यसपटकको प्रजाति निकै संक्रामक र घातक छ, कमजोर ठान्नु मूर्खता हुनेछ – डा.पाण्डे
नेपालबहस संवाददाता
बैशाख १४, २०७८ मंगलबार १४:४९:५
१४ बैशाख, काठमाडौं । जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डेले यसपटकको कोभिड १९ कोरोना प्रजाति निकै संक्रामक र घातक रहेको भन्दै लकडाउन परिणामुखी बनाउन १२ सुझाव दिएका छन् । कोरोना महामारीको दोस्रो लहरलाई गत सालको जस्तो कमजोर ठान्नु मूर्खता हुने उनले उल्लेख गरेका छन् ।
चिकित्सक पाण्डेले फेसबुकमा लेखेका छन्, “कोरोना महामारी नियन्त्रणबाहिर जाँदैछ । महामारी कुन स्तरमा छ भन्ने कुरा देशका अस्पताल हेरे थाहा हुन्छ । आम नागरिकले बेड, अक्सिजन, आईसीयू तथा रेम्डेसिभिरलगायत औषधि पाउन मुस्किल भएको छ । कोरोना महामारीको दोस्रो लहरलाई गत सालको जस्तो कमजोर ठान्नु मूर्खता हुनेछ ।
हामीले गल्तीमाथि गल्तीका चाङ थप्दै नगएको भए यो अवस्था आउने थिएन । हरेक समस्याका समाधान हुन्छन् । समाधान रूखबाट झर्दैन । यसका लागि मनैदेखि लाग्नुपर्छ । सरकार तथा हामी नागरिकले युरोप, अमेरिका, अस्ट्रेलिया, भारतलगायत मुलुकमा दोस्रो लहर आउँदा नेपालमा पनि आउँछ भन्ने कुरा बुझ नपचाएको भए जनस्वास्थ्यका मापदण्ड पालना गराउने/गर्ने गर्थ्यौं ।
१ वर्षको अन्तरालमा हामी भुटान, भियतनाम, कम्बोडियालगायत देशमा जस्तै दैनिक गतिविधि गर्न सक्थ्यौं । नेपालमा यो अवस्था आउनाको प्रमुख कारण आम नागरिकको लापरबाही र जनस्वास्थ्य मापदण्ड पालना गराउन गृह मन्त्रालयलाई सक्रिय गराउन नसक्नु हो । सबैले राजनीति खाने, राजनीति सुत्ने अनि राजनीतिका गफ गर्ने देश संसारमा हाम्रो मात्रै होला ।
अब हामीसँग विकल्प साँघुरा हुँदैछन् । आम नागरिकको जीवनभन्दा ठूलो केही हुँदैन । त्यो पर्नेलाई थाहा हुन्छ । १५ दिन पहिले गर्नुपर्ने लकडाउन अब हुँदैछ । गत सालको जस्तो कर्मकाण्डी लकडाउन गर्ने हो भने कुनै अर्थ छैन ।
१. २-३ दिनको समय दिएर आफ्नो घर जाने वातावरण तयार गर्नुपर्छ |
२. लकडाउन केवल ३ हप्ता गर्नुपर्छ | २० दिन पनि हैन, २२ दिन पनि हैन | ३ हप्ता भित्री बस्ती, गल्ली, चोक, बजार सबैतिर ब्यापक प्रहरी परिचालन गर्ने, माइकिंग गर्ने, पर्चा छर्ने, लापरबाही गर्नेलाई जरिवाना गर्ने काम ब्यापक गर्नुपर्दछ |
३. त्यो ३ हप्ताको नेतृत्व गृह मन्त्रालयले लिनुपर्दछ |
४. स्वास्थ्य मन्त्रालयले ३ हप्तामा परीक्षणको दायरा ब्यापक रुपमा फराकिलो गर्ने, अक्सिजन प्लान्ट थप्ने, मर्मत गर्ने, अक्सिजन सिलिन्डरको स्टक कायम राख्ने, अस्पतालका कोभिड बेड बढाउने, आइसीयु थप्ने, अक्सिजन बेड थप्ने, आइसीयु तथा भेन्टिलेटर अपरेट गर्न स्वास्थ्यकर्मी तथा चिकित्सकलाई तालिम दिने, अत्यावश्यक औषधि स्टक राख्ने, महामारी कम भएका जिल्लाका उपकरण तथा जनशक्ति महामारी बढी भएका क्षेत्रमा परिचालन गर्ने, आइसोलेसन केन्द्र थप्ने लगायतका काम गर्नुपर्दछ |
