कैलालीमा इँटाभट्टा उद्योग रुपान्तर कार्य अलपत्र
नेपालबहस संवाददाता
चैत २२, २०७७ आइतबार २३:२३:२८
२२ चैत,कैलाली । कैलालीमा विनादर्ता वर्षौंदेखि सञ्चालनमा रहेका भुसी इँटाभट्टा (उद्योग)लाई दर्ता गरी आधुनिक उद्योगमा रुपान्तरण गर्ने काम अपेक्षाअनुसार अघि बढ्न सकेको छैन । औद्योगिक प्रवद्र्धन बोर्डले गरेको परिपत्रबमोजिम घरेलु तथा साना उद्योग कार्यालयले विगतमा भुसी इँटा उद्योगलाई दर्ता गरी आधुनिक उद्योगमा रुपान्तरण गर्न पहल गरेको थियो ।
यस क्रममा जिल्लाका झण्डै ४५ भुसी इँटा उद्योगका सञ्चालकले उद्योग दर्ताका लागि कार्यालयमा निवेदन दिएका थिए । यीमध्ये ३५ सञ्चालकले अनुमतिपत्र ९लाइसेन्स० लिए पनि अझै धेरैले अनुमतिपत्र नलिइ उद्योग सञ्चालन गर्दै आएको बताइन्छ ।
कार्यालयमा विगतमा कतिपय भुसी इँटा उद्योग दर्ता प्रक्रियामा आए पनि यस्ता केकति उद्योग आधुनिक उद्योगमा रुपान्तरण भए नभएको बारेका जानकारी नभएको कार्यालयका प्रमुख नवराज भट्टले बताए । उनले भने, “स्थानीय तहलाई आफ्नो क्षेत्रमा यस्ता उद्योग दर्ता भए÷नभएको, सञ्चालनको अवस्था र ती उद्योग आधुनिक उद्योगमा रुपान्तरण भए नभएकाबारे कार्यालयलाई जानकारी गराउन पत्र पठाइएको छ ।”
यस्ता उद्योगलाई आधुनिक प्रविधिमा रुपान्तरण गर्न सञ्चालकले त्यति चासो नदेखाएका कारण आधुनिक उद्योगमा रुपान्तरणमा लैजान समस्या देखिएको बताइएको छ । औद्योगिक व्यवसाय ऐन २०४९ मा घरेलु उद्योग स्थापना भएको छ महिनाभित्र दर्ता गरिसक्नुपर्ने, घरेलुबाहेकका अन्य उद्योग दर्ता नगरी स्थापना गर्न नपाइने, सुर्ती, चुरोट र मदिराजन्यजस्ता उद्योग अनुमति लिएर मात्र स्थापनाको प्रक्रिया अघि बढाउनुपर्ने कानूनी व्यवस्था गरिएको छ ।
अवैधरूपमा विनामापदण्ड भुसी इँटा उद्योग जहाँ पायो त्यहीँ सञ्चालन गर्ने प्रवृत्ति बढ्दै जाँदा यी उद्योगबाट आउने धुवाँ धुलोका कारण वातावरण प्रदूषित हुने गरेको जनगुनासो पनि बेलाबखत सुनिने गरेको छ । यद्यपि चिम्नी इँटा उद्योगमा प्रयोग हुने खनिजतत्व कोइला, दाउरा आफूहरूले प्रयोग नगरी केवल जैविक भुसी (धानको भुस) प्रयोग गर्ने गरेकाले यस्ता उद्योगबाट वातावरण प्रदूषण नहुने दाबी भुसी इँटा उद्योगकका सञ्चालकको छ ।
इँटा व्यवसायी संघ कैलालीका अध्यक्ष विनोद साह भने अवैध र निर्वाधरूपमा भुसी इँटा उद्योग सञ्चालन भइरहँदा पनि नियमनकारी निकाय उदासिन बनेको बताउछन् । उनले भने, “उनीहरूले कर पनि तिर्नु पर्दैन, दारु भट्टी चले जस्तै चलिरहेका छन् ।” जिल्लामा झण्डै ६० भन्दाबढी भुसी इँटाभट्टा सञ्चालनमा रहेको अनुमान गरिएको छ । वातावरणीय परीक्षण गरी सञ्चालनमा रहेका आधुनिक प्रविधिका चिम्नी इँटा उद्योगमा वातावरणीय परीक्षणअनुसार काम भए÷नभएकाबारे अनुगमन पनि हुन पनि सकिरहेको छैन ।
जसका कारण कतिपय चिम्नी इँटा उद्योग मानवबस्ती नजिकै सञ्चालनमा आउँदा त्यसबाट आउने धुवाँ, धुलोले मानव बस्तीमा प्रतिकूल प्रभाव पारेको गुनासो आउने गरेको छ । कैलालीमा ४२ सहित सुदूरपश्चिम प्रदेशभर ८० वटा आधुनिक चिम्नी इँटा उद्योग सञ्चालनमा रहेको जनाइएको छ । यी उद्योगमा नेपाली मजदूरका अलावा प्रत्येक उद्योगमा कम्तीमा पनि ३० देखि ४० प्रतिशतका दरले भारतीय मजदूर पनि कार्यरत रहने गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदूरपश्चिम प्रदेशको बजेट ३१ अर्ब ६२ करोड
असार १, २०८१ शनिबार
सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर ३.४१ प्रतिशत हुने अनुमान
जेठ ३२, २०८१ शुक्रबार
कैलालीको रोजगार मेलामा २६ सय बढीले दिए आवेदन
जेठ २९, २०८१ मंगलबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
असार २, २०८१ आइतबार
आज यी चार प्रदेशमा चट्याङसहित वर्षा हुने
असार २, २०८१ आइतबार
राष्ट्रपति पौडेलले गरे जलवायुसम्बन्धी अनुसन्धान केन्द्रहरूको अवलोकन
असार २, २०८१ आइतबार
राष्ट्रिय महाधिवेशनले संघीयता विरोधीलाई जवाफ दिएको छः अध्यक्ष यादव
असार २, २०८१ आइतबार
मापदण्ड पुगेका क्रसर उद्योग नवीकरण र सञ्चालनको वातावरण बनाउन सरकारसँग माग
असार २, २०८१ आइतबार
ललितपुर महानगरको पुँजीगत खर्च ६१ प्रतिशत
असार २, २०८१ आइतबार
पञ्चकोटको विश्वशान्ति कलश निर्माणका लागि ७ करोड संकलन
असार २, २०८१ आइतबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार