कर्णालीमा मन्त्रीपरिषद पुनर्गठन, दुई मन्त्रालय कांग्रेसलाई दिने तयारी
नेपालबहस संवाददाता
जेठ ३, २०७८ सोमबार १३:३:५१
३ जेठ, सुर्खेत । कर्णालीमा मन्त्रीपरिषद पुनर्गठन गरिएको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतबार दुई मन्त्री नियुक्त गरेका हुन्। गत बुधवार मात्र मुख्यमन्त्रीले तीनजना मन्त्री नियुक्त गरेका थिए। तर सत्ता साझेदार कांग्रेसको असन्तुष्टिका कारण उनीहरुको शपथ रोकिएको थियो।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका अनुसार सुर्खेतका सिताकुमारी नेपाली र रुकुम पश्चिमबाट निर्वाचित सांसद गोपाल शर्मा मन्त्री नियुक्त भएका हुन्। प्रदेश प्रमुखको कार्यालयका अनुसार सिताकुमारी नेपाली आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुदमन्त्री र गोपाल शर्मा आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएका छन्। उनीहरु दुबैजना माओवादी केन्द्रका सांसद हुन्।
उनीहरु यसअघि बुधवार मन्त्री नियुक्त भए पनि शपथ लिन पाएका थिएनन्। कांग्रेसले दुई वटा मन्त्रालय मागेपछि माओवादीका मन्त्रीहरुको शपथ रोकिएको थियो। यसअघि मन्त्री नियुक्त भए पनि शपथ रोकिएका माओवादीका सांसद विन्दमान विष्ट भने पछाडि हटेका छन्। माओवादी स्रोतका अनुसार कांग्रेस लाई दुई मन्त्रालय दिनुपर्ने भएपछि विष्ट पछाडि हटेका हुन्। यसअघि विष्टलाई आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुदमन्त्री नियुक्त गरिएको थियो। तर उनी यसपटक पार्टीको निर्देशनमा ब्याक भएको माओवादीको दाबी छ।
अब बाँकी रहेका दुई मन्त्रालय कांग्रेसलाई दिने मुख्यमन्त्रीको तयारी छ। भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाएर बनाइएको जलस्रोत तथा ऊर्जा विकास र सामाजिक विकास मन्त्रालय कांग्रेसले पाउने छ। मन्त्रालय फुटाएपछि कर्णालीमा मन्त्रालयको संख्या आठ भएको छ।
मुख्यमन्त्री शाहीले वैशाख ३ गते विश्वासको मत लिने क्रममा कांग्रेसले सहयोग गरेको थियो। अब कांग्रेसलाई पनि सरकारमा सहभागी गराइने र दुई मन्त्रालय दिने तयारी मुख्यमन्त्रीको रहेको स्रोतले जनाएको छ। यद्यपी कांग्रेसले सरकारमा सहभागी हुनेबारे आधिकारिक रुपमा जानकारी दिएको छैन। अन्नपूर्ण पोस्टबाट
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहुम्लाका तीन बस्ती अन्धकारमा बस्न बाध्य
जेठ १, २०८१ मंगलबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार
कर्णालीका मुख्यमन्त्रीले बोलाए सर्वदलीय बैठक
बैशाख २९, २०८१ शनिबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
आइपिएल : सनराइजर्स हैदरावाद प्लेअफमा
जेठ ४, २०८१ शुक्रबार
प्रतिनिधिसभाको बैठक आज बस्दै
जेठ ४, २०८१ शुक्रबार
कांग्रेस संसदीय दलको बैठक बस्दै, सदनमा प्रस्तुत हुन रणनीति बनाइने
जेठ ४, २०८१ शुक्रबार
आगामी दुई दिन अत्यधिक गर्मी बढ्ने, तराईमा तातो हावा चल्ने
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
यी ठाउँमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना
जेठ ४, २०८१ शुक्रबार