परीक्षा स्थगनको माग गर्दै सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा तालाबन्दी
नेपालबहस संवाददाता
बैशाख ११, २०७८ आइतबार ३:१:९
११ वैशाख, कञ्चनपुर । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा परीक्षा स्थगनको माग गर्दै विद्यार्थीले आज तालाबन्दी गरेका छन् । कोरोना भाइरस सङ्क्रमणमा विश्वविद्यालयले जबर्जस्ती परीक्षा सञ्चालन गर्न लागेको भन्दै विद्यार्थी सङ्गठनले केन्द्रीय कार्यालय, परीक्षा नियन्त्रकको कार्यालयलगायतमा तालाबन्दी गरेका हुन् । विश्वविद्यालयका पदाधिकारीसित पटक–पटक गरिएका छलफल सार्थक नभएपछि तालाबन्दी गर्नुपरेको अनेरास्ववियुका विश्वविद्यालय कमिटी अध्यक्ष रोहित गजुरेलले बताए ।
अनेरास्ववियु अध्यक्ष गजुरेलसहित नेपाल विद्यार्थी संघका विक्रम बुढा, अखिल ‘क्रान्तिकारी’का गणेशराज मिश्रा, अखिल ‘क्रान्तिकारी’का अध्यक्ष नागेन्द्र जोशी, अखिल छैटौँका दीपेन्द्र कार्की र वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठनका अध्यक्ष शङ्कर बोहराले शनिबार विज्ञप्ति प्रकाशित गरी कोरोना महामारीका बेला परीक्षा सञ्चालन कार्य रोक्न विश्वविद्यालयसँग माग गरेका छन् ।
विश्वविद्यालयले वैशाख १६ गतेदेखि परीक्षा सञ्चालनको तयारी गरेको छ । विद्यार्थीले कोरोना महामारीमा परीक्षा सञ्चालन गर्न स्वास्थ्य जोखिम हुने भन्दै रोक्न माग गरेका छन् । कोरोनाको संक्रमित विद्यार्थी, कर्मचारीलगायतको स्वास्थ्य सुरक्षा, क्वारेन्टिन र आइसोलेसनको यथाशीघ्र व्यवस्थापन गर्नसमेत उनीहरुले माग गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपथपलिया पूर्वाञ्चल र गौतम मध्यपश्चिको उपकुलपति
बैशाख १८, २०८१ मंगलबार
त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिममा २० जना सहभागी
बैशाख १३, २०८१ बिहिबार
मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा, खड्का, गौतम र सिंहको नाम सिफारिस
बैशाख ७, २०८१ शुक्रबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
कति छ नरेन्द्र मोदीको सम्पत्ति ?
जेठ २, २०८१ बुधबार
भरतपुरको छ लेन सडक निर्माण ८५ प्रतिशत सम्पन्न
जेठ २, २०८१ बुधबार
निर्वाचन आयोगविरुद्ध दायर रिट न्यायाधीश विनोद शर्माको इजलासमा
जेठ २, २०८१ बुधबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार