जसपाका चार मन्त्रीको हरिविजोग
नेपालबहस संवाददाता
बैशाख १९, २०७८ आइतबार १७:३०:२६
१९ बैशाख, बुटवल । “चोक्टा खान गएकी बूढी झोलमा डुबेर मरी” भन्ने नेपाली उखान अहिले लुम्बिनी प्रदेशका चारजना नवनियुक्त मन्त्रीहरुसँग ठ्याक्कै मिलेको छ । जनता समाजवादी दलका ती चारै जनाको न त सांसद पद नै रह्यो, न मन्त्री नै जोगियो । आज मात्रै मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा गरेपछि ती चारैजना विल्टुवा बनेका छन् ।
अस्ति मात्रै पार्टी निर्णय खिलाफ गएको भन्दै उनीहरु सांसद पदबाट हटाइएका थिए । त्यसपछि उनीहरुलाई पुन मन्त्री पदमा नियुक्ति गर्ने चर्चा चलिरहेकै बेला मुख्यमन्त्री पोखरेलले राजीनामा गरेका छन् । अब उनीहरु मन्त्री पनि रहेनन् । आजबाट आफूविरुद्ध अविश्वास प्रस्तावमा छलफल र मतदानका लागि प्रदेशको विशेष अधिवेशन सुरु भएको छ । अधिवेशन सुरु हुनु अगावै मुख्यमन्त्री पोखरेलले संविधानको धारा १६८ को उपधारा १ बमोजिम सरकार गठनको दावी गर्दै राजीनामा गरेका हुन् ।
उक्त धारामा बहुमतको सरकार गठन गर्ने व्यवस्था गरिएको छ । कुल ८७ सदस्यीय लुम्बिनी प्रदेश सभाका दुईजना माओवादी र चारजना जसपाका सदस्य पदमुक्त भएका छन् । अब ८१ सदस्य मात्रको प्रदेशसभा रहेको छ । त्यसमा एमालेको मात्रै ४१ जना सांसद रहेका छन् । उक्त संख्या बहुमतको सरकार बनाउन पर्याप्त हो ।
त्यसैले पोखरेलले नयाँ चाल चलेका छन् । आफ्ना सदस्य मात्रैको समर्थनमा पनि उनी बहुमतको सरकार बनाउने हैसियतमा पुगेकाले यस्तो गरेको बुझ्न सकिन्छ । पार्टी भित्रका माधव नेपाल समूहले फ्लोर क्रस गरेन भने पोखरेल बहुमतको मुख्यमन्त्री हुने निश्चित छ । हतार हतार मन्त्री खान गएका जसपाका चारै जनालाई अब पोखरेलले लोप्पा ख्वाउने भएका छन् । बहुमतको सरकार बनेपछि उनी अझ सुरक्षित हुने अवस्था छ ।
दुई साताअघि मात्रै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, नेकपमा माओवादी केन्द्र र जसपाले मुख्यमन्त्री पोखरेल विरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरेको थियो । दर्ता भएको दुई घण्टा पछि नै जसपाका चारजना हस्ताक्षरकर्ता पोखरेल मन्त्रिमण्डलमा सामेल भएका थिए ।पदमुक्त भएका चारैजना सर्वाेच्च अदालत जाने तयारीमा छन् । तर त्यस अगावै नयाँ मन्त्रिमण्डल बन्ने भएकाले उनीहरुको पुनवहालीले पनि पोखरेल सरकारलाई कुनै फरक नपर्ने देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजनीतिमा पूर्वराष्ट्रपति भण्डारीको सम्भावना कति ?
बैशाख १९, २०८१ बुधबार
सर्वोच्चको आदेशपछि बहुमतमा कन्फ्युज हुन थाले राजनीतिक दल, ५० हो कि ५१ ?
बैशाख १९, २०८१ बुधबार
लगानी सम्मेलन कि विदेशीले नपत्याएको भेला ?
बैशाख १८, २०८१ मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट ३ जना पक्राउ
बैशाख २०, २०८१ बिहिबार
मटिहानीका खरानीका घर, बौरिने प्रतीक्षामा पीडित
बैशाख २०, २०८१ बिहिबार
वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार
बैशाख २०, २०८१ बिहिबार
मटीहानी आगलागी पिडितका लागि विशेष राहतको माग
बैशाख २१, २०८१ शुक्रबार
डढेलोबाट जङ्गलका स्रोत जोगाउनै मुस्किल
बैशाख २१, २०८१ शुक्रबार
ढकमक्क फुलेको ज्याकाराण्डा फूल
बैशाख २१, २०८१ शुक्रबार
गृहका ७ उपसचिहरूको सरुवा, ६ जिल्लाका सहायक प्रजीअ फेरिए
बैशाख २१, २०८१ शुक्रबार
प्रसिद्ध धार्मिकस्थल मल्लिकार्जुन राष्ट्रिय धाम
बैशाख २१, २०८१ शुक्रबार