नेतृत्वले जनताको विश्वास र भरोसा जित्नु पर्छ : डा. शेखर
नेपालबहस संवाददाता
जेठ १४, २०७८ शनिबार २:४७:१७
नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले अबको नेपाली राजनीति निष्ठा र ईमान्दारिताको आधारमा अगाडि बढने विश्वास व्इक्त गरेका छन् ।
नेपालमा मौलाएको गलत राजनैतिक सस्कार र नेतृत्व तहको भ्रष्टाचारको दुर्गन्धले नेपाली जनताको राजनैतिक दलहरु प्रतिको विश्वास राजनीति प्रतिको आस्थामा क्षयिकरण हुदै गैरहेको प्रति दुःख समेत व्यक्त गरेका हुन । जनताको राजनैतिक क्रियाशिलतामा कमी तथा नैराष्यता आउनुले नेतृत्व तह प्रतिको निरन्तरको अविश्वास पनि एक हो भन्दै राजनैतिक नेतृत्व सधैं देश र जनता प्रति उत्तरदायी रहनु पर्ने कुरामा समेत जोड दिएका छन् ।
कांग्रेस वृत्तमा भावी सभापतिको रुपमा समेत हेरिएका नेता डा. शेखरका हरेक भनाईहरुमा जनताको भावना प्रतिनिधित्व हुने गरेको पाईन्छ । जनतालाई केन्द्रमा राखेर गरिने कामहरुले देशको कहिल्यै कुभलो नगर्ने बताउने उनी युवा पुस्ताका लागि पनि उत्तिकै भरोषा र आशाका केन्द्र मानिन्छन् ।
जनताका घरघरमा पुग्न सक्ने नेताका रुपमा परिचित डा. शेखर भन्छन्, यदि नेपालमा रहेका राजनैतिक दलहरुको यस्तै रबैया रहि रहने हो भने मुलुक डन र गुण्डाहरुको ईसारामा चल्ने खतरा रहेको देखिदैछ । राजनीतिलाई जनताको सेवा गर्ने अवसरका रुपमा लिनु पर्छ भन्ने अग्रज नेतृत्वको आदर्श र सिद्धान्तलाई लत्याएर द्रव्य आजर्न गर्ने भाँडोको रुपमा प्रयोग गरिनुले नेपालमा जतिसुकै राजनैतिक परिवर्तनका आन्दोलहरु भएतापनि जनताको दैनन्दीनिमा कुनै परिवर्तन आउन नसकेको स्विकार गरेका छन् ।
जनताले राजनैतिक दलहरुबाट सधैं ईमान्दारिताको आशा राखेता पनि हामीले किन त्यस्तो अवस्था सृजना गर्न सकेनौ भन्दै उनले राजनैतिक दलको अकर्मण्यताको असर नागरिकहरुले भोग्नु परिरहेको प्रति चिन्ता व्यक्त गरेका छन् । यदि हामीले अझै पनि राजनीतिलाई सहि ट्याकमा ल्याउन सकेनौ भने यसको असर चिरकालसम्म नेपालका राजनैतिक दलहरुले समेत व्यहोर्नु पर्ने बताएका छन् ।
नेपाली कांग्रेसले जनताको चाहना र भावना अनुरुप काम गर्न नसकी देशको शासनसत्ता सम्हाल्न नसक्दा देशमा कम्युनिष्टहरुको बिगबिगी बढनु स्वभाविकै हो । वर्तमान ओली नेतृत्वको बहुलट्ठिपनको सरकारका कारण देशमा असाध्यै धेरै बेथिति बढनुका साथै नेपाली जनताको त्याग, समर्पण र बलिदानबाट प्राप्त ब्यवस्थामाथि नै प्रहार हुनसक्ने खतरा बढी रहेका बेला नेपाली कांग्रेस चुप लागेर बस्न नहुने तर्क कोइरालाको रहेको छ ।
देशको नेतृत्व सम्हाल्नै नसक्ने कम्युनिष्टहरुलाई सधै रत्यौली खेल्न दिईरहनु र आफु बाहिर बसेर रमिते हुनु नेपाली कांग्रेसको धर्म होईन भन्दै उनले बिगत ३ बर्षमा नेपाली जनताले पाउनु दुःख पाईसकेको बताएका छन् । हिजो नेपाली जनताले नेपालका कम्युनिष्ट पार्टीहरुलाई केहि होला कि भनेर आशा र भरोषाका साथ दिएको अभिमत पनि अहिले आएर निकम्मा साबित भैसकेको अवस्थामा नेपाली जनताको आशा र भरोसा नेपाली कांग्रेस तर्फ पुनः आकर्षित गराउन नेपाली कांग्रेस अत्यन्तै ईमान्दारिताका साथ उक्त जिम्मेवारी निभाउन जरुरी रहेको उनी बताउँछन् ।
देशलाई दुर्घटना हुनबाट बचाउँन, जँड्याहा ड्राईभरको हातबाट स्टेरिङ्गखोसेर गाडीलाई सहि गन्तब्यमा पुर्याउने शाहस र हिम्मतका रुपमा लिनु पर्छ ।
देशले अब वर्तमान प्रधानमन्त्रीको बहिर्गमन खोजिसकेको छ । केपी शर्मा ओली नेतृत्वको सरकार वास्तवमा नेपाली जनताको सरकार बन्नै नसके पछि आफ्नै दल भित्रको बिबाद र चक्रब्यूहबाट अब बाहिर निस्कन सक्ने अवस्था नरहेको जग जाहेर भैसकेको छ । देशलाई बिना मियोको दाँई गर्ने आँगनमात्रै बनाउने हो भने भविष्यमा नेपाली जनताले कहिल्यै पनि नेपालका राजनैतिक दलहरुलाई बिश्वास गर्न नसक्ने अवस्था आउने तर्फ डा. शेखर अत्यन्तै चिन्तित देखिन्छन् ।
भेटेजति सोहोरी हाल्ने अपुतालिहरुबाट मुलुकलाई त्राण दिने नेतृत्व अगाडि आउन जरुरी भैसकेको अवस्था छ । उनी भन्छन्, संभवत अब नेपालमा कम्युनिष्ट पार्टीको एकलौटी सरकारको परिकल्पना हुने दिन पनि समाप्त भएर गैसकेका छन् । यसलाई नेपाली कांग्रेसले चिट्ठामा परेको पुरस्कारको रुपमा मात्रै नलिई देशलाई दुर्घटना हुनबाट बचाउँन, जँड्याहा ड्राईभरको हातबाट स्टेरिङ्गखोसेर गाडीलाई सहि गन्तब्यमा पुर्याउने शाहस र हिम्मतका रुपमा लिनु पर्छ ।
डा. शेखरले बिहिबार राती नेपालगञ्ज स्थित भेरी अञ्चल अस्पतालमा कार्यरत चिकित्सकहरु र नर्सहरुमाथि भएको आक्रमणको समेत बिरोध जनाएका छन् । आफ्नो फेसबुक वालमा लेखेका छन्, सत्ता र पार्टीवाट संरक्षितहरुद्वारा महामारीको यस्तो विषम परिस्थितिमा अहोरात्र ड्युटीमा खटिएका चिकित्सक,नर्स तथा स्वास्थ्यकर्मीहरुमाथि हमला गर्नु जघन्य अपराध हो।
नेपालगञ्ज र विराटनगरका चिकित्सक,नर्स तथा स्वास्थ्यकर्मीहरु आक्रमण गर्नेमाथी कानुनी कारवाही गरौं, सामाजिक बहिष्कार गरौं ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलोपटक पटक टिपताला पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर
जेठ ४, २०८१ शुक्रबार
कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद, सबैले लिए शपथ
जेठ ४, २०८१ शुक्रबार
हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार