फौजी किराले मकै सखाप पारेपछि किसान चिन्तीत
नेपालबहस संवाददाता
जेठ २१, २०७८ शुक्रबार २०:३६:२१
२१ जेठ,ओखलढुङ्गा । ओखलढुङ्गामा कोरोनाको चपेटोमा परेका कृषकहरु फौजी किराले मकै सखाप पारेपछि थप चिन्तीत बनेका छन् । किसानलाई यतिबेला कोरोेना भन्दा फौजी किराको आतङ्क खपिनसक्नु भएको चिशंखुगढी गाउँपालिका वडा नं ७ माम्खाको डाँडागाउँका किसान कृष्णकुमार राईले बताए । खेतबारीमा लगाएको बाली नष्ट गर्ने फौजीले यसवर्ष नराम्ररी दुःख दिएको उनको भनाई छ ।
ओखलढुङ्गा र आसपासका जिल्लाका किसानलाई केही वर्षयता निरन्तर फौजी किराले सताउँदै आएको छ । लिखु, दुधकोशी र सुनकोशी नदी आसपासका क्षेत्रमा बढी फैलिएको फौजीको असर जिल्लाका अधिकांश क्षेत्रमा देखिएको छ । विगतमा फौजी आंतक रोक्न किसानले विषादी प्रयोग गर्ने भएपनि यसवर्ष कोरोना कहर रोक्न जारी निषेधाज्ञाका कारण किन्न पाएका छैनन् ।
बेलैमा उपचार नहुँदा मकैको गुबोमा किरा खोजेर हातैले मार्न थालिएको मानेभञ्याङ्ग गाउँपालिका वडा नं ५ धिम्लेका टिक बहादुर श्रेष्ठको भनाई छ । “यसरी मारेर के साध्य हुन्थ्यो होला र”, उनले भने । भर्खरै उम्रिएको र गोड्ने बेला भएको मकैको पात, गुभो तथा बोटनै फौजी किराले खाएर मकैबाली कामै नलाग्ने बनाएको छ । फौजीले आतंक मच्चाएका क्षेत्रका किसान मकैबारी फेरि जोतेर अर्को बाली लगाउनुपर्ने बाध्यतामा पुगिसकेका छन् ।
बाली विज्ञान तथा संरक्षण विभागले अमेरिकन फौजी किराको लागि तीन किसिमका विषादी सिफारिस गरेको छ । कृषि ज्ञान केन्द्र ओखलढुंगा र स्थानीय तहहरुले फौजी किरा नियन्त्रण गर्नको लागि विषादी पठाए पनि मोलुङ्ग गाउँपालिकाको वडा नं १ कुन्तादेवीका कृषकहरुले भने फौजी किरा नियन्त्रण गर्नको लागि कुनै पनि औषधि पाएका छैनन् । स्थानीय तहको कृषि शाखा र गाउँपालिकालाई पटक पटक गुहारे पनि कसैले नसुनेको स्थानीय अर्जुन धमलाको गुनासो छ ।
प्रमुख खाद्यान्न बालीको रुपमा रहेको मकै ओखलढुंगामा १२ हजार ४ सय हेक्टर क्षेत्रफलमा खेती गरिदै आएको छ । कृषि ज्ञान केन्द्र ओखलढुंगाका अनुसार सो क्षेत्रफल मध्ये हालसम्म सिद्धिचरण नगरपालिका सहित जिल्लाको चिशंखुगढी, मानेभञ्ज्याङ, मोलुङ, सुनकोशी र लिखु गाउँपालिकाका करिब ३ हजार १ सय हेक्टर क्षेत्रफलमा फौजी किराको प्रकोप फौलिसकेको छ ।
कोरोनाको कहरमा फौजी किरा प्रकोप तीव्र रुपमा फैलिरहेकाले त्यसलाई नियन्त्रण गर्न जिल्लाको सबै स्थानीय तहलाई विषादी पठाइसकेको र समस्यामा परेर कार्यालयमा आउने कृषकहरुलाई समेत वितरण गरिने कृषि ज्ञान केन्द्र ओखलढुंगाका प्रमुख हेम आलेले बताए । “ज्ञानकेन्द्रले कोरोनाको बेलामा पनि किसानको सेवा गरिरहेको छ । टेलिफोनबाटै प्राविधिक सल्लाह दिईरहेका छौं । ” प्रमुख आलेले भने, “फौजीले धेरै नै दुःख दिएको छ । यसको नियन्त्रणका लागि स्थानीय तह मार्फत औषधि त पठाएका थियौं । सबै किसानमाझ पुगेन होला । फेरि पनि समस्यामा परेका किसानलाई हामी सहयोग गर्छौं ।” फौजीको फैलावट बेलैमा नियन्त्रण गर्न नसके झन समस्या आउने आलेको भनाई छ ।
कृषि प्राविधिकहरुका अनुसार फौजी किराको आयु १२ दिनसम्मको हुन्छ । यो दिन भन्दा रातमा सक्रिय हुन्छ । यसको वयस्क किराले एक पटकमा २४ सय वटासम्म फुल पर्ने गर्दछ । विकासक्रम पनि तीव्र हुने भएकाले यो चाँडै फैलने गर्दछ । एकै रातमा सय किलोमिटरसम्मको क्षेत्रफलमा फुल पार्ने र लार्भा दुई दिनमा बढेर मकैको गुबो, डाँठ र फेदबाट खाने हुँदा मध्यम चरणमा पुगेको अवस्थामा भने नियन्त्रण गर्ने उपाय छैन । गुबो र डाँठ जोगिएका मकै भने औषधि प्रयोग गरेर जोगाउन सकिने कृषिविज्ञहरु बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलोपटक पटक टिपताला पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर
जेठ ४, २०८१ शुक्रबार
कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद, सबैले लिए शपथ
जेठ ४, २०८१ शुक्रबार
हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ढाका बुनेर आत्मनिर्भर बन्दै तनहुँका उद्यमी
जेठ ५, २०८१ शनिबार
तनहुँको म्याग्दे गाउँपालिका–२ जामुने क्षेत्रमा सडक कालोपत्र
जेठ ५, २०८१ शनिबार