आगामी मंसिर या चैत महिना भित्र निर्वाचन हुन्छ : डा. शेखर
नेपालबहस संवाददाता
चैत २८, २०७७ आइतबार २:२८:५३
२८ चैत, काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले आगामी मंसिर या चैत महिना भित्र निर्वाचन हुने ठाेकुवा गरेका छन् । राजनीति गर्ने व्यक्तिमा नैतिकता र सहि संस्कार छैन भने राजनीति नगर्दा हुने उनले बताएका छन् ।
कोइरालाले पछिल्ला दिनहरूमा आफ्नो दिनचर्या नेपाली जनजनका घरघर र टोलटोल पुगेर बिताइरहेका छन् । कोइराला परिवारको बहादुरीपूर्ण उपस्थिति, त्याग र समर्पणको स्मरण गर्दै उनले आफ्नो हजुरआमा अत्यन्तै शाहसी महिला भएको बताएका छन् ।
आफ्नाे बाल्यकालको स्मरण गर्दै डा. शेखरले त्यसबेलाको समयमा छोरी बुहारीहरुलाई पनि पढाउनु पर्छ, घोडा चढनु पर्छ, पुरुष सरह समान जिम्मेबारी बहन गर्न सधैं हौसला प्रदान गर्ने गरेको बताए । उनले आज नेपाली राजनीतिमा कुनै पनि प्रकारको हौसला, शाहस र हिम्मत प्रदान गर्ने नेतृत्व बिस्तारै हराउँदै गएको उल्लेख गरेका छन् ।
गिरिजाप्रसाद कोइराला फाउण्डेशनले कोइरालाको ११ औं स्मृति दिवशको अवसर पारेर आज पोखरामा आयोजना गरेको नेपालको शान्ती प्रकृयामा गिरिजाप्रसाद कोइरालाको भूमिका बिषयक फोटो प्रदर्शनी तथा विचार गोष्ठिमा बोल्दै कांग्रेसका भावी सभापतिका दावेदार डा. शेखरले राजनीतिमा सधैं संस्कार र नैतिकता हुनु पर्ने कुरामा जोड दिए ।
राजनीति गर्ने व्यक्तिमा नैतिकता र सहि संस्कार छैन भने राजनीति नगरे हुन्छ, उनले भनेका छन् “नेपाली कांग्रसको संगठन भित्र अहिले नैतिकताको खडेरी परिरहेको छ ।” यो कुरा देख्दा अत्यन्तै दुःखदायी महशुस हुने गरेको बताउँदै कोइरालाले अबको महाधिवेशनबाट आउने नेपाली कांग्रेसको नयाँ नेतृत्व राजनैतिक संस्कार र राजनैतिक नैतिकतामा ईमान्दार रहने कुरासमेत प्रष्ट पारे ।
हामी नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी हो भनेर अरुलाई दुहाई त दिन्छौ तर हामी आफै कति लोकतन्त्रबादी छौं ? भन्ने प्रश्न गर्दै अरुलाई उपदेश दिनु भन्दा पहिला आफै उदाहरणीय हुनुपर्ने कुरामा उनले स्पष्ट पारे । “तपाई हामी कस्तो व्यबहार गरिरहेका छौ ? त्यो व्यबहार नै वास्तबमा लोकतान्त्रिक बिधि या पद्धतिसँग मेल खाने छ कि छैन ? आफैले बुझ्न र सहि आचरण र नैतिकता देखाउन सक्नु पर्छ ।”
क्रान्ति नायक स्व. गिरिजाप्रसाद कोइरालाको स्मरण गर्दै डा. शेखरले भने, “अहिले गिरिजाबाबु हुनुहुन्थ्यो भने संसदलाई यति लामो समयसम्म अनिर्णयको बन्दी बन्न दिनु हुन्नथ्यो । माओवादी केन्द्र र जसपालाई मिलाएर ओली सरकारलाई बहिर्गमन गराउँदै उसले गरेको अलोकतान्त्रिक र असंम्बैधानिक कदमको उचित उत्तर दिईसक्नुहुन्थ्यो ।” वर्तमान ओली सरकार जति बढी समयसम्म चल्छ त्यति नै बढी अधिनायकवाद र अलोकतान्त्रिक गतिबिधिहरु हुदै जाने भएकोले यो सरकारलाई धेरै अघिनै परिवर्तन गर्नुपर्छ भनेर हामीले भनेका हौं तर यत्तिका दिनसम्म स्वयं नेपाली कांग्रेसले कुनै पहल नगरेकोमा आक्रोस व्यक्त गरे ।
डा. शेखरले हिजो ३ दलको बैठक बसेको प्रति लक्षित गर्दै भने, “हिजो ३ दलको बैठक बस्यो, निर्णय के भयो त्यो त थाहा भएन । बैठक बस्यो त सहि भयो भन्दै हिजोको बैठक संसद पुर्नस्थापना भएको भोलीपल्टै बस्नु पथ्र्यो । आफु लगायत केही नेताले तत्काल बैठक बसेर निर्णय गर्नुपर्छ भनेर भनेको भन्दै ओलीजिलाई आफ्नै नेतृत्वमा चुनाव गरौं भन्ने चाहना होला, त्यो ओलीजीको तर्फबाट हेर्दा एकहदसम्म सहि पनि छ तर नेपाली कांग्रेसले किन तत्काल आफ्नै नेतृत्वमा सरकार बनाएर निर्वाचनमा जाँउ भनेर भन्न सकेन ?” भन्ने कुरा चाँहि अहम प्रश्न भएको बताए ।
नेपाली कांग्रेसको बर्तमान नेतृत्वप्रति लक्षित गर्दै उनले भने, नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक पार्टी अहिले पनि मुखमा ताला लगाएर बसेको छ । हामी संसदमा बोल्दैनौं, सडकमा त निस्कनै छाडिसक्यौं, अनि हामी नै भन्छौं कांग्रेसको हातमा सरकार आउँछ भनेर, यो कसरी संभव हुन्छ ?
वर्तमान ओली सरकारको असंबैधानिक कदमका बिरुद्धमा गरेको शशक्त आन्दोलनको स्मरण गर्दै कोइरालाले भने “हामीले संबिधान बचाउन संसद पुर्नस्थापनाका लागि लड्यौं । तर संसद पुर्नस्थापना पछि पनि संसदलाई झनै अनिर्णयको बन्दी बनाईदैछ । संसदमा बिजनेश नै छैन भन्ने कुरातर्फ ईगिंत गर्दै कोइरालाले सभामुखसँग बिजनेश छ तर किन दिन सक्दैनन ? उपसभामुखको निर्वाचन प्रकृया अघि बढाउन के ले रोक्यो ? मलाई त यो सबै एमाले र माओवादी केन्द्रकै भित्री साँठगाँठमा त भैरहेको छैन ? भन्ने आशंका लागिरहेको छ भन्दै कतै पुनः एमाले र माओवादी केन्द्र बीच गठबन्धन त हुँदै छैन ? मलाई शंका लाग्न थालेको छ ।”
देशको वर्तमान राजनैतिक परिवेश अत्यन्तै जटिलता तर्फ अघि बढीरहेको तर्फ चिन्ता व्यक्त गर्दै उनले वर्तमान ओली सरकार साईबर सेना चलाउन अध्यादेश ल्याउन तम्तयार रहेको बताउँदै वर्तमान कांग्रेस नेतृत्व अख्तियारमा एक जना, मानव अधिकार आयोगमा एक जना, अन्य आयोगका सदस्यमा केहि आफ्नाे मान्छे पर्यो भनेर चुप लागेर बस्ने अवस्था देखिए पछि नेपाली कांग्रेसले कसरी शसक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न सक्छ र ? त्यो भन्दा लाचारी र कमजोरी के हुन सक्छ ? त्यसैले गर्दा अहिले नेपाली कांग्रेसलाई कमजोर बनाउदै लगिरहेको बताए ।
नेपाली कांग्रेसको सरकार आए पछि वर्तमान सरकारले गरेका अलोकतान्त्रिक नियुक्तिहरु बदर गरिन्छ, गर्नुपर्छ भन्दै डा. शेखरले वर्तमान सरकारले अध्यादेश मार्फत गरिएका सबै निर्णयहरु बदर हुन्छ, हुन्छ । एक अर्को प्रसंगमा नेता कोइरालाले अबको राजनैतिक निकास भनेकै अर्ली ईलेक्सन भएको उल्लेख गरे । लेखेर राख्नुस् आगामी मंसिरमा या त चैत्र महिना भित्रमा निर्वाचन हुन्छ, हुन्छ, हुन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रपति पौडेलले गरे जलवायुसम्बन्धी अनुसन्धान केन्द्रहरूको अवलोकन
असार २, २०८१ आइतबार
राष्ट्रिय महाधिवेशनले संघीयता विरोधीलाई जवाफ दिएको छः अध्यक्ष यादव
असार २, २०८१ आइतबार
निर्वाचन आयुक्तमा कृष्णमान प्रधानको नाम सिफारिस
असार २, २०८१ आइतबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
असार २, २०८१ आइतबार
आज यी चार प्रदेशमा चट्याङसहित वर्षा हुने
असार २, २०८१ आइतबार
राष्ट्रपति पौडेलले गरे जलवायुसम्बन्धी अनुसन्धान केन्द्रहरूको अवलोकन
असार २, २०८१ आइतबार
राष्ट्रिय महाधिवेशनले संघीयता विरोधीलाई जवाफ दिएको छः अध्यक्ष यादव
असार २, २०८१ आइतबार
मापदण्ड पुगेका क्रसर उद्योग नवीकरण र सञ्चालनको वातावरण बनाउन सरकारसँग माग
असार २, २०८१ आइतबार
ललितपुर महानगरको पुँजीगत खर्च ६१ प्रतिशत
असार २, २०८१ आइतबार
पञ्चकोटको विश्वशान्ति कलश निर्माणका लागि ७ करोड संकलन
असार २, २०८१ आइतबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार