शंकर पोखरेलको तालुमा फल्यो आलु
नेपालबहस संवाददाता
बैशाख १९, २०७८ आइतबार १७:३४:१०
१९ बैशाख, काठमाडौं । माधव नेपाल पक्षले फ्लोर क्रस गरेमा कर्णाली प्रदेशकै हालतमा पुगिएला की भन्ने त्रासले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चिन्तित थिए । त्यसका लागि आज उनको भाग्यको फैसला हुनेवाला थियो । तर पोखरेलका लागि परिस्थिति अनुकुल भइदियो । जनता समाजवादी पार्टीले आफूलाई सहयोग गर्ने चार जना सांसद्लाई पदमुक्त गरेपछि पोखरेलका लागि सत्तायात्रा अझै सहज भैदियो ।
प्रदेशसभामा रहेको कुल ८७ मध्ये एमालेको ४१ छन् । तर भाग्यको खेल भनौं–माओवादीका दुई र जसपाका चार सांसद पदमुक्त भएपछि प्रदेशसभामा अब ८१ सदस्य मात्र बाँकी रहे । यो अंक गणितमा एमाले एकल बहुमतमा छ । त्यसको लाभ उठाउन पोखरलले नयाँ जुक्ति रचे – राजीनामा गरेर बहुमतकै सरकार गठन गर्ने ।
आज बिहानै पोखरेलले राजीनामा गरे । अब उनकै नेतृत्वमा बहुमतको सरकारको दाबी गरेका छन् । प्रदेशसभामा एमाले संसदीय दलले फेरि पनि पोखरेलकै नेतृत्वमा बहुमतको सरकार बनाउने निर्णय गरिसकेको छ । अब न त फ्लोर क्रसको चिन्ता न दुई वर्षसम्म अविश्वास प्रस्तावकै त्राश ।
प्रदेशसभामा ४१ जनाले समर्थन गर्ने वित्तिकै उनी बहुमत प्राप्त मुख्यमन्त्रीको हैसियतमा उक्लिन्छन् । त्यो खेल उनले खेलेका छन् । समय परिस्थितिले पोखरेललाई फेरि पनि बाँकी दुई वर्ष अर्थात पूरै कार्यकाल मुख्यमन्त्री बन्ने अवसर दिलाएको छ । पोखरेलले राजीनामा नै गरिसकेपछि आजबाट सुरु हुने विशेष अधिवेशनको कुनै बिजनेस रहेन । नयाँ प्रकृया अनुरुप पोखरेल बहुमत प्राप्त मुख्यमन्त्री बन्दैछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजनीतिमा पूर्वराष्ट्रपति भण्डारीको सम्भावना कति ?
बैशाख १९, २०८१ बुधबार
सर्वोच्चको आदेशपछि बहुमतमा कन्फ्युज हुन थाले राजनीतिक दल, ५० हो कि ५१ ?
बैशाख १९, २०८१ बुधबार
लगानी सम्मेलन कि विदेशीले नपत्याएको भेला ?
बैशाख १८, २०८१ मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
नबिल बैंक वीरगञ्ज शाखाबाट रकम चोरी गरेको आरोपमा चार जना पक्राउ
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
झापामा परीक्षा दिएर फर्कदै गरेकी छात्रामाथि गोली प्रहार
बैशाख २१, २०८१ शुक्रबार
प्रेम प्रस्ताव अस्वीकार गर्दा छात्रामाथि गोली प्रहार, अभियुक्त पूर्वशिक्षक रहेको खुलासा
बैशाख २१, २०८१ शुक्रबार
सीजी फुड्स पार्कमा आक्रमण गरेको आरोपमा २४ जना पक्राउ
बैशाख २१, २०८१ शुक्रबार
आगलागी पीडितको त्रिपालमा वास
बैशाख २१, २०८१ शुक्रबार
डीभी २०२५ को नतिजा भोलि आउने, कसरी हेर्ने ?
बैशाख २१, २०८१ शुक्रबार
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन
बैशाख २१, २०८१ शुक्रबार
सेवा अवरुद्ध नगर्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई दूरसञ्चार प्राधिकरणको चेतावनी
बैशाख २१, २०८१ शुक्रबार