टोखामा बडुखोला र भण्डारी मूलको पानी
नेपालबहस संवाददाता
चैत २०, २०७७ शुक्रबार २०:२३:३९
२० चैत,काठमाडौं । टोखा नगरपालिकाले बडुखोला र भण्डारी मूलको पानी नगरवासीको घरसम्म पुर्याउने भएको छ । नगर क्षेत्रभित्रका बासिन्दालाई स्वच्छ खानेपानी पुर्याउने लक्ष्यअनुसार टोखा नगरपालिका–१ मा रहेको बडुखोला र भण्डारी मूलको पानीलाई जनताका घरघरमा पुर्याउन लागिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले बडुखोला र भण्डारी मूलको पानीलाई ट्याङ्कीमा जम्मा गरेर घरघर पुर्याउन लागिएको बताए । “बडुखोला र भण्डारी मूलको पानी व्यवस्थित गरेसँगै टोखा वडा नं १, २ र ३ का जनतालाई खानेपानीका लागि सहज हुनेछ”, उनले भने ।
उक्त पानीलाई तारकेश्वर नगरपालिकामा समेत लैजान लागिएको छ । तारकेश्वर नगरपालिकाको उत्तरी क्षेत्रका जनतालाई खानेपानी पुर्याउन लागिएको नगरप्रमुख अधिकारीले बताए । टोखा नगरपालिकाले उक्त पानीलाई टोखा र तारकेश्वरमा लैजानका लागि सर्भेको काम अगाडि बढाएको छ ।
टोखा र तारकेश्वरको उत्तरी क्षेत्रमा पानीको प्रशस्त स्रोत भए पनि दक्षिण क्षेत्रका बासिन्दालाई भने मेलम्ची खानेपानी आयोजनाबाट पानी वितरण गर्न लागिएको छ । गोंगबु, धापासी, नेपालटार क्षेत्रमा मेलम्चीको पानी लैजानका लागि पाइपलाइन खन्ने काम भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशमा संसदीय समिति सभापतिको निर्वाचन शनिबार, आइतबार शपथ
जेठ ३, २०८१ बिहिबार
सीप मेलाको दोस्रो चरण जेठ ६ गतेदेखि सुरु
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
मालिक रिसाउनुमा यी ग्रहको भूमिका, जान्नुहोस् हाकिमको स्वभाव
जेठ ४, २०८१ शुक्रबार
कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद
जेठ ४, २०८१ शुक्रबार
आजदेखि संसद भवन वरिपरीका पेटीबाट हिँड्न नपाइने
जेठ ४, २०८१ शुक्रबार
भलिबल खेलाडीलाई सेनाको सहयोग
जेठ ४, २०८१ शुक्रबार
उच्च रक्तचाप नियन्त्रणमा राख्नसके दीर्घकालीन असरबाट बच्न सकिन्छ
जेठ ४, २०८१ शुक्रबार
अवैध सुन नदिने उद्देश्यले लुटिएको नाटक गर्ने व्यक्ति पक्राउ
जेठ ४, २०८१ शुक्रबार