लागुऔषध कारोवार नियन्त्रणमा सक्रिय प्रहरी
नेपालबहस संवाददाता
बैशाख ७, २०७८ मंगलबार १९:५८:२७
७ वैशाख,महेन्द्रनगर । सात वर्षअघि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा लागुऔषधका २३ वटा मुद्दा दर्ता थिए । आर्थिक वर्ष २०७०÷७१ सालमा सबैभन्दा बढी ११ किलोग्राम चरेश प्रहरीले बरामद गरेको तथ्याङ्क पनि छ । चरेश, नाइट्रोभेटलगायतका लागुऔषधको कारोवारी र प्रयोगकर्ता पक्राउ पर्ने गरेको विगतको तथ्यभन्दा यहाँ खैरो हिरोइन जस्तो उच्चकोटीको लागुऔषध सेवनकर्ता बढ्नुका साथै भारतबाट यसको आयात पनि बढेको प्रहरी भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले पछिल्लो केही समययता जिल्लामा लागुऔषधको कारोवारको जालो भत्काउन प्रहरी सक्रिय भएर लागेको बताए । चालू आवको चैत महीनासम्मको तथ्याङ्कअनुसार प्रहरीले ४२५ ग्राम ५२० मिलिग्राम खैरोहिरोइन बरामद गरिसकेको छ । अरु लागुऔषधभन्दा आर्थिकरुपले पनि महङ्गो पर्ने खैरो हिरोइन सेवन गर्नेमा युवापुस्ता बढी संलग्न देखिएको छ ।
उनका अनुसार खैरोहिरोइनमा प्रहरीले केही महीनायता मात्रै १२२ लाई नियन्त्रणमा लिएर कारवाही थालेको छ । “अहिले ७४ वटा मुद्दा प्रहरीमा दर्ता भएर कानूनी कारवाहीको प्रक्रियामा छन्”, उनले भने, “खैरोहिरोइन मुद्दामा ७ जना भारतीय नागरिक पनि प्रहरी कारवाहीमा छन् ।” प्रहरीले भारतबाट लुकिछिपी कञ्चनपुरको बेलौरी, बेल्डाँडी र पुर्नावास क्षेत्रबाट बढी आयात हुने गरेको जनाएको छ । “हामीले लागूऔषधमा कारबाही र समुदायमा सचेतना फैलाउने कार्यक्रम सँगसँगै थालेका छौँ”, उहाँले भन्नुभयो, “यो बीचमा भारतका लागुऔषध पैठारी गर्ने गिरोहका नाइके पनि पक्राउ परेका छन् ।”
केही महीनाअघि प्रहरीले बेलौरी नगरपालिकामा भारतबाट खैरोहिरोइनसहित नेपालतर्फ आइरहेका भारतीय युवकलाई गोली हानेर हत्यासमेत गरेको थियो । “गस्तीमा रहेको प्रहरीमाथि फाइरिङ गरेपछि जवाफी फायरमा भारतीय तस्करको मृत्यु भएको हो”, उनले भने, “अझै पनि सीमाक्षेत्रमा लागुऔषधको तस्करी गर्ने गिरोह पक्राउपर्ने क्रम जारी छ ।” प्रहरीका अनुसार एक ग्राम खैरोहिरोइनमा २० खुराक ९डोज० हुने गर्छ ।
प्रहरीले मुद्दा चलाएका अधिकांश लागुऔषध कारोवारमा संलग्न अभियुक्त पुर्पक्षका लागि कारागार चलान भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । “अहिले लागुऔषध नियन्त्रणका लागि प्रहरीले विद्यालयदेखि समुदायस्तरसम्म सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ”, प्रवक्ता थापाले भने, “लागुपदार्थको लतमा महिला पनि देखिएका घटनाहरु पनि छन् ।”
उनले लागुऔषध मुद्दामा अभियुक्त पक्राउ पर्दा जिल्ला कारागारमा चाप बढेको बताए । “९५ जना राख्ने क्षमता भएको कारागारमा ४१७ जना कैदीबन्दी पुगेका थिए”, उनले भने, “३९ जनालाई तुलसीपुर कारागार स्थानान्तरण गरिएको छ ।” नेपाल–भारत सिमाना क्षेत्रमा दुवै देशका तस्करको मिलेमतोमा यहाँ खैरोहिरोइन आयात हुने गरेको प्रहरी निष्कर्ष छ । यहाँबाट आयात गरिएको लागुपदार्थ सुदूरपश्चिमका पहाडी जिल्लामा समेत निर्यात गर्ने सञ्जाल रहेको प्रहरी अनुसन्धानमा देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमालेले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने
जेठ २, २०८१ बुधबार
सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३४ प्रतिशत बजेट खर्च
जेठ १, २०८१ मंगलबार
मुक्तकमैयाका लागि स्वरोजगारको आधार बन्यो ‘ब्याण्डबाजा’
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
देशभर गर्मी बढेको बढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि
जेठ ४, २०८१ शुक्रबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
भारतको राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षकमा गौतम गम्भीरको सम्भावना कति ?
जेठ ५, २०८१ शनिबार
प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिमा तमासा देखाउनुभोः नेपाल
जेठ ५, २०८१ शनिबार
गर्मीमा खानुहोस् यी फलफूल, पेट र दिमाग दुवै चिसो हुनेछ
जेठ ५, २०८१ शनिबार
सुबोध आचार्य एक दक्ष सर्प उद्धारकर्ता ( फाेटाे फिचर )
जेठ ५, २०८१ शनिबार