटकीयस्थल र कृषिलाई जोड दिएर नगर गान (अडियो÷भिडियो) निर्माण गरिनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशमा संसदीय समिति सभापतिको निर्वाचन शनिबार, आइतबार शपथ
जेठ ३, २०८१ बिहिबार
सीप मेलाको दोस्रो चरण जेठ ६ गतेदेखि सुरु
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने
जेठ ४, २०८१ शुक्रबार
मालिक रिसाउनुमा यी ग्रहको भूमिका, जान्नुहोस् हाकिमको स्वभाव
जेठ ४, २०८१ शुक्रबार
कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद, सबैले लिए शपथ
जेठ ४, २०८१ शुक्रबार
आजदेखि संसद भवन वरिपरीका पेटीबाट हिँड्न नपाइने
जेठ ४, २०८१ शुक्रबार
भलिबल खेलाडीलाई सेनाको सहयोग
जेठ ४, २०८१ शुक्रबार
उच्च रक्तचाप नियन्त्रणमा राख्नसके दीर्घकालीन असरबाट बच्न सकिन्छ
जेठ ४, २०८१ शुक्रबार