एक वर्षको अन्तरालमा हामी भुटान, भियतनाम, कम्बोडियालगायत देशमा जस्तै दैनिक गतिविधि गर्न सक्थ्यौं। नेपालमा यो अवस्था आउनाको प्रमुख कारण आम नागरिकको लापरबाही र जनस्वास्थ्य मापदण्ड पालना गराउन गृह मन्त्रालयलाई सक्रिय गराउन नसक्नु हो। सबैले राजनीति खाने, राजनीति सुत्ने अनि राजनीतिका गफ गर्ने देश संसारमा हाम्रो मात्रै होला।
५. सुचना तथा संचार र शिक्षा मन्त्रालयले जनाचेताको लागि कार्यक्रम उत्पादन तथा प्रसारण / प्रकाशन गर्ने |
६. परराष्ट्र मन्त्रालयले खोपको लागि चीन, रुस, कोभ्याक्ससंग कुटनैतिक पहल गर्ने तथा भारत लगायत देशमा फसेका नेपालीको उपचार र उद्दारको लागि पहल गर्ने गर्नुपर्दछ |
७. मेडियाले खाली सडक र बन्द सटर देखाउने होइन, भित्री बस्ती / गल्ली / चोक आदिमा आवतजावत कस्तो छ ? प्रहरी परिचालन कस्तो छ ? त्यसको निगरानी राख्ने |
८. सबै मन्त्रालय, प्रदेश सरकार र स्थानीय निकायसंग समन्वय गरेर काम गर्ने |
९. सीमानाका पूर्ण रुपमा शिल गर्नुपर्दछ |
१०. आम नागरिकले सरकारले जारी गरेका निर्देशन पालना गर्ने, लकडाउनको समयमा घरभित्र बस्ने, सामान किन्न निस्कँदा अनिबार्य रुपमा सहि तरिकाले मास्क लगाउने, भीडभाड नगर्ने गर्नुपर्दछ |
११. सामाजिक संस्था, टोल सुधार समिति, क्लब, वडा आदिले आफ्नो क्षेत्रमा अनुगमन र जनचेतना फैलाउने काम गर्नुपर्दछ |
१२. यसो गरेमा ३ हप्तामा संक्रमित कि घरमै ठिक हुन्छन् , कि अस्पताल जान्छन् | तर समुदायमा संक्रमण सार्न सक्दैनन् | यो कडाइले अहिलेसम्मको संक्रमण सेटल हुन्छ | ३ हप्तापछि आवतजावत नियमन गर्ने, जनस्वास्थ्यका मापदण्ड पालना गराउने, दण्ड जरिवानाको ब्यबस्था गर्ने तथा कडाइलाई कायम गर्ने गर्नुपर्दछ |
यो पटकको लकडाउन छोंटो, कडा र परिणाममुखी बनाउन सबैले हातेमालो गरौँ | यसपटकको प्रजाति निकै संक्रामक र घातक छ | १ जनाले पनि नजरअन्दाज नगरौं |
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीरम इन्स्टिच्युटले भन्यो: डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ
बैशाख २७, २०८१ बिहिबार
एस्ट्राजेनेकाले विश्वभरबाट कोरोना भाइरसको खोप फिर्ता लिँदै
बैशाख २६, २०८१ बुधबार
बढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
बैशाख २७, २०८१ बिहिबार
भोलिबाट सुरु हुने संसद अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाउँदै कांग्रेस
बैशाख २७, २०८१ बिहिबार
चालकको लापरबाहीका कारण गण्डकीमा बर्सेनि बढ्दै सवारी दुर्घटना
बैशाख २७, २०८१ बिहिबार
मारवाडी क्रिकेट लिगः वीरगञ्ज ब्लास्टर र लुम्बिनी लायन्स विजयी
बैशाख २७, २०८१ बिहिबार
दार्चुलामा चट्याङ लागेर एक बालिका घाइते, तीन पशु मरे
बैशाख २७, २०८१ बिहिबार
मधेश प्रदेशमा १० महिनामा आगलागीबाट १९ जनाको मृत्यु
बैशाख २७, २०८१ बिहिबार
मधेशमा सरकारबाट बाहिरिने तयारीमा एमाले र माओवादी
बैशाख २७, २०८१ बिहिबार
हर्क साम्पाङले सोधे धरानका पुर्व मेयर र उपमेयरलाई ९ बुँदे स्पष्टीकरण (पूर्णपाठ)
बैशाख २७, २०८१ बिहिबार