आगलागी पीडित पालमुनी रात बिताउन बाध्य
नेपालबहस संवाददाता
बैशाख २, २०७८ बिहिबार १८:३१:४६
२ वैशाख,डोटी । सामुदायिक वनमा लागेको डडेलो पसलमा पस्दा आगलागीमा परेर घरवारविहीन भएका पीडितको पालमुनी बास भएको छ । सुदूरपश्चिम प्रदेशको सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका–२ भट्टी बजारमै पालको टहरो बनाइ रात बिताउन बाध्य छन्, उनीहरु ।
सामुदायिक वनमा लागेको आगो एकाएक जोरायल गाउँपालिका–२ भट्टी बजारमा मङ्गलबार राति आउँदा त्यहाँका तीन पसल जलेर नष्ट भएका थिए । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायक उपरीक्षक ईन्द्रबहादुर मल्लका अनुसार आगलागीबाट स्थानीय होटल सञ्चालक नवलसिंह परियारको एक भान्सा, एक होटेल तथा उहाँकी छोरी दुर्गा दमाइँको एक पसल जलेर नष्ट भएको छ ।
नेपाल रेडक्रस सोसाइटी बुडर शाखाले उपलब्ध गराएको पालको छानो बनाएर उनीहरु रात बिताउन बाध्य भएका जोरायल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक प्रमिला जोशीले बताईन । उनले भनीन्, “आगलागी पीडित तीन दिनदेखि सडकमै पाल टाँगेर बसेका छन्, उनीहरुलाई खान, बस्न, सुत्नमा समस्या छ, राहतका लागि पहल हुनसकेको छैन् ।” आगलागीका कारण कम्तीमा पनि ३० लाख बराबरको पक्की घरसहित अन्य सम्पत्ती क्षति भएको बताइएको छ ।
यहाँका सामुदायिक वनमा लागेको आगो एकाएक भीमदत्त राजमार्ग नजिकै रहेको भट्टी बजारमा आउँदा आगलागी भएको हो । आगलागीका कारण उनीहरुका होटेल तथा पसलमा भएका सम्पूर्ण सामान जलेर पूर्णरुपमा नष्ट भएका छन् । पछिल्लो एक महिना अघिदेखि यहाँका सामुदायिक वनमा लागेको आगो अहिलेसम्म पनि नियन्त्रणमा आउन नसक्दा गाउँघरमा आगलागी हुन थालेको छ । आगलागीबाट खाद्यान्नसहित लुत्ताकपडा जलेर नष्ट भएपछि स्थानीयवासी र छिमेकीहरुले पीडितहरुलाई अहिले राहतस्वरुप खाद्यान्न तथा लत्ताकपडा दिन थालेको भए पनि सरकारी निकयबाट राहतका लागि कुनै पनि पहल नभएको स्थानीयवासी तथा रेडियो घण्टेश्वर एफएमका स्टेशन मेनेजर शिव ओली बताउछन् ।
उनले भने, “वैशाख महिनाको टन्टालापुर घाममा पीडित खुला सडकमा पाल टाँगेर बसेका छन्, केही स्थानीयवासीले खानलाई दिए पनि सरकारी निकायबाट राहतका लागि कुनै पहल भएको छैन, जो आफैमा दुःखको कुरो हो ।” जिल्लास्थित एक दर्जन सामुदायिक वनमा लागेको डढेलो अझै निभाउन सकिएको छैन् । यहाँका नौवटै स्थानीय तहमा रहेका सामुदायिक वनमा एक महिना पहिलेदेखि लागेको डढेलो निभाउन नसकिँदा यहाँका गाउँ उच्च जोखिममा पर्नुका साथै ती वनमा नयाँ पलाउन लागेका बिरुवा जलेर पनि नष्ट भएका छन् ।
यहाँका दिपायल सिलगढी, पूर्वीचौकी, केआइसिंह, जोरायल, बडिकेदार, बोगटान फुड्सिल, सायल, आदर्श तथा शिखर नगरपालिकाको लेकाली क्षेत्रका जङ्गलमा लागेको डढेलो अझै निभाउन नसक्दा सयौँ हेक्टर वन नष्ट हुनुका साथै आगो गाउँ बस्तीमा आउन थालेको दिपायल सिलगढी नगरपालिका– ६ की स्थानीय ऐश्वर्या विष्टले जानकारी दिईन । उनका अनुसार पानी नपर्दा सुख्खायामले जङ्गलमा आगलागी भएको छ, सयौँ हेक्टर जमीन तथा नयाँ उम्रिएका बिरुवा र बहुमूल्य जडीबुटी सबै जलेर नष्ट भएका छन् । स्थानीयवासीका अनुसार जङ्गल क्षेत्रका दर्जनौंँ सामुदायिक वनमा डढेलो दिनहुँ बढ्दै गइरहेको छ ।
डिभिजन वन कार्यालय तथा यहाँका सामुदायिक वनले ठोस पहल चाल्न नसकेका कारण डढेलो निभाउन नसकिएको स्थानीयवासीको आरोप छ । जिल्लामा करीब ३५० सामुदायिक वन छन् । यहाँका सामुदायिक वन प्रायः गाउँ घरसँग जोडिएकाले ती वनमा फैलिएको आगो गाउँमा आउन थालेकाले अब गाउँ नै जोखिममा पर्न थालिएकाले स्थानीयवासीमा चिन्ता थपिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमालेले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने
जेठ २, २०८१ बुधबार
सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३४ प्रतिशत बजेट खर्च
जेठ १, २०८१ मंगलबार
मुक्तकमैयाका लागि स्वरोजगारको आधार बन्यो ‘ब्याण्डबाजा’
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
देशभर गर्मी बढेको बढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि
जेठ ४, २०८१ शुक्रबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
भारतको राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षकमा गौतम गम्भीरको सम्भावना कति ?
जेठ ५, २०८१ शनिबार
प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिमा तमासा देखाउनुभोः नेपाल
जेठ ५, २०८१ शनिबार
गर्मीमा खानुहोस् यी फलफूल, पेट र दिमाग दुवै चिसो हुनेछ
जेठ ५, २०८१ शनिबार
सुबोध आचार्य एक दक्ष सर्प उद्धारकर्ता ( फाेटाे फिचर )
जेठ ५, २०८१ शनिबार