सङ्खुवासभामा जङ्गली च्याउ खाँदा एकै घरका ९ बिरामी
नेपालबहस संवाददाता
जेठ ९, २०७८ आइतबार १९:१:२०
९ जेठ,किमाथाङ्का । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–५ याफुमा जङ्गली च्याउ खाँदा एकै घरका नौजना बिरामी परेका छन् । गत शुक्रबार जङ्गलबाट ल्याएको च्याउ खाँदा सिलिचोङ–५ का दुई घरका नौजना गम्भीर बिरामी भएको सो वडाका वडाध्यक्ष ईश्वर कुलुङले जानकारी दिए ।
जङ्गली च्याउ खाँदा बिरामी परेका नौमध्ये आठजनाको अवस्था गम्भीर भएको वडाध्यक्ष कुलुङले बताए । जङ्गली च्याउ खाँदा बुद्धबहादुर राई र आमा बुद्धिमाया राईसहित परिवारका नौजना बिरामी परेको वडाध्यक्ष कुलुङले जनाए ।
त्यस्तै बिरामी पर्नेमा उहाँका छोरा महेन्द्र, वीरेन्द्र, शहदेव, कान्छी बुहारी, छोरी, नातिनी र नाति रहेका छन् । जङ्गली च्याउ खाएर शुक्रबार रातिदेखि बिरामी परेपछि शनिबार उपचारका लागि जिल्ला अस्पताल सङ्खुवासभा ल्याइएको थियो । जङ्गलबाट टिपेर ल्याएको च्याउ खाएर सुतेपछि मध्यरातबाट परिवारका सबैलाई बान्ता हुन थालेपछि शुक्रबार याफु आधारभूत स्वास्थ्य सेवा एकाइमा भर्ना गरिएको वडाध्यक्ष कुलुङले बताए ।
च्याउ खाने सबै जनाको किड्नी र कलेजोमा बढी समस्या देखिएपछि सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान सिफारिस गरिएको जिल्ला अस्पतालका प्रमुख चिकित्सक सुन्दरश्याम जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशीमा स्वास्थ्य क्षेत्रमा साढे ३ अर्बको बजेट
असार २, २०८१ आइतबार
दिक्तेलमा साकेला उँभौलीको मैझारो
असार १, २०८१ शनिबार
कोशी प्रदेशको बजेट ३५ अर्ब २७ करोड
असार १, २०८१ शनिबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
असार २, २०८१ आइतबार
आज यी चार प्रदेशमा चट्याङसहित वर्षा हुने
असार २, २०८१ आइतबार
राष्ट्रपति पौडेलले गरे जलवायुसम्बन्धी अनुसन्धान केन्द्रहरूको अवलोकन
असार २, २०८१ आइतबार
राष्ट्रिय महाधिवेशनले संघीयता विरोधीलाई जवाफ दिएको छः अध्यक्ष यादव
असार २, २०८१ आइतबार
मापदण्ड पुगेका क्रसर उद्योग नवीकरण र सञ्चालनको वातावरण बनाउन सरकारसँग माग
असार २, २०८१ आइतबार
ललितपुर महानगरको पुँजीगत खर्च ६१ प्रतिशत
असार २, २०८१ आइतबार
पञ्चकोटको विश्वशान्ति कलश निर्माणका लागि ७ करोड संकलन
असार २, २०८१ आइतबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार