राहत कार्यक्रम निरन्तर नै रहने: गभर्नर अधिकारी
नेपालबहस संवाददाता
बैशाख १४, २०७८ बुधबार ३:१७:३४
१४ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोनाका कारण प्रभावित अर्थतन्त्रलाई लयमा नै राख्न यसअघि घोषणा गरिएको राहत कार्यक्रम निरन्तर नै रहने बताएका छन् ।
केन्द्रीय बैंक ६५ वर्ष पूरा गरी ६६ औँ वर्षमा प्रवेश गरेको अवसरमा आज श्रव्यदृश्यका माध्यमबाट सम्बोधन गर्दै उनले कोभिड–१९ ले अर्थतन्त्रमा पारेको असर न्यूनीकरण गरी अर्थतन्त्र पुनःरुत्थान गर्ने आफूहरु प्रयास निरन्तर नै रहने बताए । पछिल्लो एक वर्षमा मूल्य, वित्तीय र बाह्य क्षेत्र स्थायित्व कायम राख्दै कोभिड–१९ को नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न, आर्थिक पुनःरुत्थान गर्न र विषय परिस्थितिमा पनि बैंकिङ सेवा सुचारु राख्न सम्पादन भएका कामका साथै समष्टिगत आर्थिक अवस्था सकारात्मक रहेको उनको छ ।
“कोभिड–१९ ले सिर्जना गरेको असामान्य परिस्थितिलाई सम्बोधन गर्न चालिएका गैर–परम्परागत, लचिलो एवं सहजीकरणसहितका नीतिगत व्यवस्थालाई आर्थिक तथा वित्तीय स्थायित्व र मौदिैक उद्देश्यमाथि थप जोखिम सिर्जना नहुने गरी निरन्तरता प्रदान गरिने छ”, गभर्नर अधिकारीले भने ।
चालू आवको मौद्रिक नीतिको कार्यान्वयनले सकारात्मक परिणाम प्राप्त भइरहेको उनको भनाइ छ । उनले साना तथा मझौला उद्यम, कृषि, ऊर्जा, पर्यटनलगायत उत्पादनशील क्षेत्रतर्फ निर्देशित गरी आर्थिक पुनःरुत्थानका लागि सहयोग जारी रहने बताए ।
त्यस्तै, वित्तीय उपकरण एवं पूर्वाधारको समयसापेक्ष विकास गर्ने, विद्युतीय भुक्तानी माध्यममार्फत कारोवारको प्रवद्र्घन गर्ने र वित्तीय समावेशिता तथा ग्राहक संरक्षण गर्नेतर्फ प्रतिबद्ध रहेको उनको जोड थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजको विदेशी मुद्राको विनिमय दर कति ?
बैशाख ८, २०८१ शनिबार
अमेरिकी डलरको भाउ बढ्यो, कुन मुद्रा कतिमा हुँदै छ कारोबार ?
बैशाख २, २०८१ आइतबार
आर्थिक समस्याले थलिएको नेपाल शेयर मार्केट्सको संयोजकमा अधिकारी चयन
चैत २८, २०८० बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
सत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
व्यवसायी घराना ज्योति समूहमाथि चौधरीको आक्रमण, मोटोकर्पका सबै कारोबारमा सिजीको हस्तक्षेप
बैशाख १५, २०८१ शनिबार
हिमालयन बैंकका सीईओको वार्षिक तलब, भत्ता २ करोड माथि, शेयरधनीलाई छैन लाभांश !
बैशाख १५, २०८१ शनिबार
इलामको एउटा मतदान केन्द्रमा २ घण्टासम्म नक्कली मतपत्रमा मतदान
बैशाख १५, २०८१ शनिबार
लखनउमाथि राजस्थानको सहज जित
बैशाख १६, २०८१ आइतबार
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, तराई क्षेत्रमा तातो हावा चल्ने
बैशाख १६, २०८१ आइतबार
इलाम-२ मा मतगणनाको तयारी, सर्वदलीय बैठक बस्दै
बैशाख १६, २०८१ आइतबार
तेस्रो लगानी सम्मेलन आजदेखि सुरु हुँदै
बैशाख १६, २०८१ आइतबार
नेपाल र वेस्ट इन्डिज ए बीचको दोस्रो खेल आज
बैशाख १६, २०८१ आइतबार
आजको राशीफल
बैशाख १६, २०८१ आइतबार