जोखिम बढ्दै गएपछि कैलालीमा आशिंक निषेधाज्ञा
नेपालबहस संवाददाता
बैशाख ७, २०७८ बुधबार १:५२:७
७ वैशाख, धनगढी । कैलाली काेराेना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि कैलालीमा स्थानीय प्रशासनले आशिंक रूपमा निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रशाद रिजालको अध्यक्षतामा बसेको संकट व्यवस्थापन केन्द्रको बैठकले विभिन्न क्षेत्रमा रोक लगाएको हो ।
जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीकाअनुसार जिल्लाको धनगढी उपमहानगरपालिकाका सम्पूर्ण विद्यालय बन्द हुनेछन्, भने अन्य स्थानीय तहलाई पनि १० दिनसम्म विद्यालय बन्द गर्न आग्रह गरिएको छ । सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, दोहोरी, नाचघर, क्लव, हेल्थक्लव, जिमखाना, स्वीमिङ फुल, हाटबजार, फुटसल बन्द गर्न आदेश दिइएको सूचना अधिकारी जोशीले बताए ।
उनकाअनुसार सभा, सम्मेलन र जुलुस गर्न बैशाख मसान्तसम्म रोक लगाइएको छ । मठ, मन्दिर, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा जनस्वास्थ्यको मापदण्ड पूरागरी नित्य पूजा, ध्यान र प्राथना मात्रै गर्न पाइने भएको छ ।
यस्तै सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, सहकारीलगायतका संघसस्था विद्युतीय माध्यमबाट सञ्चाल न गर्ने र सम्भव नभए जनस्वास्थ्यको मापदण्ड पूरागरी सञ्चालन गर्न निर्देशन दिइएको छ । आदेशको अवज्ञा गरे संक्रामक रोग २०२० अनुसार कारबाही हुने आदेशमा भनिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीरम इन्स्टिच्युटले भन्यो: डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ
बैशाख २७, २०८१ बिहिबार
एस्ट्राजेनेकाले विश्वभरबाट कोरोना भाइरसको खोप फिर्ता लिँदै
बैशाख २६, २०८१ बुधबार
बढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
देशभर गर्मी बढेको बढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि
जेठ ४, २०८१ शुक्रबार
भारतको राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षकमा गौतम गम्भीरको सम्भावना कति ?
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिमा तमासा देखाउनुभोः नेपाल
जेठ ५, २०८१ शनिबार
गर्मीमा खानुहोस् यी फलफूल, पेट र दिमाग दुवै चिसो हुनेछ
जेठ ५, २०८१ शनिबार
सुबोध आचार्य एक दक्ष सर्प उद्धारकर्ता ( फाेटाे फिचर )
जेठ ५, २०८१ शनिबार